आम संचार केन्द्र सिन्धुली, सूचना तथा संचारका साधनहरुको स्थापना तथा संचालन गर्दै सूचनाको पहुँच विस्तारबाट आम नागरीक, समाज र राष्ट्रलाई समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐन २०७५ बमोजिम स्थापना गरिएको संस्था हो । यस संस्था मार्फत सामाजिक नेतृत्व, आर्थिक विकासका माध्ययमबाट राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्न रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज संचालनमा ल्याएका छौं । हाम्रो मुख्य दायित्व भनेको आवाजविहीन आमनागरिकको हक, अधिकारको रक्षा गर्नु र सार्वजनिक पदधारण गर्ने राजनीतिककर्मी, निजामती कर्मचारी, व्यवसायिहरुमा आ–आफ्नो कर्तव्य र जिम्मेवारीमा इमान र क्रियाशील हुन सजग गराउनु हो । यसै अनुरुपमा आमनागरीकका विच शसक्त बनाउनका लागि सामुदायिक रेडियो सिन्धुली आवाजको प्रसारणलाई केन्द्रबिन्दुमा राखेर श्रोताको लागि भरपर्दो जानकारी, जानकारीमूलक कार्यक्रम र मनोरन्जनकारी कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएका छौं । हामी रेडियो कार्यक्रमको उत्पादन र प्रसारणमा केन्द्रित छौं जसले व्यावसायिकता र सामाजिक उत्तरदायित्वका दिशा निर्देशनहरूलाई अनुसरण गर्दछ । अर्को तर्फ, हामीले हाम्रा नियमित प्रसारणलाई विश्वसनीय जानकारी गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सहज पहुँच विस्तारका लागि सोशल मल्टीमिडिया सहित जनआवाज न्यूज डटकम अनलाईन न्यूज पोर्टल र जनआवाज टिभी समेत संचालनमा ल्याएका छौं । यसको मतलव भनेको जनजनको जनआवाजलाई एकै ठाउँमा समेट्नु हो । रेडियो सिन्धुली आवाज आकाशिय तरंग मार्फत सिन्धुली, रामेछाप, ओखलढुङ्गा, खोटाङ्ग, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, सिरहा, उदयपुर, महोत्तरी, धनुषा, सर्लाही, रौतहट लगायतका जिल्लाहरुमा ९४.७ मेगाहर्जमा सुन्न सकिन्छ भने जनआवाज न्यूज डटकम अनलाईन न्युज पोर्टल र जनआवाज टिभी मार्फत विश्वभर पढ्न र हेर्न सकिन्छ । हामिसंग दशकौंदेखि राष्ट्रिय मिडियामा आबद्ध भएर कामको अनुभव संगालेका संचारकर्मी र कुसल व्यवस्थापकिय नेतृत्व गरेको टिम छ । त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको लागि सही सूचनाको अध्ययन गर्दै समाजमा प्रामाणित निष्पक्ष समाचार लाई गहन रिपोर्टिङ्ग र विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै आएका छौं । हामी आज डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट वर्तमानको अभिलेख राख्छौँ ।