
109
भालुमारा (सिन्धुली) । सिन्धुलीको मरिण गाउँपालिका ३ भालुमाराकी रणकुमारी तामाङ घरको आँगनमै स्वच्छ पिउने पानिको धारा झरेपछि दंग छिन । आगंनमा घरका सबै भाँडा पानिले भरेर राखेकी छिन । वर्षौदेखि घरमै पानिको धारा जोड्ने सपना पुराभएपछि तामाङमा खुसीयाली छाएको छ । तामाङको यो सपना विभिन्न दातृनिकायको सहयोग तथा भालुमारा नमुना कृषि समुहको संयोजनमा पुरा भएको हो ।
ग्रामिण प्रविधि केन्द्रको सहकार्य डेनिस इन्टरनेश्नल ह्युमेन सेटलमेन्ट सर्भिस (डिआइवी), विएमजेट जर्मनी तथा सिभिल सोसाइटी इन डेभलपमेन्ट (सिआइएसयु) डेनमार्कको आर्थिक सहयोग एवंम डब्लुडब्लुएफ र पिआरसी संगको समन्वयमा मरिण गाउँपालिका ३ भालुमारामा स्वच्छ खानेपानीका लागि सोलार लाइटीङ प्रोजेक्ट संचालनमा आएपछि यस्तो खुसीयाली छाएको हो ।
यहाँ आदिवासी जनजाती तथा दलित समुदायको बसोबास छ । सोलार लिफ्ट सिस्टमबाट सिंगो भालुमारा बजारका ९७ घरधुरीमै स्वच्छ खानेपानि वितरण गरिएको हो । यस अघि त्यस क्षेत्रका नागरिकहरु कुवा, खोल्सी तथा मरिण खोलाको दुसीत खानेपानि खान बाध्य थिए । तर, अहिले घरघरमै धारा आउँदा स्वच्छ खानेपानि उपभोग गर्नुका साथै खेर जानेपानिलाई करेसाबारीमा लगाएर तरकारी तथा फलफुल उत्पानमा समेत टेवा पुग्ने अवसर आएको तामाङको भनाई छ ।
‘खानेपानी आभाव हुँदा एक घण्टासम्मको दुरीबाट पानी बोकेर घरमा ल्याउनु पथ्र्यो । खान, गाई बस्तुलाई दिन, लत्ताकपडा धुन तथा बालबच्चाको सरसफाई गर्न निक्कै कठिन थियो । तर, अहिले घरमै धारा आउँदा सुविधा संगै समयको बचत समेत हुने भएको छ,’ उनले भनिन ।
लामो समयको प्रतिक्षापछि घरघरमा पानिको धारा आउँदा धेरै जसो महिलाहरुलाई सुविधा पुगेको सोही ठाउँकी सर्मिला वाइवाको बुझाई छ । ‘घरधन्दा, बस्तुभाउ, बालबच्चाको सरसफाई जस्ता कामहरु घरका महलिाहरुलेनै गर्नु पर्छ । यस्तो गर्न महिलालेनै पानिको जोहो गर्नु पथ्र्यो । अहिले भने निक्कै सझिलो भएको छ,’ वाइवाले थपिन ।
घरै तल मरिण खोला भएपनि घरमा पानिको समस्या हुँदा त्यहाँ खुल्ला दिशामुक्त क्षेत्र घोषणा प्रभावकारी हुन सकेको थिएन । ‘बोकेको पानिले शौच गर्न समेत कठिन थियो । हिउँदमा त इनार तथा कुवाहरुसमेत सुक्ने गथ्र्यो । तर अहिले घर तथा शौचालयमा प्रसस्त पानिको सुविधा भएको छ । यसले भालुमारा बजारकै मुहारमा खुसी छाएको छ,’ भालुमारा स्वच्छ पिउने पानि उपभोक्ता समितिका अध्यक्ष दिनेश घिसिङले भने ।
आयोजनाले ९७ वटा घरमा धारा, तिनवटा सार्वजनीक धारा र दुई वटा रिजर्भ टंकी निर्माण गरिएको घिसिङको भनाई छ । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सत प्रतिशत नवीकरण उर्जा कार्यक्रम अन्र्तगत उक्त आयोजना लागि विभिन्न दातृनिकायको ३० लाख बढीको सहयोग तथा स्थानीयको ९ लाख बराबरको श्रमदान गरि जम्मा ३९ लाख ५ हजार ६ सय ५९ रुपैयाँ लागतमा सम्पन्न भएको हो ।
उक्त खानेपनि आयोजना स्थानीयलाई हस्तान्तरण समेत गरिएको छ । निर्माण सम्पन्न आयोजनाले भालुमारा क्षेत्रमा खानेपानीको समस्या हलभएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको भनाई छ ।
गाउँपालिकाले एक घर एक धाराको अवधारणा ल्याएको भन्दै अध्यक्ष मोक्तानले पालिका भरिनै खानेपानीको समस्या समाधान गरिने उल्लेख गरे ।
यस्तै वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक डाक्टर मधुसुदन अधिकारीले सुविधा प्राप्त गर्नु मात्रै समस्याको अन्त्य नभै त्यसलाई स्थायित्व दिन जरुरी रहेको बताए । सबैसंगको समन्वयमा खानेपानीका धाराहरु निर्माण भएको उल्लेख गर्दै यस्ता अन्य बैकल्पीक उर्जाका काममा आफुहरु संधै सहयोग गर्न तयार रहेको अधिकारीको भनाई छ ।
खानेपानी निर्माणका लागि जग्गा उपलब्ध गराउने, सहयोग गर्ने व्यक्ती तथा संस्थालाई सम्मान समेत गरिएको छ । कार्यक्रममा बैकल्पीक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक डाक्टर मधुसुदन अधिकारी, वडा अध्यक्ष जितबहादुर श्रेष्ठ, डब्लुडब्लुएफकी आरती गुरुङ, सिआरएनका डाक्टर पुरुषोत्तम श्रेष्ठ र आरती खड्गी, स्थानीय, संचारकर्मी, राजनितिक दल लगायतको उपस्थिती रहेको थियो ।