
786
सिन्धुली,२२ माघ
प्रेस चौतारी नेपालको २५औं स्थापना दिवशको अबसरमा सिन्धुली शाखाले रक्तदान गरेको छ । आज प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाई.पी. विनय दाहालको अध्यक्षता तथा प्रेस चौतारीका केन्द्रिय एवम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल रेक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा रक्त सञ्चार केन्द्र सिन्धुलीमाढीमा आयोजना गरिएको कार्यक्रममा जिल्लाका पत्रकार, बिद्यार्थि तथा ब्यबसायि गरी १० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रेस चौतारीका केन्द्रिय एवम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालले भन्नुभयो “रक्तदान भनेको रगत दान गर्नु हो। रक्तदान गर्नु राम्रो कुरा हो। रगत मानिसको अभिन्न अंग हो। जब सम्म रगत रहन्छ र चलिरहन हर मात्र मानिस रहन्छ । त्यसैगरी निस्वर्थ भएर कसैलाई केहि दिइन्छ भने यो दान हो। र आफूले गरेको रक्तदाले अरुको जीवन बच्ने हुनाले ’रक्तदान जीवन दान’ पनि भनिन्छ ।”
त्यस्तै प्रेस चौतारी नेपाल सिन्धुलीका अध्यक्ष वाई.पी. विनय दाहालले धार्मिक मान्यता अनुसार पनि दान गर्नु उत्तम कर्म मानिन्छ भने विज्ञानले पनि एकले दान गरेका रगत वा शरीरका अंगहरु अर्को व्यक्तिको शरीरमा लगाएर जीवन जोगाइ रहेको बताउनु भयो । यसकारण रक्तदान अति महत्त्वपूर्ण दान वा कर्म प्रेस चौतारीको स्थापनाको अवसरमा आयोजना गरिएको बताउनु भयो ।
रक्तदान कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य खड्ग खत्रीले स्थापना दिवसका अबसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गरिएको थियो ।