मरिण गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न,कुल बजेटको हाल सम्म ३० दशमलब ६८ प्रतिशत बजेट खर्च

सेयेर गर्नुहोस्

 131 

सिन्धुली,१५ माघ ।
मरिण गाउँपालिका सिन्धुलीको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन(हिउँदे अधिवेशन) आज सम्पन्न भएको छ । गाउँपालिकाको दोस्रो हिउँदे अधिवेशनमा आर्थिक बर्ष २०७९÷८० को सात महिनाको चालु आर्थिक बर्षको बजेट खर्चको स्थितीको प्रस्तुत गरिएको छ ।
आर्थिक बर्ष २०७९।०८० को बिनियोजित बजेट मध्य ३० दशमलब ६८ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७९।८० मा चालु र पूँजीगत गरी कुल ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँ बजेट बिनियोजित थियो । जसमा हाल सम्म १९ करोड ४० लाख ४ हजार ६ सय ७५ रुपैयाँ ५३ पैसा खर्च भएको गाउँपालिकाका उपाध्यक्ष बिमला माझिले जानकारी दिनुभयो ।

गाउँसभामा चालु आर्थिक बर्षको हाल सम्मको खर्च तथा कार्यान्वयनको बारेमा गाउँपालिका उपाध्यक्ष बिमला माझीले ३८ दशमलब ४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।
चालु तर्फको कुल ३९ करोड ३१ लाख ६३ हजार ३ सय बजेट मध्ये १५ करोड १३ लाख ८ हजार ७ सय ४० रुपैयाँ ७० पैसा त्यस्तै पूँजीगत तर्फको कुल २३ करोड ९१ लाख ७० हजार ५ सय बजेट मध्ये ४ करोड २६ लाख ९५ हजार ९ सय ३४ रुपैयाँ ८३ पैसा खर्च भएको गाउँपालिका उपाध्यक्ष माझिले बताउनु भएको हो ।
गाउँसभाबाट अस्थायी,करार सेवा वा सेवा करारका कार्यरत कर्मचारीहरुलाई उपलब्ध गारइने सेवा,सुबिधा र शर्तका सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधयेक र मरिण गाउँपालिकाको साझेदारिमा कार्यक्रक सन्चालन तथा ब्यबस्थापन गर्ने सम्बन्धि बिधयेक सर्बसम्मत पारित गरिएको छ ।
हिउँदे अधिवेशनलाई समापन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जनतालाई साथमा लिएर गरिएको विकास मात्रै विकास हुने बताउनु भयो । जनताको उपस्थिती विनाको विकासको महत्व नहुने उहाँले बताउनु भयो । गाउँपालिकाबाट प्रवाह हुने सेवा,सुबिधाहरु आर्थिक स्तरउन्नती न्युन भएका,असहाय,अशक्त,पिछडिएका वर्गलाई प्राथमिकता राखेर प्रवाह गर्ने पनि उहाँले अनुरोध गर्नुभयो ।

गाउँपालिकामा पहिले भन्दा बेरुजु कम निस्किएकाले अझै बेरुजु कम गर्नको लागी वडाका अध्यक्ष,सदस्य तथा कर्मचारीहरुको लगनशिलता र इमान्दारीता जरुरी रहेको अध्यक्ष मोक्तानको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *