अर्थ/बाणिज्य

मृगौला पिडितलाई माओवादी केन्द्र सिन्धुलीको सहयोग

मृगौला पिडितलाई माओवादी केन्द्र सिन्धुलीको सहयोग

Breaking 1, अर्थ/बाणिज्य, समाचार, स्वास्थ्य
सिन्धुली । नेकपा माओवादी केन्द्र सिन्धुलीले मृगौला पिडितलाई दश हजार सहयोग गरेको छ । नकेपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा संघिय सांसद राजन दाहालले आइतबार कमलामाई नगरपालिका ८ करकरेका वर्ष ३५ का दिपक नेपालीको मृगौला प्रत्यारोपणका लागि सहयोग स्वरुप दश हजार रुपैयाँको चेक प्रदान गर्नु भएको हो । नेकपा (माओवादी केन्द्र) सिन्धुलीले गरिव, बिपन्न र गम्भीर प्रकृतिका रोगीहरूको उपचारार्थ विशेष आर्थिक साहायता कोष खडा गर्ने उद्धेश्य अनुरूप जम्मा भएको रकमबाट नेपालीलाई उपचारका लागि सहयोग गरिएको दाहालले बताउँनुभयो । नेपाली मृगौला रोगबाट पिडित शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार गरिरहेका छन । नेपालीलाई उहाँको बुवाले मृगौला दिएपनि प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पिडित नेपालीका ज्वाइँ बलबहादुर बैजुमार्फ पु¥याउनेगरी सहयोग रकम प्रदान गरिएको हो । सांसद दाहालले उहाँको स्वास्थ्यलाभको कामना समेत गर्नु भए...
सिन्धुलीको भालुमारामा स्वच्छ खानेपानी निर्माण

सिन्धुलीको भालुमारामा स्वच्छ खानेपानी निर्माण

Breaking 2, अर्थ/बाणिज्य, समाचार, समाज
भालुमारा (सिन्धुली) । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमाराकी रणकुमारी तामाङ घरको आँगनमै स्वच्छ पिउने पानिको धारा झरेपछि दंग छिन । आगंनमा घरका सबै भाँडा पानिले भरेर राखेकी छिन । वर्षौदेखि घरमै पानिको धारा जोड्ने सपना पुराभएपछि तामाङमा खुसीयाली छाएको छ । तामाङको यो सपना विभिन्न दातृनिकायको सहयोग तथा भालुमारा नमुना कृषि समुहको संयोजनमा पुरा भएको हो । ग्रामिण प्रविधि केन्द्रको सहकार्य डेनिस इन्टरनेश्नल ह्युमेन सेटलमेन्ट सर्भिस (डिआइवी), विएमजेट जर्मनी तथा सिभिल सोसाइटी इन डेभलपमेन्ट (सिआइएसयु) डेनमार्कको आर्थिक सहयोग एवंम डब्लुडब्लुएफ र पिआरसी संगको समन्वयमा मरिण गाउँपालिका ३ भालुमारामा स्वच्छ खानेपानीका लागि सोलार लाइटीङ प्रोजेक्ट संचालनमा आएपछि यस्तो खुसीयाली छाएको हो । यहाँ आदिवासी जनजाती तथा दलित समुदायको बसोबास छ । सोलार लिफ्ट सिस्टमबाट सिंगो भालुमारा बजारका ९७ घरधुरीमै स्वच्छ खानेपा...
चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग

चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग

Breaking 1, अर्थ/बाणिज्य, शिक्षा, समाचार, समाज, स्थानीय
फिक्कल (सिन्धुली) । पौषको चिसोले कठ्याङ्ग्रीएका सिन्धुलीको फिक्कल गाउँपालिका १ काउलेडाँडाका एक सय ५५ जना बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ । कमलामाई नगरपालिका ६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले जिल्लाको दुर्गम क्षेत्र काउले डाँडाका विपन्न तथा दलित बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरेको हो । भगवती अंग्रेजी मावि र सो अन्तरगतको भगवती बाल क्लवको संयोजनमा फिक्कल गाउँपालिका १ काउलेडाँडा स्थित आधारभुत विद्यालयका १ सय ५५ जना बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरिएको हो । चिसो मौषममा न्यानो कपडा अभाव हुँदा विद्यार्थीहरु अध्ययनका लागि विद्यालय आउन छाडेको खबर थाहापाएपछि आधारभुत विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाती छात्र तथा छात्राहरुलाई ट्याक्सुट, कपी, पेन्सील लगायतका शैक्षिक सामाग्री प्रदान गरेको भगवती माविका अध्...
मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

अर्थ/बाणिज्य
१७ मंसिर, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो । उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको कि...
वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी

अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
१६ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । श्रम स्वीकृति लिई कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुनर्एकीकरणका लागि सहकार्य गर्ने उदेश्यले पत्रमा हस्ताक्षर गरिएको हो । सझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आयार्च, बोर्डको तर्फबाट निर्देशक मैया कँडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईंले हस्ताक्षर गरे । समझदारी पत्रमा नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास लिएको छ । त्यस्तै नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजा...
निर्माणसम्बद्ध वस्तु आयातमा नगद मार्जिन खुकुलो

निर्माणसम्बद्ध वस्तु आयातमा नगद मार्जिन खुकुलो

अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माणसम्बद्ध वस्तुहरुको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था खुकुाले बनाएको छ । यसअघि जारी भएको नगद मार्जिनसम्बन्धी एकीकृत परिपत्रलाई संशोधन गर्दै राष्ट्र बैंकले टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, बिटुमिन, ढुंगा, ईंटा, झिंगटीहरुको आयातमा नगल मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ त्यसैगरी सार्वजनिक निकायमार्फत टेन्डर भएर हुने सार्वजनिक निर्माणका लागि आवश्यक पर्ने सामान आयातमा पनि नगद मार्जिनको व्यवस्थालाई राष्ट्र बैंकले खुकुलो बनाएको छ । त्यसैगरी हवाई जहाज र रंगशालाहरुमा राखिने कुर्सीको आयात गर्दा पनि अब नगद मार्जिन राख्नुपर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्ट मौद्रिक नीतिको समीक्षाले लिएका नीतिको आधारमा नगद मार्जिनको व्यवस्थालाई खुकुलो बनाउन सुरु गरिएको बताउँछन् । यसले अर्थतन्त्रको बाह्य क्षत्रे सहज ...
१३ खर्ब ९ अर्ब बजेट खर्च गर्दा साढे २८ अर्ब बेरुजु

१३ खर्ब ९ अर्ब बजेट खर्च गर्दा साढे २८ अर्ब बेरुजु

अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
१६ मंसिर, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा साढे २८ अर्ब रुपैयाँ बराबरको बेरुजु देखिएको छ । महालेखा नियन्त्रकको आन्तरिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र विनियोजन, राजस्व, धरौटी र कार्य सञ्चालन कोषतर्फको लेखा परीक्षणबाट २८ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ बेरुजु कायम भएको हो । सरकारले यस आवमा कुल १६ खर्ब ३२ अर्ब ८२ करोड १६ लाख रुपैयाँ बजेट कार्यान्वयन गरेको थियो । जसबाट कुल १३ खर्ब ९ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ निकासा खर्च भएको थियो । विनियोजनतर्फ २७ अर्ब ११ करोड ६१ लाख रुपैयाँ बेरुजु कायम भएको छ । यो २.०७ प्रतिशत हो । यस आवमा राजस्वतर्फ १३ करोड २१ लाख, धरौटीतर्फ ३६ करोड ३४ लाख, कार्यसञ्चालन कोषतर्फ ८८ करोड १८ लाख रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बेरुजु रकम २५ अर्ब २६ करोड ५० लाख रुपैयाँ कायम भएको थियो । यस आवमा देखिएक...
बिजुलीमा नाफा : महसुल घट्ने आशा, लगानी थप्ने योजनामा प्राधिकरण

बिजुलीमा नाफा : महसुल घट्ने आशा, लगानी थप्ने योजनामा प्राधिकरण

Breaking 2, अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
१६ मंसिर, काठमाडौं । बिजुली निर्यात सुरु भएसँगै नेपाल विद्युत प्राधिकरणको नाफा ठूलो दरमा बढ्न थालेको छ । यसका कारण उपभोक्ताहरुले विद्युत महसुल घटाउन माग गरिरहेका छन् । तर, नेपाल विद्युत प्राधिकरण जलविद्युत आयोजना र वितरण तथा प्रसारण पूर्वाधारको निर्माण, विस्तार र सुदृढीकरणमा ठूलो लगानी गर्नुपर्ने भन्दै अहिले नै महसुल पुनरावलोकन गर्न नहुने पक्षमा उभिएको छ । यसले प्राधिकरणको नाफा नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे ८ अर्ब रुपैयाँ नाफा कमायो । बितेको साउन, भदौ र असोजसम्मको अपरिष्कृत वित्तीय विवरणमा ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले २४ अर्ब ४८ करोड मात्रै खर्च गर्‍यो । हिउँदमा भारतबाट बिजुली किन्नु परेपनि चालु आर्थिक वर्षमा प्राधिकरणले करिब २० अर्ब रुपैयाँ नाफा गर्न सक्ने देखिएको छ । गत वर्ष प्राधिकरणले १६ अर्ब रुपैयाँ नाफा...
घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

Breaking 1, अर्थ/बाणिज्य, ट्रेन्डिङ, समाचार
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मंसिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । “मंसिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर रु दुई सय ७७।०२ घाटा भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्...