
105
सिन्धुली
सिन्धुलीको मरिण गाउँपालिकाको अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगितामा माबि कपिलाकोट (ए) बिजयी भएको छ । अखिल क्रान्किारी मरिण गाउँ कमिटी(आयोजक) टिम र माबि कपिलाकोट (ए) बिच भएको फाइनल खेलमा माबि कपिलाकोट(ए) बिजयी भएको हो ।
अखिल क्रान्किारी मरिण गाउँ कमिटी(आयोजक) टिम लाई २५÷१४,२५÷१९ र २५÷१४ अन्तरले पराजित गदैँ माबि कपिलाकोट बिजयी भएको आयोजककले जनाएको छ । अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगितामा ८ वटा टिम को सहभागी रहेको थियो ।
प्रतियोगिताको बिजयी लाई १० हजार नगद,कप मेडल र प्रमाणपत्र र उपबिजेतालाई ५ हजार नगद,कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजककले जानकारी दिएको छ ।
अनेरास्ववियु(क्रान्तिकारी) मरिण गाउँ कमिटी र अनेरास्ववियु (क्रान्तिकारी) प्राकृतिक सा्रेत ब्यवस्थापन कलेज मरिणको संयुक्त आयोजनामा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान प्रख्यातले समापन गर्नुभएको थियो । कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझि,प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी,माओवादी केन्द्रका गाउँ ममिटी अध्यक्ष काजीमान थिङ लगायतको उपस्थिती रहेको थियो ।
भलिबल समापनलाई सम्बोधन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले मरिण गाउँपालिकामा गुणस्तीय खेलाडी उत्पादनको लागी खेलकुद क्षेत्रमा हरेक बर्षे बजेट बिनियोजन गर्ने गरिएको बताउनु भयो । खेलकुद क्षेत्रमा युवाहरुलाई क्रियाशिल गर्नको लागी पालिकाले बिभिन्न खेलकुदको आयोजना गरिने पनि बताउनु भयो ।