ब्यबसायिक पशुपलान गर्दैँ हरिहरपुरगढी गाउँपालिका पूर्ब उपाध्यक्ष राई

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, २ भाद्र ।
सिन्धुलीको हरिहरपुरगढि गाउँपालिकाकी पुर्ब उपाध्यक्ष अनिता राई यतिबेला गाईको स्याहारसुसार र खेतीपातीमा बेस्त हुनुहुन्छ । उहाँको दैनिकी बिहान उठेर गाईलाई दानापानि गर्ने,खेतमा लगाइएको बालीको स्याहार गर्नेमा ब्यतित हुने गरेको बताउनुहुन्छ ।
स्थानियतहको पहिलो निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्रबाट हरिहरपुरगढि गाउँपालिकाको उपाध्यक्ष पदको टिकट पाएर जित्नुभएको थियो । ५ बर्षको कार्यकाल पछि अहिले अनिता राई फेरि कृषि कर्ममै फर्किनुभएको हो ।
हरिहरपुरगढि गाउँपालिकाका उपाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले राईले १८ बर्ष देखि गर्दैैआउनु भएको महिला बिकास कार्यालयको कामबाट राजिनामा दिनुभएको थियो ।
ब्यबसायियक रुपमा नभएपनि जिविकोपार्जनको लागी गाई पालेको राई बताउनुहुन्छ । अहिले उहाँले दैनिक २ वटा गाई बाट १८ लिटर दुध बिक्रि गर्नुहुन्छ । यसरी उहाँले दुध बेचेरै मासिक न्युनतम ३५ हजार आर्थिक आम्दानी लिने गरको राई सुनाउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ“ मेरो ६ बिघाहा जमिन छ । अहिले गाई पनि पालेको छु । गाईलाई दाना पानी गरेपछि म खेतमा नै ब्यस्त हुन्छु । खेतमा समय अनुसार बाली लगाएको छु ।”
‘पार्टीको जिम्मेवारीबाट टाढा भएको होइन तर परिवार धान्ने मुल खम्बानै आफु भएकाले पार्टीको जिम्मेवारीसँगसगै कृषि कर्म पनि गरिरहेकी छु,’ उहाँले थप्नु भयो ।
हिजो गाउँपालिका उपाध्यक्ष हुदा बखत होस वा पार्टीको जिम्मेवारीमा हुँदा होस राईले हरिहरपुरगढि गाउँपालिकाको समुन्नत बिकासको लागी साथ र सहयोग गरिहने बताउनु भयो ।
राई भन्न्ुहुन्छ“महिला बिकासको सामाजिक परिचालकको रुपमा काम गरेको १८ बर्षको मलाई अनुभव पनि थियो । कति अधिारका कुराहरु त्यो समयमा आफ्नो हातमा थिएन । जब म पालिका उपाध्यक्ष बने पिडित महिला जो दिनहुँ हिँसा सहेर बस्न बाध्य भएका हुन्छन् त्यस्ता हिँसामा परेका सयौँ महिलालाई मैले न्याय दिलाए । बाल हिँसामा, यौन हिँसामा परेकाहरुका लागी मैले सकेसम्म न्याय दिलाए ।”
‘हरिहरपुरगढी गाउँपालिका जिल्लाको बिकट पालिका मध्यको एउटा पालिका हो । स्थानियतहको पहिलो निर्वाचन पश्चात गाउँपालिकाको कार्यलय समेत भाँडामा चलाइएको थियो त्यो भन्दा पनि ठुलो समस्या तीन तहको सरकार राज्यले कार्यान्वायन ग¥यो तर कर्मचारी भने अभाव थियो,’राई थप्नुहुन्छ ।
त्यो अबस्थाबाट गुज्रिएर पनि हरिहरपुरगढि गाउँपालिका बिकास हुन बाट वन्चित भएन निरन्तररुपमा शिक्षा, स्वास्थ्य, खेलखुद, खानेपानि, सडक निर्माण जस्ता कार्यमा खटेर काम गरीएको उहाँले बताउनु भयो ।
तर गाउँपालिकाको उपाध्यक्षको अबधि सकिएपछि कृषि पेशामा लागेर आयआर्जन गर्न लागेको राई सुनाउनु हुन्छ । राजनिति सँगै कृषिबाट आम्दानी लिदा राजनिती गर्न पनि सहज भएको भन्दै उहाँले राजनिति सँगसगै आयआर्जमा पनि जोडिन आवश्यक रहेको ताउनु भयो ।
‘राजनितिक गर्नेको लागी वैकल्पीक आयश्रोत हुनु आफ्नै लागि राम्रो हो । यसले राजनितिगर्नेका लागि पनि थप सहयोग पु¥याउछ,’ उहाँले भन्नुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.