समाचार

जंगली हात्ती रानिवासमा ४ घरमा आक्रमण गर्दा २ लाख बराबरको क्षति

जंगली हात्ती रानिवासमा ४ घरमा आक्रमण गर्दा २ लाख बराबरको क्षति

Breaking 1, ट्रेन्डिङ, मुख्य समाचार, समाचार, समाज, स्थानीय
१९ मघ, सिन्धुली÷सिन्धुलीको कमलामाई नगरपालिका १४ तल्लो रानिबासमा जङ्गली हात्तीले ४ वटा घरमा क्षति पु¥याउदा करिब दुईलाख बराबरको क्षति भएको छ । तल्लो रानिवासमा गयराति ३ वटा घरमा र हिजो चन्दरपुरमा एउटा गरी चार वटा घरमा क्षति पु¥याउँदा करिब २ लाखको क्षति पु¥याएको हो । जङ्गति हात्तिले स्थानीय आइते माझि, सन्त बहादुर माझि, सन्तोष न्यौपाने र गोबिन्द खड्काको घरमा क्षति पु¥याएको १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेले जानकारी दिनुभयो । जङ्गली हात्ति गाउँमा पसेर घर भत्काउने र घर भित्र रहेको अन्नबालि नष्ट गरेको छ । हात्तिले गोबिन्द खड्काको घरमा १ लाख, आइते माझिको ५० हजार र अन्य दुई घरमा सामान्य क्षति पु¥याएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । दिर्घकालिन समस्याको समाधान नहुँदा बर्षेनी जङ्गली हात्तीले अन्नबालि नष्ट गर्ने थालेपछि स्थानीयले अन्नबालि नै लगाउन छाडेका छन् । अन्नवाली लगाउन छाडेपछि हात...
विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक छ : उप्रेती

विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक छ : उप्रेती

Breaking 1, खेलकुद, समाचार, समाज
सिन्धुली । सिन्धुलीमा दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताहा २०७९ सुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोएिसन नेपाल (नेश्नल प्याब्सन) सिन्धुलीको आयोजनामा शनिबारबाट खेलकुद सप्ताहा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन नेश्नल प्याब्सनका केन्द्रीय सचिव कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा गरिएको नेश्नल प्याब्सन सिन्धुलीले जनाएको छ । सिन्धुलीमाढी स्थित खुल्लामन्चमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी उप्रेतीले खेलकुद अतिरिक्त कृयाकलापका लागि मात्र नभएर स्वास्थ्य र विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, स्वस्थ जिवन र मस्तिस्कले मात्र गुणस्तरिय शैक्षिक सिकाइ हाँसिल गर्न सकिन्छ । समग्र शैक्षिक उपलब्धीका लागि खेलकुदका विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई अनुशासित, लगनशिल, मेहनती र प्रतिस्पर्धी बनाउन उत्प्रेरित गर्दछ ।...
मृगौला पिडितलाई माओवादी केन्द्र सिन्धुलीको सहयोग

मृगौला पिडितलाई माओवादी केन्द्र सिन्धुलीको सहयोग

Breaking 1, अर्थ/बाणिज्य, समाचार, स्वास्थ्य
सिन्धुली । नेकपा माओवादी केन्द्र सिन्धुलीले मृगौला पिडितलाई दश हजार सहयोग गरेको छ । नकेपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा संघिय सांसद राजन दाहालले आइतबार कमलामाई नगरपालिका ८ करकरेका वर्ष ३५ का दिपक नेपालीको मृगौला प्रत्यारोपणका लागि सहयोग स्वरुप दश हजार रुपैयाँको चेक प्रदान गर्नु भएको हो । नेकपा (माओवादी केन्द्र) सिन्धुलीले गरिव, बिपन्न र गम्भीर प्रकृतिका रोगीहरूको उपचारार्थ विशेष आर्थिक साहायता कोष खडा गर्ने उद्धेश्य अनुरूप जम्मा भएको रकमबाट नेपालीलाई उपचारका लागि सहयोग गरिएको दाहालले बताउँनुभयो । नेपाली मृगौला रोगबाट पिडित शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार गरिरहेका छन । नेपालीलाई उहाँको बुवाले मृगौला दिएपनि प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पिडित नेपालीका ज्वाइँ बलबहादुर बैजुमार्फ पु¥याउनेगरी सहयोग रकम प्रदान गरिएको हो । सांसद दाहालले उहाँको स्वास्थ्यलाभको कामना समेत गर्नु भए...
सिन्धुलीमा एक वर्षमा १९ बालिका बालात्कृत

सिन्धुलीमा एक वर्षमा १९ बालिका बालात्कृत

Breaking 3, समाचार, समाज, स्थानीय
सिन्धुली । सिन्धुुलीमा पछिल्लो एक वर्षमा १९ बालिका कलात्कृत भएका छन । एक तथ्यांक अनुसार सन् २०२२ मा जिल्लामा बलत्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएका छन । ति मध्ये १९ जना बालिकाहरु बलात्कृत भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘मानव अधिकार वर्ष पुस्तक–२०२३’ प्रकाशन पूर्व समिक्षा कार्यक्रममा जनाइएको छ । इन्सेकका सिन्धुली प्रतिनिधि नविनबाबु अधिकारीका अनुसार जिल्लामा एक वर्षमा बालिका बलत्कार १९, महिला बलत्कार १२, बाल यौन दुव्र्यबहार २, बलत्कार प्रयास ९ र बाल बिबाह बलत्कारका १ वटा घटना घटेका छन । ति मध्ये सबै भन्दाबढी तिनपाटन गाउँपालिकाका बालिका बलत्कारमा परेका छन । यस्तै दुधौली नगरपालिकामा ५, कमलामाई नगरपालिकामा ३, गोलन्जोरमा २ र फिक्कल, सुनुकोशी र मरिणमा एक÷एक जना बालिकामाथी बलत्कार भएको छ । बालिका बलत्कारका घटनामा राज्य पक्षबाट एकजना र गैर र...
सिन्धुलीको भालुमारामा स्वच्छ खानेपानी निर्माण

सिन्धुलीको भालुमारामा स्वच्छ खानेपानी निर्माण

Breaking 2, अर्थ/बाणिज्य, समाचार, समाज
भालुमारा (सिन्धुली) । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमाराकी रणकुमारी तामाङ घरको आँगनमै स्वच्छ पिउने पानिको धारा झरेपछि दंग छिन । आगंनमा घरका सबै भाँडा पानिले भरेर राखेकी छिन । वर्षौदेखि घरमै पानिको धारा जोड्ने सपना पुराभएपछि तामाङमा खुसीयाली छाएको छ । तामाङको यो सपना विभिन्न दातृनिकायको सहयोग तथा भालुमारा नमुना कृषि समुहको संयोजनमा पुरा भएको हो । ग्रामिण प्रविधि केन्द्रको सहकार्य डेनिस इन्टरनेश्नल ह्युमेन सेटलमेन्ट सर्भिस (डिआइवी), विएमजेट जर्मनी तथा सिभिल सोसाइटी इन डेभलपमेन्ट (सिआइएसयु) डेनमार्कको आर्थिक सहयोग एवंम डब्लुडब्लुएफ र पिआरसी संगको समन्वयमा मरिण गाउँपालिका ३ भालुमारामा स्वच्छ खानेपानीका लागि सोलार लाइटीङ प्रोजेक्ट संचालनमा आएपछि यस्तो खुसीयाली छाएको हो । यहाँ आदिवासी जनजाती तथा दलित समुदायको बसोबास छ । सोलार लिफ्ट सिस्टमबाट सिंगो भालुमारा बजारका ९७ घरधुरीमै स्वच्छ खानेपा...
चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग

चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग

Breaking 1, अर्थ/बाणिज्य, शिक्षा, समाचार, समाज, स्थानीय
फिक्कल (सिन्धुली) । पौषको चिसोले कठ्याङ्ग्रीएका सिन्धुलीको फिक्कल गाउँपालिका १ काउलेडाँडाका एक सय ५५ जना बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ । कमलामाई नगरपालिका ६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले जिल्लाको दुर्गम क्षेत्र काउले डाँडाका विपन्न तथा दलित बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरेको हो । भगवती अंग्रेजी मावि र सो अन्तरगतको भगवती बाल क्लवको संयोजनमा फिक्कल गाउँपालिका १ काउलेडाँडा स्थित आधारभुत विद्यालयका १ सय ५५ जना बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरिएको हो । चिसो मौषममा न्यानो कपडा अभाव हुँदा विद्यार्थीहरु अध्ययनका लागि विद्यालय आउन छाडेको खबर थाहापाएपछि आधारभुत विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाती छात्र तथा छात्राहरुलाई ट्याक्सुट, कपी, पेन्सील लगायतका शैक्षिक सामाग्री प्रदान गरेको भगवती माविका अध्...
गठबन्धन ओलीको प्रतिगामी कदमको विरुद्धमा गरिएको सहकार्य हो : दाहाल

गठबन्धन ओलीको प्रतिगामी कदमको विरुद्धमा गरिएको सहकार्य हो : दाहाल

राजनीति, समाचार
कार्तिक २६, सिन्धुली/सिन्धुली निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनीधि सभा अन्तर्गत बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले नेपाली काङग्रेस संग ओली एमालेको प्रतिगामी कदमको विरुद्धमा सडकमा लड्ने क्रममा सडकमै भेट भएको बताउनुभएको छ । शनिबार मरिणमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी सिन्धुलीका इन्चार्ज समेत रहनुभएका नेता दाहालले निर्वाचनको लागि गठबन्धन गरेको नभइ ओलीको प्रतिगामी कदमको विरुद्धमा सडकमा सहकार्य गरेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “हाम्रो पार्टीको आफ्नै इतिहाँस र विरासत छ । लगातार सात सालको वरिपरिदेखी जनताको जनअधिकारको निम्ति राजनीतिक जागरण पैदा गर्ने र निरन्तर शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया तथा पछिल्लो चरणमा केपी ओलीको प्रतिगामी कदमको विरुद्ध आफ्नो राजनीतिक परिपक्कता प्रदान गर्दै नेपाली कांग्रेस आज यो गठबन्धन दलभ...
हेटौंडामा साहित्यकार तुलसी थापा सम्मानित

हेटौंडामा साहित्यकार तुलसी थापा सम्मानित

ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौंडा/ बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई शनिबार नगदसहित सम्मान गरेको छ। समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको हो। थापाले मकवानपुर जिल्लामा रही लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष आरसी रिजालले जानकारी दिए। थापालाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान र विशिष्ट अतिथि व्यंग्यकार एवं एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले दोसल्ला ओढाएर सम्मान गरेका थिए। उक्त अवसरमा भक्तपुरका साहित्यकार कविराज घिमिरेको ‘बुढ्यौली’ खण्डकाव्यसमेत विमोचन गरिएको थियो। सो अवसरमा बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार तुलसी थापाको नाममा दुई लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेको छ...
वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी

अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
१६ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुनर्एकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो । सझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आयार्च, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईंले हस्ताक्षर गरे । समझदारी पत्रमा नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । त्यस्तै नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजा...
निर्माणसम्बद्ध वस्तु आयातमा नगद मार्जिन खुकुलो

निर्माणसम्बद्ध वस्तु आयातमा नगद मार्जिन खुकुलो

अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माणसम्बद्ध वस्तुहरुको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था खुकुाले बनाएको छ । यसअघि जारी भएको नगद मार्जिनसम्बन्धी एकीकृत परिपत्रलाई संशोधन गर्दै राष्ट्र बैंकले टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, बिटुमिन, ढुंगा, ईंटा, झिंगटीहरुको आयातमा नगल मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ त्यसैगरी सार्वजनिक निकायमार्फत टेन्डर भएर हुने सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा पनि नगद मार्जिनको व्यवस्थालाई राष्ट्र बैंकले खुकुलो बनाएको छ । त्यसैगरी हवाई जहाज र रंगशालाहरुमा राखिने कुर्सीको आयात गर्दा पनि अब नगद मार्जिन राख्नुपर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्ट मौद्रिक नीतिको समीक्षाले लिएका नीतिको आधारमा नगद मार्जिनको व्यवस्थालाई खुकुलो बनाउन सुरु गरिएको बताउँछन् । यसले अर्थतन्त्रको बाह्य क्षत्रे सहज ...