सिन्धुलीमा २८ औँ विश्व आदिवासी दिवस एक आपसमा शुभकामना आदान–प्रदान गरेर मनाईयो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, २४ स्रावन ।
आज २८ औँ विश्व आदिवासी दिवस सिन्धुलीमा पनि आदिवासी जनजातीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेर मनाएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कर्ण बहादुर घिसिङको प्रमुख आथित्यता, नेपाल माझि उत्थान संघका अध्यक्ष तथा कमलामाई नगरपालिकाका सामाजिक शाखा प्रमुख बविन्द्रलाल माझिको विशिष्ट आथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाती आन्दोलन, जाती, भाषा, धर्म र संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण भन्ने मुल नाराको साथमा कमलामाई नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका ७ बर्देउटार स्थित आदिवासी जनजाती संग्रहालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


सिन्धुली जिल्लामा रहेका तामाङ, मगर, नेवार, हायु, सुनुवार, दनुवार, माझी, थामी, भुजेल र गुरुङ गरी १० जनजातीहरुको छुट्टा छुट्टै कक्ष रहनेगरि निर्माण गरिएको संग्रहालयको २०७८ साल चैत्र २६ गते उद्घाटन गरिएको थियो ।

कार्यक्रममा २८ औँ विश्व आदिवासी दिवसको शुभकामना दिनुहुँदै प्रमुख अतिथि तथा वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर घिसिङले सबै आदिवासी जनजाती एक जुट भएर लागि पर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले आदिवासी जनजातीको दिवसको दिन सार्वजनिक विदा पाउनुपर्ने कुरा प्रस्ट्याउनुभयो । जनजातीहरुले आफ्नो पर्व तथा दिवस मनाउन विदा माग गर्ने र नियम बद्ध ढंगमा आफ्ना कुराहरु तथा माग हरु लिएर सम्बन्धित निकायमा लिखित दवाव दिनुपर्ने उहाँले बताउनुभयो । प्रयास गरे सबै कुरा सम्भव हुने भन्दै ऐन कानुनमा समावेश भएका हक अधिकार पनि जनजातीहरुले खोजी नगर्दा अरुले नै खाइरहेकाले अब सबै जना आफ्नो अधिकार लिन अग्रसर हुन आग्रह गर्नुभयो ।
यस्तै, आदिवासी जनजातीहरुले आफ्नो पर्व तथा दिवस मनाउन विदा पाउनुपर्ने कुरामा आफ्नो तर्फबाट सकेको सहयोग र पहल गर्ने वडा अध्यक्ष घिसिङले प्रतिवद्धता समेत जनाउनुभएको छ ।
आफ्नो जातिय पर्व तथा दिवसको दिन विदा पाउनुपर्नेमा विदा नपाएको आदिवासी जनजातीहरुको गुनासो रहेको छ । यस विषयमा कमलामाई नगरपालिकाका जनप्रतिनिधिहरुले विषेश ध्यान दिनुपर्ने उहाँहरुको भनाई रहेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.