राजनीति

निर्वाचन पछि तीनै तहको सरकार गठबन्धनकोः श्याम घिमिरे

निर्वाचन पछि तीनै तहको सरकार गठबन्धनकोः श्याम घिमिरे

राजनीति, स्थानीय
कात्तिक ४, सिन्धुली/नेपाली काँग्रेसको केन्द्रिय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नं. १ का साझा उम्मेद्वार श्याम घिमिरेले निर्वाचन पछि तीन तहको सरकार नै गठबन्धनको हुने वताउनुभयो । शुक्रवार(आज) दुधौलीमा आयोजित चुनावी भेटघाट कार्यक्रममा घिमिरेले बाम लोकतान्त्रिक गठबन्धनले स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार निर्माण गरिसकेको र आसन्न मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पनि प्रदेश र संघीय सरकार गठबन्धनको नै बन्ने बताउनुभयो । कार्यक्रममा नेता घिमिरेले बाम लोकतान्त्रिक गठबन्धनको पाँच बर्ष स्थायि सरकार बन्नेर देशमा राजनीतिक स्थायित्व र दिगो विकास हुने वताउनु भयो । कार्यक्रममा नेता घिमिरेले जनताले संघर्ष गरेर संविधान सभा मार्फत बनेको संविधान रक्षा गर्न अग्रगामी पक्षहरुको गठबन्धन भएर अघि बढेकोले प्रतिगामीहरुको अन्त्य नभए सम्म गठबन्धन नटुट्ने वताउनुभयो ।...
गठबन्धन ओलीको प्रतिगामी कदमको विरुद्धमा गरिएको सहकार्य हो : दाहाल

गठबन्धन ओलीको प्रतिगामी कदमको विरुद्धमा गरिएको सहकार्य हो : दाहाल

राजनीति, समाचार
कार्तिक २६, सिन्धुली/सिन्धुली निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनीधि सभा अन्तर्गत बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लेखनाथ दाहाल (राजन) ले नेपाली काङग्रेस संग ओली एमालेको प्रतिगामी कदमको विरुद्धमा सडकमा लड्ने क्रममा सडकमै भेट भएको बताउनुभएको छ । शनिबार मरिणमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै नेकपा माओवादी सिन्धुलीका इन्चार्ज समेत रहनुभएका नेता दाहालले निर्वाचनको लागि गठबन्धन गरेको नभइ ओलीको प्रतिगामी कदमको विरुद्धमा सडकमा सहकार्य गरेको समेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “हाम्रो पार्टीको आफ्नै इतिहाँस र विरासत छ । लगातार सात सालको वरिपरिदेखी जनताको जनअधिकारको निम्ति राजनीतिक जागरण पैदा गर्ने र निरन्तर शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया तथा पछिल्लो चरणमा केपी ओलीको प्रतिगामी कदमको विरुद्ध आफ्नो राजनीतिक परिपक्कता प्रदान गर्दै नेपाली कांग्रेस आज यो गठबन्धन दलभ...
सिन्धुलीको प्रदेश सभा २(२) मा भारी मत सहित श्रेष्ठ विजयी

सिन्धुलीको प्रदेश सभा २(२) मा भारी मत सहित श्रेष्ठ विजयी

राजनीति, स्थानीय
मंसिर ६, सिन्धुली/प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २(२) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी हुनु भएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना सोमवारबाट मतगणना सुरु भएको थियो । श्रेष्ठले १३ हजार १ मत सहित विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठले ३ हजार २ सय १२ मतले एमालेका पौडेललाई जित्नु भएको हो । यस प्रदेशमा ४४ हजार ७ सय १० मतदाता रहेकोमा २४ हजार ५ सय ५४ मत खसेको थियो । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को गंगानारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो । यस प्रदेश अन्तर्गत हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिका पर्दछ । श्रेष्ठले हरिहरपुरगढी गाउँपालिकाबाट ५ हजार १२ मत प्राप्त गर्नु भएको थियो भने मरिण गाउँपालिकाबाट ५ हजार ६ सय ३ मत प्राप्त गर्नुभएक...
स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा २ बाट प्रतिनिधिसभामा कांग्रेसका धनराज गुरुङ निर्वाचित

Breaking 1, ट्रेन्डिङ, राजनीति, समाचार
१७ मंसिर, स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो । यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेकी थिइन् । तर यसपटक गोपालमानले प्रत्यक्ष चुनाव लडेनन् भने धनराज सोही क्षेत्रमा उम्मेदवार बने । ४ मंसिरमा भएको मतदान...
भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

Breaking 3, ट्रेन्डिङ, राजनीति, समाचार
१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथव...
ओलीको फोनले अलमलिएका प्रचण्डलाई बाबुरामका तीन सल्लाह

ओलीको फोनले अलमलिएका प्रचण्डलाई बाबुरामका तीन सल्लाह

ट्रेन्डिङ, राजनीति, समाचार
१६ मंसिर, काठमाडौं । तीन दिनअघि बाबुराम भट्टराईलाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए । प्रचण्डको एक गुनासो थियो– गठबन्धन भनेर धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन । कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सहयोग गर्‍यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको सहयोग भएन । उनका दुई जिज्ञासा थिए– एक, चुनावबाट आएका ‘नयाँ शक्ति’ हरुले हामी ‘पुराना शक्ति’ हरुलाई कुन हदसम्म क्षति पुर्‍याउलान् ? दुई– केपी ओलीको टेलिफोन आएलगत्तै एमालेका नेताहरुले नयाँ सम्भावना खोजौं भनिरहेका छन् । यसो गरे कसो होला ? प्रचण्डका तीन प्रस्तावमध्ये पहिलो– गठबन्धन सरकारको नेतृत्व आफूले गर्ने परिस्थिति आएमा सहयोग जुटाउन सहयोग गर्नुपर्छ । दोस्रो– माओवादी, नेकपा (एकीकृत समाजवादी) तथा भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पा...
भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन

ट्रेन्डिङ, राजनीति, समाचार
१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’ मेयर साहले आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नरहेको पनि बताएका छन् । ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्...