
102
सिन्धुली,१५ पौष ।
जिल्ला अस्पताल सिन्धुलीले बिश्वभर फैलिएको माहामारी कोभिड १९ को नयाँ भेरियनट बिएफ ७ को संक्रमण छिमेकि राष्ट्रहरुमा दिनानुदि बढ्दै गएकाले जिल्लामा संक्रमणलाई नियन्त्रणको लागी सरोकारवाला सँग छलफल गरेको छ ।
कोभिडको संक्रमण जिल्लामा हुन नदिनको लागी बिहिबार जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष सतिसचन्द्र ढकाल, अस्पतालका मेडिकल सुपरिटेण्डेन उमेश प्रधान,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिन्धुलीका राजन पोखरेल लगायत जिल्लाका बिभिन्न संघसस्था एवम् सरोकारवालाहरु तथा सँग छलफल गरेको हो ।
नेपालमा उक्त नयाँ भेरियन्ट हाल देखा नपरेपनि बिगतको समयमा झै महामारी तथा प्रकोपजन्य रोगहरु देखा पर्न सक्ने अबस्थामा सिन्धुली अस्पतालमा गठित आरआरटि ले बिभिन्न प्राथमिक स्वास्थ्य केन्द्रहरुमा गई सचेतनामुलक कार्यक्रमहरु सन्चालन गरेर सिन्धुलीमा नयाँ भेरियन्ट लाई रोक्ने बिषयमा छलफल गरिएको थियो ।
सिन्धुली अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष सतिशचन्द्र ढकालले बिगतको दिनमा झै यो चोटि सिन्धुली अस्पतालमा भयावह स्थिती आउन नदिने बताउनु भयो । जसका लागी गरिने सम्पुर्ण तयारी अगाडि बढाउने उहाँले बताउनु भयो ।
जिल्ला अस्पताल सिन्धुलीको हालको अबस्था र भएका सामाग्री र जनशक्तिको बिषयमा मेडिकल सुपरिटेण्डेन डां उमेश श्रेष्ठले प्रष्ट्याउनु भएको थियो । बिगतको समयमा अस्पतालमा जनशक्तिको अभाव कारण भएका समस्या लाई मध्यनजर राखि जनशक्तिको ब्यबस्था गर्नको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु भएको छ ।
स्वास्थ्य कार्यलय सिन्धुलीका प्रमुख पोखरेलले सिन्धुली अस्पतालको लागी चाहिने आरडिटि किटको माग गर्ने बताउनु भयो । साथै उहाँले कोरोना भाइरसको नयाँ भेरियन्ट जिल्लामा फैलन नदिनको लागी ब्यक्ति स्वयम नै सचेत रहनको लागी आग्रह गर्नुभयो ।
त्यस्तै जिल्लामा कोरोना भाइरसको चपेटामा परेर मुत्यु भएको नागरिको शब ब्यबस्थानको लागी नेपानी सेनाले सहजीकरण गरिने बताएको छ । जिल्लाका सम्बन्धित सँस्थाहरु रिलिफ नेपाल ,रेपाल रेडक्रस सोसाइटि सिन्धुली शाखा लगायतले कोरोना भाइरस फैलन नदिनको लागी महत्वपुर्ण भुमिका निर्बाह गरिने निर्णय भएको छ ।