विश्वकप २०२२

विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

Breaking 2, खेलकुद, ट्रेन्डिङ, विश्वकप २०२२
अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए। उनी इरान हुँदै कतार जान लागेका थिए।बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे। उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए। एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न। यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नुपर्छ।इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्...
इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा

इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा

खेलकुद, ट्रेन्डिङ, विश्वकप २०२२, समाचार
१६ मंसिर, काठमाडौं । ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यसै समूहको अर्को खेलमा उरुग्वेल घानालाई २-० ले पराजित गर्दै कोरिया समान ४ अंक नै जोड्यो । तर अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बन्यो । पराजित भएपनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरिया विरुद्ध आराम दिएको थियो । बराबरीले नै पोर्चुगललाई समूह विजेता बन्न पर्याप्त थियो । तर काेरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्यो । रिकार्डो होर्थाले गोल गर्दै पोर्चुगललाई ...