हेटौंडामा साहित्यकार तुलसी थापा सम्मानित

सेयेर गर्नुहोस्

 989 

हेटौंडा/ बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई शनिबार नगदसहित सम्मान गरेको छ। समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको हो।

थापाले मकवानपुर जिल्लामा रही लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष आरसी रिजालले जानकारी दिए।

थापालाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान र विशिष्ट अतिथि व्यंग्यकार एवं एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले दोसल्ला ओढाएर सम्मान गरेका थिए।

उक्त अवसरमा भक्तपुरका साहित्यकार कविराज घिमिरेको ‘बुढ्यौली’ खण्डकाव्यसमेत विमोचन गरिएको थियो। सो अवसरमा बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार तुलसी थापाको नाममा दुई लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेको छ। कोषबाट प्राप्त हुने ब्याज रकमले प्रत्येक वर्ष मकवानपुरमा रही साहित्य क्षेत्रमा कलम चलाउने एक साहित्यकारलाई सम्मान गरिने समाजका अध्यक्ष रिजालले बताए। नयाँ पत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *