
विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक छ : उप्रेती
सिन्धुली । सिन्धुलीमा दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताहा २०७९ सुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोएिसन नेपाल (नेश्नल प्याब्सन) सिन्धुलीको आयोजनामा शनिबारबाट खेलकुद सप्ताहा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन नेश्नल प्याब्सनका केन्द्रीय सचिव कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा गरिएको नेश्नल प्याब्सन सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमाढी स्थित खुल्लामन्चमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी उप्रेतीले खेलकुद अतिरिक्त कृयाकलापका लागि मात्र नभएर स्वास्थ्य र विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, स्वस्थ जिवन र मस्तिस्कले मात्र गुणस्तरिय शैक्षिक सिकाइ हाँसिल गर्न सकिन्छ ।
समग्र शैक्षिक उपलब्धीका लागि खेलकुदका विभिन्न माध्यमबाट विद्यार्थीहरुलाई अनुशासित, लगनशिल, मेहनती र प्रतिस्पर्धी बनाउन उत्प्रेरित गर्दछ ।...