२८ औँ तामाङ प्रसारण दिवस सिन्धुलीमा गुम्बामा दिप प्रज्वलन गरि मनाइयो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली,१ भाद्र ।
२८ औँ तामाङ प्रसारण दिवस सिन्धुलीमा गुम्बामा दिप प्रज्वलन गरि मनाइएको छ । नेपाल तामाङ पत्रकार संघ सिन्धुलीको आयोजनामा कर्मा उर्गेन छ्योलिङ गुम्बा बुद्धनगरमा दिप प्रज्वलन गरि मनाइएको हो ।


कर्मा उर्गेन छ्योलिङ गुम्बाका अध्यक्ष धन बहादुर घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष राम बहादुर थिङ,वडा सदस्य अजय दोङ,नेपाल पत्रकार महासंघ सिन्धुलीका सहसचिव ध्रुबचन्द्र खड्का,नेपाल रेडक्रस सोसाइटि वडा नम्बर सात का सभापति धन कुमारी तामाङ, कर्मा उर्गेन छ्योलिङ गुम्बाका सल्लाहाकार छत्र बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो ।

तामाङ समुदायबाट पत्रकारिता गर्दै आएका पत्रकारहरु र तामाङ सञ्चारमाध्यममा आबद्धहरुले रेडियो नेपालबाट २०५१ भदौ १ गते अपराह्न ४ बजेपछि ५ मिनेट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउने गरिएको तामाङ पत्रकार संघ सिन्धुलीकी अध्यक्ष संगिता डिम्दोङले जानकारी दिनुभयो ।


कार्यक्रम लाई सम्बोधन गर्नुहुँदै कमलामाई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङले लोकतन्त्र गणतन्त्र नेपालमा स्थापना नभएको भए २८ औँ तामाङ प्रसारण दिवस मनाउन सम्भव नभएको बताउँदै प्रजातन्त्रमा सम्पुर्ण जातजातीलाई संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

तामाङ भाषा र संस्कृतीको संरक्षण गर्न, इतिहास रच्नको लागी नेपाल तामाङ घेदुङले संघर्स गरेर,आन्दोलन गरेर ठुलो योगदानका साथ संघ,संगठन स्थापना गरिुएको उहाँले बताउनु भयो ।
तामाङहरुको पर्खोैली धर्म संस्कृती आज लोप हुने अबस्था छ । सो अबस्थामा तामाङहरुको पर्खोैली धर्म संस्कृती लाई जगेर्ना गर्नेको निमित्त तामााङ पत्रकार संघले आयोजना गरेको कार्यक्रम प्रति उहाँले आभार ब्यक्त गर्नुहुदै उहाँले धर्म संस्कृती जगेर्ना गर्ने सदैब साथ र सहयोग गर्ने बताउनु भयो ।


कमलामाई नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष राम बहादुर थिङले समुदायमा भएको बिकास र परिवर्तनले गर्दा तामाङहरुको धर्म र संस्कृती हुने अबस्थामा पुगेको बताउनु भयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.