कमलामाई नगरपालिका १२ मा आगलागि हुँदा दुई घर जलेर नष्ट

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, १० स्रावन ।
कमलामाई नगरपालिका वडा नम्बर १२ मा आगलागि हुँदा दुई घर जलेर नष्ट भएको छ । सोमबार दिउँसो १ः४० बजेको समयमा घरमा आगलागि भएको कमलामाई नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर गुर्मछानले जानकारी दिनुभयो ।
आगलागिबाट वडा नम्बर १२ सरस्वती डाँडाटोलका स्थानीय रुद्र बहादुर थापाको एक घर र गोठ त्यस्तै अर्का स्थानीय टेक बहादुर थापाको एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । साउनको महिना खेतीपातीको समय भएकाले दिउँसो बच्चाहरुलाई मात्र घरमा छाडेर बाबुआमा मेलापातमा गएको समयमा बालबच्चाको कारण आगलागि भएको हुनसक्ने अनुमान गरिएको वडा अध्यक्ष भिम बहादुर गुर्मछानले बताउनुभयो ।
रुद्र बहादुर थापाको ढुंगामाटोले बनेको ढुंगाको छाना भएको घरमा आगलागि हुँदा घरमा भएका लालपुर्जा र नागरिकता बाहेक सम्पूर्ण सामान जलेर नष्ट भएको छ । यस्तै टेक बहादुर थापाको ढुंगामाटोले बनेको जस्ताको छाना भएको घरमा आगलागि हुँदा घरमा भएका सम्पुर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागिमा परि रुद्र बहादुर थापा र टेक बहादुर थापाको घरमा भएका लत्ताकपडा, अन्नपात, गरगहना र नगद पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ६० लाख बराबरको क्षति भएको वडा अध्यक्ष भिम बहादुर गुर्मछानले बताउनुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.