खेलकुद

सिन्धुलीमा फागुन ६ गते बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने

सिन्धुलीमा फागुन ६ गते बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने

Breaking 1, खेलकुद, ट्रेन्डिङ, स्थानीय
सिन्धुली,२१ माघ सिन्धुलीमा फागुन ६ गते बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने भएको छ । जिल्लाaको ९ वटै पालिकाको सहभागितामा बागमति फागुन ६ गते बाट ८ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने भएको हो । बागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता छनोटको लागी बागमति प्रदेशको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको आयोजना गरिएको सिन्धुली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिशाल थिङले जानकारी दिनुभयो । जिल्लाका पालिकाहरुबाट बिभिन्न बिद्याका खेलाडीहरु छनौट भई जिल्लामा सिफारिस भएका खेलाडीहरुले तोकिएको निर्देशिका अनुसार स्थानिय पालिकाहरुमा सुचना भएको मिती अर्थात २०६१÷९÷१ गते भन्दा पछिको जन्मदर्ता भएका खेलाडीहरुले मात्र सहभागी हुन पाउने सिन्धुली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष थिङले जानकारी दिनु भएको...
विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक छ : उप्रेती

विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक छ : उप्रेती

Breaking 1, खेलकुद, समाचार, समाज
सिन्धुली । सिन्धुलीमा दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताहा २०७९ सुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोएिसन नेपाल (नेश्नल प्याब्सन) सिन्धुलीको आयोजनामा शनिबारबाट खेलकुद सप्ताहा सुरु भएको हो । प्रतियोगिताको उद्घाटन नेश्नल प्याब्सनका केन्द्रीय सचिव कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा गरिएको नेश्नल प्याब्सन सिन्धुलीले जनाएको छ । सिन्धुलीमाढी स्थित खुल्लामन्चमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी उप्रेतीले खेलकुद अतिरिक्त कृयाकलापका लागि मात्र नभएर स्वास्थ्य र विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, स्वस्थ जिवन र मस्तिस्कले मात्र गुणस्तरिय शैक्षिक सिकाइ हाँसिल गर्न सकिन्छ । समग्र शैक्षिक उपलब्धीका लागि खेलकुदका विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई अनुशासित, लगनशिल, मेहनती र प्रतिस्पर्धी बनाउन उत्प्रेरित गर्दछ ।...
अन्तर बिद्यालय पालिका स्तरीय अखिलको उपाधि माबि कपिलाकोटले जित्यो

अन्तर बिद्यालय पालिका स्तरीय अखिलको उपाधि माबि कपिलाकोटले जित्यो

खेलकुद
सिन्धुली सिन्धुलीको मरिण गाउँपालिकाको अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगितामा माबि कपिलाकोट (ए) बिजयी भएको छ । अखिल क्रान्किारी मरिण गाउँ कमिटी(आयोजक) टिम र माबि कपिलाकोट (ए) बिच भएको फाइनल खेलमा माबि कपिलाकोट(ए) बिजयी भएको हो । अखिल क्रान्किारी मरिण गाउँ कमिटी(आयोजक) टिम लाई २५÷१४,२५÷१९ र २५÷१४ अन्तरले पराजित गदैँ माबि कपिलाकोट बिजयी भएको आयोजककले जनाएको छ । अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगितामा ८ वटा टिम को सहभागी रहेको थियो । प्रतियोगिताको बिजयी लाई १० हजार नगद,कप मेडल र प्रमाणपत्र र उपबिजेतालाई ५ हजार नगद,कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजककले जानकारी दिएको छ । अनेरास्ववियु(क्रान्तिकारी) मरिण गाउँ कमिटी र अनेरास्ववियु (क्रान्तिकारी) प्राकृतिक सा्रेत ब्यवस्थापन कलेज मरिणको संयुक्त आयोजनामा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । प्...
मरिणमा अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगिताको हिजो उद्घाटन

मरिणमा अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगिताको हिजो उद्घाटन

खेलकुद
सिन्धुली सिन्धुलीको मरिण गाउँपालिकामा अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगिताको हिजो उद्घाटन गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोत्तान(बिमर्श)ले भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । अनेरास्ववियु(क्रान्तिकारी) मरिण गाउँ कमिटी र अनेरास्ववियु (क्रान्तिकारी) प्राकृतिक सा्रेत ब्यवस्थापन कलेज मरिणको संयुक्त आयोजनामा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझि,प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी,माओवादी केन्द्रका गाउँ ममिटी अध्यक्ष काजीमान थिङ लगायतको उपस्थिती रहेको थियो । भलिबल उद्घाटन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले मरिण गाउँपालिकामा गुणस्तीय खेलाडी उत्पादनको लागी खेलकुद क्षेत्रमा हरेक बर्षे बजेट बिनियोजन गर्ने गरिएको बताउनु भयो । खेलकुद क्षेत्रमा युवाहरुलाई क्रियाशिल गर्नको लागी प...
विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

विश्वकप हेर्न हिँडेरै स्पेनबाट कतार आउन लागेका फुटबल फ्यान इरानमा परे पक्राउ

Breaking 2, खेलकुद, ट्रेन्डिङ, विश्वकप २०२२
अर्को महिना कतारमा हुने फिफा विश्वकप हेर्न दक्षिणी युरोपेली मुलुक स्पेनबाट हिँड्दै आइरहेका एकजना फ्यान इरानमा पक्राउ परेका छन्।अलजजिरा टेलिभिजनका अनुसार गत जनवरीमा म्याड्रिड नजिकैको घरबाट कतारका लागि हिँडेका ४१ वर्षका सान्टिएगो सान्चेज कोजेडोर अक्टोबरको सुरूमा इराकबाट इरानको सीमामा प्रवेश गरेका थिए। स्पेनदेखि इरानसम्मको यात्रा उनले हिँड्दै र कुनै ठाउँमा डुंगामा चढेर पार गरेका थिए। उनी इरान हुँदै कतार जान लागेका थिए।बाटोमा उनी कुनै ठाउँमा आफूले बोकेको टेन्टमा सुत्थे भने कुनै ठाउँमा होटलमा पनि बस्थे। उनले आफ्नो यात्राका विवरणहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा राख्ने गरेका थिए। एउटा भिडिओमा उनले भनेका थिए- यदि तपाईं आफ्ना सपनाका लागि समयसीमा तोक्नुहुन्न भने ती सपना पूरा गर्न सक्नुहुन्न। यो दिन म हिँड्छु र यो दिन छोड्छु भन्ने तय गर्नुपर्छ।इरानमा केही सातायता हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्...
इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा

इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा

खेलकुद, ट्रेन्डिङ, विश्वकप २०२२, समाचार
१६ मंसिर, काठमाडौं । ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यसै समूहको अर्को खेलमा उरुग्वेल घानालाई २-० ले पराजित गर्दै कोरिया समान ४ अंक नै जोड्यो । तर अंक र गोल अन्तर समान भए पनि समूह चरणमा धेरै गोल गरेका आधारमा कोरिया भाग्यमानी बन्यो । पराजित भएपनि पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि नै दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको पोर्चुगलले केही मुख्य खेलाडीलाई कोरिया विरुद्ध आराम दिएको थियो । बराबरीले नै पोर्चुगललाई समूह विजेता बन्न पर्याप्त थियो । तर काेरियासँग पराजित भए पनि पोर्चुगल समूह विजेता बन्यो । रिकार्डो होर्थाले गोल गर्दै पोर्चुगललाई ...