
171
सिन्धुली,२१ माघ
सिन्धुलीमा फागुन ६ गते बाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने भएको छ । जिल्लाaको ९ वटै पालिकाको सहभागितामा बागमति फागुन ६ गते बाट ८ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सन्चालन हुने भएको हो ।
बागमति प्रदेश स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता छनोटको लागी बागमति प्रदेशको निर्णय अनुसार जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको आयोजना गरिएको सिन्धुली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बिशाल थिङले जानकारी दिनुभयो ।
जिल्लाका पालिकाहरुबाट बिभिन्न बिद्याका खेलाडीहरु छनौट भई जिल्लामा सिफारिस भएका खेलाडीहरुले तोकिएको निर्देशिका अनुसार स्थानिय पालिकाहरुमा सुचना भएको मिती अर्थात २०६१÷९÷१ गते भन्दा पछिको जन्मदर्ता भएका खेलाडीहरुले मात्र सहभागी हुन पाउने सिन्धुली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष थिङले जानकारी दिनु भएको छ ।
प्रतिनिधि सहित खेलाडीहरुले फागुन ५ गते नै सन्धुली जिल्ला खेलकुद विकास समितीमा उपीस्तीती हुनुपर्ने साथै खेलाडीहरुलाई पालिकाको ब्यानर र पोषाक अनिवार्य गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा एथ्लेटिक्स,भलिबल,कबड्डी,तेक्वान्दो र कराँते खेल खेलाइनेछ ।