सिन्धुली
मरिण गाउँपालिकाले श्री माध्यमिक विद्यालय खयरशाललाई स्कुल बस हस्तानतरण गरेको छ । आज गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात)ले आज एक औपचारीक कार्यक्रमका बिच ४ नम्बर वडाका अध्यक्ष जीत बहादुर काल्तान र श्री माध्यमिक विद्यालय खयरशालका प्रधानाध्यापक राम बहादुर थापालाई स्कुल बसको चावी हस्तानतरण गरेका हुन् ।
मरिण गाउँपालिकाको २६ लाख ४२ हजार लागतमा स्कुल बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । मरिण गाउँपालिकाले मावि खयरसाललाई मरिण गाउँपालिकाकै पहिलो आवासीय बिद्यालय संचालनका लागी आर्थिक बर्ष २०७९,८० मा ५ लाख बजेट बिनियोजन गरिएको छ ।
विद्यालय आवात जावतमा बिद्यार्थीहरुलाई असहज भएकाले स्कुल बसको ब्यबस्था गरिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला माझिले बताउनु भयो ।
मावि खयरसालमा ४ नम्बर वडाकै दुर्गम क्षेत्र त्यस्तै वडा नम्बर ३,५ लगायतका वडाबाट बिद्यार्थीहरु अध्ययनका लागी आउने गरेको प्रध्यानध्यापक थापाले बताउनु भयो ।
मरिण गाउँपालिकाले पहिलो पटक सामुदायिक बिद्यालयलाई स्कुल बसको ब्यबस्था गरेको हो ।