शिक्षा राज्यमन्त्री यादवद्धारा सिन्धुली बहुमुखी क्याम्पसको पाँचौँ साधारणसभाको उद्घाटन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली,२८ श्रावण
सिन्धुली बहुमुखी क्याम्पसको पाँचौँ साधारणसभाको उद्घाटन शिक्षा राज्यमन्त्री बोधमाया यादवले गर्नुभएको छ । आज एक औपचारीक कार्यक्रमका बिच शिक्षा राज्यमन्त्री यादवले सिन्धुली बहुमुखी क्याम्पसको पाँचौँ साधारणसभाको उद्घाटन गर्नुभएको हो ।
साधारणसभाको उद्घाटन समारोह लाई सम्बोधन गर्नुहुँदै शिक्षा राज्यमन्त्री यादवले सिन्धुली बहुमुखी क्याम्पस आंगिक क्याम्पस बन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो “ सिन्धुली बहुमुखी क्याम्पस लाखौँलाई शिक्षा बाट बन्चित हुन बाट रोक्ने क्याम्पस हो । सिन्धुली बहुमुखी क्याम्पसको आफ्नै ऐतिहासिक महत्व छ । जसका लागी पुर्बकृषी मन्त्री तथा सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन सममितीका अध्यक्ष गजुरेलले पटक पटक यस बिषयमा आजाव उठाउनु भएको छ । म आफै पनि यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउनका लागी जोड दिइरहेकाले सिन्धुली बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने प्रतिबद्धता गर्दछु ।”


त्यस्तै उहाँले शिक्षा राज्यमन्त्री भएकै कारण धेरै अधिकारबाट आफु वन्चित रहेको बताउनु भयो । शिक्षामन्त्री नभएकै कारण धेरै अधिकारमा हात बाधिएको यादवले गुनासो गर्नुभयो ।
२०४१ सालमा स्थापना भएको सिन्धुली बहुमुखी क्याम्पसको अनुगमन गर्दा ब्यबस्थापकीय पक्ष बाट सन्तुष्टी पाएको भन्दै शिक्षा राज्यमन्त्री यादवले खुसी ब्यक्तगर्नु भयो । उहाँले भन्न्ुभयो “मैले बिभिन्न बिद्यालय र क्याम्पसहरुको अनुगमन गरे । तर बहुमुखी क्याम्पसको निर्माण भइसकेका र निर्माणधिन रहेका संरचनाहरु देखेर खुसि लाग्यो । यसका लागी अमुल्य योगदान गर्नुहुने क्याम्पस ब्यबस्थापन समीती र प्रधानअध्यापकहरुलाई धन्यवाद दिन चाहान्छु”
त्यस्तै उहाँले भवनको संरचना जस्तै शिक्षा पनि गुणस्तरीय प्रदान गरी दक्ष जनशक्तिm उत्पादन गर्ने आबश्यक रहेको बताउनुभयो ।
त्यस्तै मन्त्री यादवले सिन्धुली जिल्ला भुकम्प प्रभावित जिल्ला भएकाले जिल्लाका ५० वटा बिद्यालयमा आइसिटि प्रदान गरेको दाबि गर्नुहुदै शिक्षा राज्यमन्त्रिले गन्ती गरेर बजेट दिन नसक्ने बताउनु भयो ।


पुर्बकृषी मन्त्री तथा सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन सममितीका अध्यक्ष हरीेबोल गजुरेलको अध्यक्षता तथा शिक्षा राज्यमन्त्री बोधमाया यादवको प्रमुख आतिथ्यतामा पाँचौँ साधारणसभा सम्पन्न भएको हो ।
पाँचौँ साधारणसभा लाई सम्बोधन गर्नुहँुदै पुर्बकृषी मन्त्री तथा सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन सममितीका अध्यक्ष हरीेबोल गजुरेलले सिन्धुली बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने,बीबीए अध्ययन सुचारु र जमिनको ब्यबस्थापन गर्नेको लागीे आफु क्याम्पसको अध्यक्ष बनेको बताउनु भयो ।

त्यस्तै गजुरेलले राजनिती प्रतिको झुकावले शिक्षाको प्रणाली नै बिग्रिएकाले यसको सुधार गर्नुपर्ने पनि बताउनु भयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.