फोनिज सिन्धुलीको २३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ३१ स्रावन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फोनिजले आज आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा सिन्धुलीको दुधौली नगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीका अध्यक्ष रोहित गुरुङले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम दुधौली नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा सिन्धुलीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।


रक्तदान कार्यक्रममा १७ जनाले रक्त दान गर्नुभएको थियो भने वागमती प्रदेश सभा सदस्य लेखनाथ दाहाल (राजन) ले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेशसभा सदस्य दाहालले रक्तदान गर्नु जीवन दान गर्नु सरह हुने भन्दै नागरिकलाई सूचना प्रवाह गर्दै सुसूचित गराउँदै आएको पत्रकारहरूको संस्था फोनिजले रक्तदान कार्यक्रम गरेर उदाहरणीय सामाजिक कार्य गरेको बताउनुभयो ।
उहाँले पत्रकारले सत्यको जगमा उभिएर नागरिकलाई हरेक सूचनाबाट सुसूचित गराउन दृढ भएर लाग्नु पर्ने बताउनुभयो । साथै, उहाँले स्थापना दिवसको शुभकामना दिनुहुँदै सञ्चारको विभिन्न माध्यमबाट नागरिकको चेतनाको अभिवृद्धि गराउन अनवरत रूपमा लाग्न समेत फोनिज सिन्धुलीलाई आग्रह गर्नु भयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दाहालसँगै दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी, वडा नम्बर १० का कुमार शर्मा, रेडक्रस सिन्धुलीका मन्त्री लाल बहादुर कार्की, पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष सरला सुनुवार, सहसचिव ध्रुवचन्द्र खड्का, फोनिज सिन्धुलीका पूर्व–अध्यक्ष नविन श्रेष्ठ, जिल्लाका सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.