
सिन्धुलीको भालुमारामा स्वच्छ खानेपानी निर्माण
भालुमारा (सिन्धुली) । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमाराकी रणकुमारी तामाङ घरको आँगनमै स्वच्छ पिउने पानिको धारा झरेपछि दंग छिन । आगंनमा घरका सबै भाँडा पानिले भरेर राखेकी छिन । वर्षौदेखि घरमै पानिको धारा जोड्ने सपना पुराभएपछि तामाङमा खुसीयाली छाएको छ । तामाङको यो सपना विभिन्न दातृनिकायको सहयोग तथा भालुमारा नमुना कृषि समुहको संयोजनमा पुरा भएको हो ।
ग्रामिण प्रविधि केन्द्रको सहकार्य डेनिस इन्टरनेश्नल ह्युमेन सेटलमेन्ट सर्भिस (डिआइवी), विएमजेट जर्मनी तथा सिभिल सोसाइटी इन डेभलपमेन्ट (सिआइएसयु) डेनमार्कको आर्थिक सहयोग एवंम डब्लुडब्लुएफ र पिआरसी संगको समन्वयमा मरिण गाउँपालिका ३ भालुमारामा स्वच्छ खानेपानीका लागि सोलार लाइटीङ प्रोजेक्ट संचालनमा आएपछि यस्तो खुसीयाली छाएको हो ।
यहाँ आदिवासी जनजाती तथा दलित समुदायको बसोबास छ । सोलार लिफ्ट सिस्टमबाट सिंगो भालुमारा बजारका ९७ घरधुरीमै स्वच्छ खानेपा...