स्थानीय सरकारको भूमिकाको बारेमा जनप्रतिनिधि, कर्मचारी र विद्यार्थीहरुसँग छलफल

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०२ भाद्र ।
सिन्धुलीको घ्याङ्लेख गाँउपालिकाले सामाजिक विषय अन्तर्गत गाउँपालिका र गाँउपालिका कार्यालयबाट प्रवाह हुने सेवा सुविधा सम्बन्धी विद्यार्थीहरुसंग अन्तरक्रिया गरेको छ ।
घ्याङ्लेख गाँउपालिका वडा नम्बर २ स्थित माध्यमिक विद्यालय मरिण हायुटारमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुलाई गाँउपालिकाको अध्ययन तथा अवलोकनको बारेमा गाँउपालिकाका अध्यक्ष जगत बहादुर भोलन, उपाध्यक्ष शंकरमान घलान र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जानकारी गराउनुभएको हो ।


विद्यार्थीहरुले आफ्नो पढाई संगसँगै स्थानीय सरकारको बारेमा स्पष्ट जानकारी लिनुपर्ने र जनप्रतिनिधि तथा कर्मचारीहरुले पनी जानकारी दिनुपर्ने भएकाले यो कार्य गरिएको उपाध्यक्ष घलानले बताउनुभयो ।
यस्तै, यस स्थानीय तहमा के–के कार्य हुन्छ, स्थानीय नागरिकले के कस्ता सेवा सुविधा पाउने गरेको छ भन्ने विद्यार्थीहरुको प्रश्न तथा जिज्ञासाको स्पष्ट रुपमा जवाफ दिदै जानकारी गराईएको उहाँले बताउनुभयो ।
स्थानीय सरकारको भूमिकाको बारेमा स्थानीय पाठ्यक्रम तयार पारेर अध्ययन गरिए पनि प्रयोगात्मक रुपमा अध्ययन नहुँदा ति ज्ञान किताबमा मात्रै सिमित हुने होकी भन्ने भएकाले पनि प्रयोगात्मक अध्ययन गरिएको उपाध्यक्ष घलानको भनाई रहेको छ ।


आज पहिलो दिन माध्यमिक विद्यालय मरिण हायुटारमा कक्षा ६ मा अध्ययनरत ५७ जना विद्यार्थीहरुलाई प्रयोगात्मक अध्ययन गराईएको थियो । बाँकी कक्षाका विद्यार्थीहरुलाई पनि यस विषयको अध्ययन गराईने घ्याङ्लेख गाँउपालिकाले जनाएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.