
94
सिन्धुली
सिन्धुलीको मरिण गाउँपालिकामा अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगिताको हिजो उद्घाटन गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोत्तान(बिमर्श)ले भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
अनेरास्ववियु(क्रान्तिकारी) मरिण गाउँ कमिटी र अनेरास्ववियु (क्रान्तिकारी) प्राकृतिक सा्रेत ब्यवस्थापन कलेज मरिणको संयुक्त आयोजनामा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।
कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष बिमला माझि,प्रमुख प्रशासकिय अधिकृत ओम दर्जी,माओवादी केन्द्रका गाउँ ममिटी अध्यक्ष काजीमान थिङ लगायतको उपस्थिती रहेको थियो ।
भलिबल उद्घाटन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले मरिण गाउँपालिकामा गुणस्तीय खेलाडी उत्पादनको लागी खेलकुद क्षेत्रमा हरेक बर्षे बजेट बिनियोजन गर्ने गरिएको बताउनु भयो । खेलकुद क्षेत्रमा युवाहरुलाई क्रियाशिल गर्नको लागी पालिकाले बिभिन्न खेलकुदको आयोजना गरिने पनि बताउनु भयो ।
हिजाबाट सुरु भएको गाउँपालिकामा अन्तर बिद्यालय पालिका स्तरीय अखिल कप २०७९ भलिबल प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको अनेरास्ववियु(क्रान्तिकारी) मरिण गाउँ कमिटी अध्यक्ष सुमन रानाले बताउनु भयो ।
हिजो नै ३ वटा खेल समापन भएको छ । उद्घाटन खेलमा कुशेश्वर माबि नक्कली र अखिल क्रान्किारी मरिण गाउँ कमिटी(आयोजक) टिम बिच भएको प्रतिष्पर्धामा आयोजक टिम २५÷१२ र २५÷१६ अन्तरले बिजयी भएको छ ।
त्यस्तै दास्रो खेलमा माबि ठुलिदमार आपचौर र माबि कपिलाकोट(बी) बिच भएको प्रतिष्पर्धामा ठुलिदमार २५÷२२ र २५÷१९ अन्तरले बिजयी भएको छ ।
माबि कपिलाकोट बिद्यालय(ए) र प्राकृतिक स्रोत ब्यबस्थापन कलेज मरिण बिच भएको प्रतिष्पर्धामा कपिलाकोट २५÷१६ र २५÷१८ अन्तरलले बिजयी भएको रानाले जानकारी दिनुभयो ।
प्रतियोगिताको बिजयी लाई १० हजार नगद,कप मेडल र प्रमाणपत्र र उपबिजेतालाई ५ हजार नगद,कप मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजककले जानकारी दिएको छ ।
प्रतियोगिताको फाइनल खेल आजै हुने जनाइएको छ ।