मुख्य समाचार

मल्लागाउँमा धमाधम पक्की सडक निर्माण

मल्लागाउँमा धमाधम पक्की सडक निर्माण

Breaking 1, मुख्य समाचार
सिन्धुली । कमलामाई नगरपालिका ४ का स्थानीय भने जनसहभागिता सहित पक्की सडक निर्माणमा जुटेका छन । कमलामाई नगरपालिका ४ मल्लागाउँका स्थानीय आफ्नो बस्तिमा जाने कच्चि सडकलाई पक्की बनाउन जुटेका हुन । झण्डै पउने दुईलाख बराबरको जनसहभागिता सहित स्थानीयले ८८ मिटर पक्की ढलान, ५१ मिटर पक्का नाला निर्माण गरिरहेको मल्लागाउँ टोल विकास संस्थाका अध्यक्ष रेशम बहादुर पोखरेलले बताए यस आयोजनाबाट स्थानीय एक सय ७ घरधुरी लाभान्वीत हुने छन । ‘यहाँको टोल विकास संस्थाले आफ्नै सक्रियतामा मल्लागाउँ भन्ञ्याङदेखि सिन्धुली बहुमुखी क्याम्पस सम्म मेसिनरीवाल, ड्रेनवाल, पिसिसि ढलान लगायतका कार्य गरिरहेका छौं,’ पोखरेलले भने । उक्त संस्थालाई बागमती प्रदेशकी निवर्तमान सांसद विजुला बर्मा राणाले संसद विकास कोषबाट दश लाख बजेट विनियोजन गरिदिएकी हुन । सोही योजना अनुसार बागमती प्रदेशको प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीको ९...
मरिण गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न,कुल बजेटको हाल सम्म ३० दशमलब ६८ प्रतिशत बजेट खर्च

मरिण गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न,कुल बजेटको हाल सम्म ३० दशमलब ६८ प्रतिशत बजेट खर्च

मुख्य समाचार, स्थानीय
सिन्धुली,१५ माघ । मरिण गाउँपालिका सिन्धुलीको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन(हिउँदे अधिवेशन) आज सम्पन्न भएको छ । गाउँपालिकाको दोस्रो हिउँदे अधिवेशनमा आर्थिक बर्ष २०७९÷८० को सात महिनाको चालु आर्थिक बर्षको बजेट खर्चको स्थितीको प्रस्तुत गरिएको छ । आर्थिक बर्ष २०७९।०८० को बिनियोजित बजेट मध्य ३० दशमलब ६८ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७९।८० मा चालु र पूँजीगत गरी कुल ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँ बजेट बिनियोजित थियो । जसमा हाल सम्म १९ करोड ४० लाख ४ हजार ६ सय ७५ रुपैयाँ ५३ पैसा खर्च भएको गाउँपालिकाका उपाध्यक्ष बिमला माझिले जानकारी दिनुभयो । गाउँसभामा चालु आर्थिक बर्षको हाल सम्मको खर्च तथा कार्यान्वयनको बारेमा गाउँपालिका उपाध्यक्ष बिमला माझीले ३८ दशमलब ४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । चालु तर्फको कुल ३९ करोड ३१ लाख ६३ हजार ३ सय बजेट मध्ये १५ करो...
जंगली हात्ती रानिवासमा ४ घरमा आक्रमण गर्दा २ लाख बराबरको क्षति

जंगली हात्ती रानिवासमा ४ घरमा आक्रमण गर्दा २ लाख बराबरको क्षति

Breaking 1, ट्रेन्डिङ, मुख्य समाचार, समाचार, समाज, स्थानीय
१९ मघ, सिन्धुली÷सिन्धुलीको कमलामाई नगरपालिका १४ तल्लो रानिबासमा जङ्गली हात्तीले ४ वटा घरमा क्षति पु¥याउदा करिब दुईलाख बराबरको क्षति भएको छ । तल्लो रानिवासमा गयराति ३ वटा घरमा र हिजो चन्दरपुरमा एउटा गरी चार वटा घरमा क्षति पु¥याउँदा करिब २ लाखको क्षति पु¥याएको हो । जङ्गति हात्तिले स्थानीय आइते माझि, सन्त बहादुर माझि, सन्तोष न्यौपाने र गोबिन्द खड्काको घरमा क्षति पु¥याएको १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेले जानकारी दिनुभयो । जङ्गली हात्ति गाउँमा पसेर घर भत्काउने र घर भित्र रहेको अन्नबालि नष्ट गरेको छ । हात्तिले गोबिन्द खड्काको घरमा १ लाख, आइते माझिको ५० हजार र अन्य दुई घरमा सामान्य क्षति पु¥याएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । दिर्घकालिन समस्याको समाधान नहुँदा बर्षेनी जङ्गली हात्तीले अन्नबालि नष्ट गर्ने थालेपछि स्थानीयले अन्नबालि नै लगाउन छाडेका छन् । अन्नवाली लगाउन छाडेपछि हात...