सिन्धुलीमा एक वर्षमा १९ बालिका बालात्कृत

सेयेर गर्नुहोस्

 105 

सिन्धुली । सिन्धुुलीमा पछिल्लो एक वर्षमा १९ बालिका कलात्कृत भएका छन । एक तथ्यांक अनुसार सन् २०२२ मा जिल्लामा बलत्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएका छन । ति मध्ये १९ जना बालिकाहरु बलात्कृत भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘मानव अधिकार वर्ष पुस्तक–२०२३’ प्रकाशन पूर्व समिक्षा कार्यक्रममा जनाइएको छ ।
इन्सेकका सिन्धुली प्रतिनिधि नविनबाबु अधिकारीका अनुसार जिल्लामा एक वर्षमा बालिका बलत्कार १९, महिला बलत्कार १२, बाल यौन दुव्र्यबहार २, बलत्कार प्रयास ९ र बाल बिबाह बलत्कारका १ वटा घटना घटेका छन ।

ति मध्ये सबै भन्दाबढी तिनपाटन गाउँपालिकाका बालिका बलत्कारमा परेका छन । यस्तै दुधौली नगरपालिकामा ५, कमलामाई नगरपालिकामा ३, गोलन्जोरमा २ र फिक्कल, सुनुकोशी र मरिणमा एक÷एक जना बालिकामाथी बलत्कार भएको छ ।
बालिका बलत्कारका घटनामा राज्य पक्षबाट एकजना र गैर राज्य पक्षबाट २५ जना बालिका पीडित भएका हुन । घटना मध्ये एक जना बालिका बलत्कार पछि गर्भवती भएकी छिन । बलत्कारका अधिकांस घटना पिडितका नजिकका आफन्त र नातेदार संलग्न छन ।

यो संगै जिल्लामा बलत्कारका घटनामा उल्लेख्य वृद्धि भएको छ । सन २०२१ मा जिल्लामा बलत्कारका जम्मा २६ वटा मात्र घटना घटेका थिए । तथ्यांक अनुसार जिल्लामा बहुबिबाहका ७ वटा घटना दर्ता भएका छन । यातना तथा कुटपिटका ३, गिरफ्तार र शारिरिक बन्धकका एक÷एक वटा घटना भएका छन ।
यस्तै जिल्लामा घरेलु हिंसाका घटनामा समेत बृद्धि भएको छ । शारिरिक, आर्थिक र मानसिक हिंसाका ६८ वटा घटना भएको बताइएको छ ।
बलत्कार तथा यौनजन्य हिंसाका घटनाहरु मुद्दाको प्रक्रियामा गए पनि होस्टाईल हुने क्रम उत्तिकै बढ्दो रहेको जनाइएको छ । समिक्षा कार्यक्रममा अनुसन्धान र कानुन कार्यान्वयन गर्ने निकाय पीडितलाई न्याय र संरक्षण दिन चुकेको अधिकारकर्मीहरुले बताए ।

जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले मानवअधिकार कतिपय मानवअधिकारसँग सम्बन्धित राज्यका कानुन संशोधनको जरुरी रहेको बताईन । ‘उच्चस्तरबाटै मानवअधिकार उलंघनका घटना होस्टाईल गराउने काम भएको प्रतिवेदन आउनु दुःखद हो । यस्ता घटनालाई कम गर्न कानुननै संशोधन जरुरी छ,’ कार्कीले भनिन ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले महिला र बालबालिकाकासंग सम्बन्धित घटनाहरुमा दर्ता देखि अनुसन्धान र न्याय निरुपणसम्म अवरोध नै अवरोध भएको बताईन ।
अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सविता कोईरालाले महिला र बालिका विरुद्ध हुने हिंसालाई हल्का रुपमा लिन नहुने र जिम्मेवार भएर वकालत र न्यायका लागि लाग्नुपर्ने धारणा राखिन । उनले मानवअधिकार प्रतिवेदनले समाज कस्तो बनाउने भन्ने प्रश्न उठाएकाले सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिईन ।

आर्थिक प्रलोभन र राजनीतिक शक्तिको आडमा यस्ता घटनाहरु होस्टाईल हुने गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेको भनाई छ ।
उता पछिल्लो समय जिल्लामा हिंसामा परेका पिडितहरु उजुरी गर्न आउने क्रम बढेका कारण मानवअधिकार उलंघनका घटनामा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली स्थित महिला सेलका प्रहरी निरिक्षक सत्रुधन महत्तोले बताए । उनले यस्ता घटनामा प्रहरीले गर्ने अनुशन्धानमा कुनै कमजोरी नहुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *