स्थानीय

सिन्धुली अस्पतालद्धारा कोभिड १९ को नयाँ भरियण्ट नियन्त्रणको लागी सरोकारवाला सँग छलफल

सिन्धुली अस्पतालद्धारा कोभिड १९ को नयाँ भरियण्ट नियन्त्रणको लागी सरोकारवाला सँग छलफल

समाज, स्थानीय
सिन्धुली,१५ पौष । जिल्ला अस्पताल सिन्धुलीले बिश्वभर फैलिएको माहामारी कोभिड १९ को नयाँ भेरियनट बिएफ ७ को संक्रमण छिमेकि राष्ट्रहरुमा दिनानुदि बढ्दै गएकाले जिल्लामा संक्रमणलाई नियन्त्रणको लागी सरोकारवाला सँग छलफल गरेको छ । कोभिडको संक्रमण जिल्लामा हुन नदिनको लागी बिहिबार जिल्ला अस्पताल सिन्धुलीका अध्यक्ष सतिसचन्द्र ढकाल, अस्पतालका मेडिकल सुपरिटेण्डेन उमेश प्रधान,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिन्धुलीका राजन पोखरेल लगायत जिल्लाका बिभिन्न संघसस्था एवम् सरोकारवालाहरु तथा सँग छलफल गरेको हो । नेपालमा उक्त नयाँ भेरियन्ट हाल देखा नपरेपनि बिगतको समयमा झै महामारी तथा प्रकोपजन्य रोगहरु देखा पर्न सक्ने अबस्थामा सिन्धुली अस्पतालमा गठित आरआरटि ले बिभिन्न प्राथमिक स्वास्थ्य केन्द्रहरुमा गई सचेतनामुलक कार्यक्रमहरु सन्चालन गरेर सिन्धुलीमा नयाँ भेरियन्ट लाई रोक्ने बिषयमा छलफल गरिएको थियो । सिन्ध...
सिन्धुलीमा एक वर्षमा १९ बालिका बालात्कृत

सिन्धुलीमा एक वर्षमा १९ बालिका बालात्कृत

Breaking 3, समाचार, समाज, स्थानीय
सिन्धुली । सिन्धुुलीमा पछिल्लो एक वर्षमा १९ बालिका कलात्कृत भएका छन । एक तथ्यांक अनुसार सन् २०२२ मा जिल्लामा बलत्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएका छन । ति मध्ये १९ जना बालिकाहरु बलात्कृत भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘मानव अधिकार वर्ष पुस्तक–२०२३’ प्रकाशन पूर्व समिक्षा कार्यक्रममा जनाइएको छ । इन्सेकका सिन्धुली प्रतिनिधि नविनबाबु अधिकारीका अनुसार जिल्लामा एक वर्षमा बालिका बलत्कार १९, महिला बलत्कार १२, बाल यौन दुव्र्यबहार २, बलत्कार प्रयास ९ र बाल बिबाह बलत्कारका १ वटा घटना घटेका छन । ति मध्ये सबै भन्दाबढी तिनपाटन गाउँपालिकाका बालिका बलत्कारमा परेका छन । यस्तै दुधौली नगरपालिकामा ५, कमलामाई नगरपालिकामा ३, गोलन्जोरमा २ र फिक्कल, सुनुकोशी र मरिणमा एक÷एक जना बालिकामाथी बलत्कार भएको छ । बालिका बलत्कारका घटनामा राज्य पक्षबाट एकजना र गैर र...
चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग

चिसोले कठ्याङ्ग्रीएका बालबालिकाहरुलाई भगवतीको सहयोग

Breaking 1, अर्थ/बाणिज्य, शिक्षा, समाचार, समाज, स्थानीय
फिक्कल (सिन्धुली) । पौषको चिसोले कठ्याङ्ग्रीएका सिन्धुलीको फिक्कल गाउँपालिका १ काउलेडाँडाका एक सय ५५ जना बालबालिकाहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको छ । कमलामाई नगरपालिका ६ सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी माविले जिल्लाको दुर्गम क्षेत्र काउले डाँडाका विपन्न तथा दलित बालबालिकाहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग प्रदान गरेको हो । भगवती अंग्रेजी मावि र सो अन्तरगतको भगवती बाल क्लवको संयोजनमा फिक्कल गाउँपालिका १ काउलेडाँडा स्थित आधारभुत विद्यालयका १ सय ५५ जना बालबालिकाहरुलाई उक्त सहयोग प्रदान गरिएको हो । चिसो मौषममा न्यानो कपडा अभाव हुँदा विद्यार्थीहरु अध्ययनका लागि विद्यालय आउन छाडेको खबर थाहापाएपछि आधारभुत विद्यालयमै पुगेर १ सय ५५ जना विपन्न, दलित तथा जनजाती छात्र तथा छात्राहरुलाई ट्याक्सुट, कपी, पेन्सील लगायतका शैक्षिक सामाग्री प्रदान गरेको भगवती माविका अध्...
निर्वाचन पछि तीनै तहको सरकार गठबन्धनकोः श्याम घिमिरे

निर्वाचन पछि तीनै तहको सरकार गठबन्धनकोः श्याम घिमिरे

राजनीति, स्थानीय
कात्तिक ४, सिन्धुली/नेपाली काँग्रेसको केन्द्रिय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनको प्रतिनिधि सभा क्षेत्र नं. १ का साझा उम्मेद्वार श्याम घिमिरेले निर्वाचन पछि तीन तहको सरकार नै गठबन्धनको हुने वताउनुभयो । शुक्रवार(आज) दुधौलीमा आयोजित चुनावी भेटघाट कार्यक्रममा घिमिरेले बाम लोकतान्त्रिक गठबन्धनले स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार निर्माण गरिसकेको र आसन्न मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पनि प्रदेश र संघीय सरकार गठबन्धनको नै बन्ने बताउनुभयो । कार्यक्रममा नेता घिमिरेले बाम लोकतान्त्रिक गठबन्धनको पाँच बर्ष स्थायि सरकार बन्नेर देशमा राजनीतिक स्थायित्व र दिगो विकास हुने वताउनु भयो । कार्यक्रममा नेता घिमिरेले जनताले संघर्ष गरेर संविधान सभा मार्फत बनेको संविधान रक्षा गर्न अग्रगामी पक्षहरुको गठबन्धन भएर अघि बढेकोले प्रतिगामीहरुको अन्त्य नभए सम्म गठबन्धन नटुट्ने वताउनुभयो ।...
सिन्धुलीको प्रदेश सभा २(२) मा भारी मत सहित श्रेष्ठ विजयी

सिन्धुलीको प्रदेश सभा २(२) मा भारी मत सहित श्रेष्ठ विजयी

राजनीति, स्थानीय
मंसिर ६, सिन्धुली/प्रदेश सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २(२) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी हुनु भएको छ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना सोमवारबाट मतगणना सुरु भएको थियो । श्रेष्ठले १३ हजार १ मत सहित विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी नकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठले ३ हजार २ सय १२ मतले एमालेका पौडेललाई जित्नु भएको हो । यस प्रदेशमा ४४ हजार ७ सय १० मतदाता रहेकोमा २४ हजार ५ सय ५४ मत खसेको थियो । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को गंगानारायण श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो । यस प्रदेश अन्तर्गत हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिका पर्दछ । श्रेष्ठले हरिहरपुरगढी गाउँपालिकाबाट ५ हजार १२ मत प्राप्त गर्नु भएको थियो भने मरिण गाउँपालिकाबाट ५ हजार ६ सय ३ मत प्राप्त गर्नुभएक...
उद्योग दिवसको अबसरमा स्थानीय उत्पादनको प्रदर्शनी

उद्योग दिवसको अबसरमा स्थानीय उत्पादनको प्रदर्शनी

स्थानीय
मंसिर ९, सिन्धुली/सिन्धुलीमा आठौं उद्योग दिवसको अबसरमा स्थानीय उत्पादनको प्रदर्शनी गरिइएको छ । घरेलु तथा साना उद्योग सिन्धुलीको आयोजनामा उद्योग दिवसको अवसरमा सिन्धुलीमा स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो । “औद्योगिक लगानी र पुर्वाधारः समृद्धिको बलियो आधार भन्ने नारा सहित घरेलु तथा साना उद्योग कार्यलय सिन्धुलीले स्थानीय उत्पादनको प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो । प्रदर्शनीमा जिल्लाका उद्यमी उत्पादन गरेका सामाग्रीहरु राखीएको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले उद्यमीहरुले उत्पादन गरेका कुराहरुलाई बिक्री वितरण गर्नको लागि जिल्ला समन्वय समितिलीले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । त्यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले जिल्लाको उत्पादनलाई प्रोत्साहन गरेर बेरोजगारी हटाउन र रा...
हेटौंडाकी विन्दवासीनीको आक्रोस, तेजाप छ्याप्नेलाई पत्रकार सम्मेलनमै झम्टीइन(भिडियो सहित)

हेटौंडाकी विन्दवासीनीको आक्रोस, तेजाप छ्याप्नेलाई पत्रकार सम्मेलनमै झम्टीइन(भिडियो सहित)

स्थानीय
हेटौंडा । हेटौंडामा साढे ६ वर्ष अगाडी एसीड प्रहार गरेर फरार रहेका भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने राज भन्ने दिलीप राज केशरीलाई आज प्रहरीले पक्राउ गरेर हेटौंडामा सार्वजनिक गरेको छ । एसीड प्रहार गरेर फरार रहेका केशरीलाई आज मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गर्दा विन्दवासीनी कंशाकारले रिस थाम्न सक्नु भएन । पत्रकार सम्मेलन गर्दै गर्दा एक्कासी दिलीपलाई पिट्न लाग्दा प्रहरीले कंशाकारलाई रोकेको थियो । तर, पनि दिलीपलाई पत्रकारकै सामु पटक पटक झम्टेर पिट्न लाग्दा उहाँका आफन्तहरुले पनि रोकेका थिए । साढे ६ वर्ष अगाढी हेटौंडाको मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रहरीको सहयोगमा अभियुक्तलाई साढे ६ वर्ष पछी पक्राउ गर्न सफल भएको हो । २०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसीड प्रहार गरी भारतमा लुकेर वसेका द...
हेटौंडामा साहित्यकार तुलसी थापा सम्मानित

हेटौंडामा साहित्यकार तुलसी थापा सम्मानित

ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौंडा/ बुढ्यौली साहित्य समाज मकवानपुरले वरिष्ठ साहित्यकार तुलसी थापालाई शनिबार नगदसहित सम्मान गरेको छ। समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई नगद २ लाख रुपैयाँसहित सम्मान गरिएको हो। थापाले मकवानपुर जिल्लामा रही लामो समयदेखि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष आरसी रिजालले जानकारी दिए। थापालाई कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान र विशिष्ट अतिथि व्यंग्यकार एवं एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ले दोसल्ला ओढाएर सम्मान गरेका थिए। उक्त अवसरमा भक्तपुरका साहित्यकार कविराज घिमिरेको ‘बुढ्यौली’ खण्डकाव्यसमेत विमोचन गरिएको थियो। सो अवसरमा बुढ्यौली साहित्य समाज मकवानपुरले साहित्यकार तुलसी थापाको नाममा दुई लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेको छ...