२०७८÷७९ को कार्यसम्पादान सम्झौता मुल्याङ्कनमा सिन्धुलीले ८०—९० अङ्क प्राप्त ग¥यो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २६,श्रावण
२०७८÷७९ मा भएको कार्यसम्पादान सम्झौताको मुल्याङ्कन अनुरुप सिन्धुली जिल्लाले ८०—९० अङ्कको बिचमा अङ्क प्राप्त गरेको छ । मुल्याङ्कन समितीले सार्बजनिक गरको मुल्याङ्कन प्रतिवेदन अनुसार ६ वटा बिषयगत क्षेत्रहरुमा ६८ वटा परिसुचकहरुमध्ये सिन्धुली जिल्लाले ८०—९० अङ्कको बिचमा अङ्क प्राप्त गरेको हो ।
गृह मन्त्रालयका सचिव र प्रत्यक जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच बार्षिक रुपमा जिल्ला प्रसासन कार्यलयले केके सेवा दिने कसरी दिने भन्ने कार्यसम्पदान सम्झौता गरिने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो ।
सोहि अनुसार ८०—९० अङ्कको बिचमा अङ्क प्राप्त गर्ने नेपालका २९ जिल्लामध्य सिन्धुली जिल्ला पनि सोहि अन्र्तगतनै परेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा प्रजिअको मुल्यांकन गर्ने गरिन्छ ।
चालु आर्थिक बर्षेको लागी कार्यसम्पादान परिसुचकहरु बस्तुनिष्ठ बनाइएको छ भने बार्षिक मुल्याङ्कनको पद्धती त्रैमासिक अवधि अलग–अलग गरिएको छ । त्यस्तै बार्षिक मुल्याङ्कन समेत गर्ने गरी प्रणलीको विकास गरिएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.