
चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग
फिक्कल (सिन्धुली) । पौषको चिसोले कठ्याङ्ग्रीएका सिन्धुलीको फिक्कल गाउँपालिका १ काउलेडाँडाका एक सय ५५ जना बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
कमलामाई नगरपालिका ६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले जिल्लाको दुर्गम क्षेत्र काउले डाँडाका विपन्न तथा दलित बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरेको हो ।
भगवती अंग्रेजी मावि र सो अन्तरगतको भगवती बाल क्लवको संयोजनमा फिक्कल गाउँपालिका १ काउलेडाँडा स्थित आधारभुत विद्यालयका १ सय ५५ जना बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरिएको हो ।
चिसो मौषममा न्यानो कपडा अभाव हुँदा विद्यार्थीहरु अध्ययनका लागि विद्यालय आउन छाडेको खबर थाहापाएपछि आधारभुत विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाती छात्र तथा छात्राहरुलाई ट्याक्सुट, कपी, पेन्सील लगायतका शैक्षिक सामाग्री प्रदान गरेको भगवती माविका अध्...