
सिन्धुलीमा प्रेस चौतारीको २५ औं स्थापना दिवस रक्तदान गरेर मनाइयो
सिन्धुली,२२ माघ
प्रेस चौतारी नेपालको २५औं स्थापना दिवशको अबसरमा सिन्धुली शाखाले रक्तदान गरेको छ । आज प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाई.पी. विनय दाहालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रिय एवम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा रक्त सञ्चार केन्द्र सिन्धुलीमाढीमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका पत्रकार, बिद्यार्थि तथा ब्यबसायि गरी १० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रेस चौतारीका केन्द्रिय एवम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालले भन्नुभयो “रक्तदान भनेको रगत दान गर्नु हो। रक्तदान गर्नु राम्रो कुरा हो। रगत मानिसको अभिन्न अंग हो। जब सम्म रगत रहन्छ र चलिरहन हर मात्र मानिस रहन्छ । त्यसैगरी निस्वर्थ भएर कसैलाई केहि दिइन्छ भने यो दान हो। ...