मृगौला पिडितलाई माओवादी केन्द्र सिन्धुलीको सहयोग

सेयेर गर्नुहोस्

 105 

सिन्धुली । नेकपा माओवादी केन्द्र सिन्धुलीले मृगौला पिडितलाई दश हजार सहयोग गरेको छ । नकेपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा संघिय सांसद राजन दाहालले आइतबार कमलामाई नगरपालिका ८ करकरेका वर्ष ३५ का दिपक नेपालीको मृगौला प्रत्यारोपणका लागि सहयोग स्वरुप दश हजार रुपैयाँको चेक प्रदान गर्नु भएको हो ।
नेकपा (माओवादी केन्द्र) सिन्धुलीले गरिव, बिपन्न र गम्भीर प्रकृतिका रोगीहरूको उपचारार्थ विशेष आर्थिक साहायता कोष खडा गर्ने उद्धेश्य अनुरूप जम्मा भएको रकमबाट नेपालीलाई उपचारका लागि सहयोग गरिएको दाहालले बताउँनुभयो ।
नेपाली मृगौला रोगबाट पिडित शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार गरिरहेका छन । नेपालीलाई उहाँको बुवाले मृगौला दिएपनि प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि पिडित नेपालीका ज्वाइँ बलबहादुर बैजुमार्फ पु¥याउनेगरी सहयोग रकम प्रदान गरिएको हो । सांसद दाहालले उहाँको स्वास्थ्यलाभको कामना समेत गर्नु भएको हो । पार्टीले जिल्लाका अन्य यस्ता पिडितहरुलाई यस अघिपनि सहयोग गर्दै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *