स्थानीय तहमा हुने अनियमितताको अन्त्य गर्नुपर्ने भन्दै विभिन्न संगठनद्धारा घ्याङ्लेख गाउँपालिकालाई ज्ञापनपत्र बुझायो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०५ स्रावन ।
स्थानीय तहमा भैरहेको अनियमितता र मनपरी गतिविधिलाई रोकथाम गर्नुपर्ने भन्दै घ्याङ्लेख गाउँपालिकाका स्थानीय युवाहरूको विभिन्न संगठनले गाउँपालिकामा ६ बुदे माग सहित ज्ञापनपत्र बुझाएको छ । आज घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष संकरमान घलान समक्ष उक्त ज्ञापनपत्र बुझाएको हो ।
घ्याङ्लेख गाउँपालिकाका वाइसीएल नेपाल, अखिल नेपाल खेलकुद महासंघ, अनेरास्ववियू (क्रान्तिकारी), प्रेस सेन्टर नेपाल, युवा महासंघ, अखिल महिला संगठन, अखिल क्रान्तिकारी, नेपाल तामाङ घेदुङ लगाएतका संस्थाले ज्ञापनपत्र बुझाएको हो ।
‘उपरोक्त सम्बन्धमा यस घ्याङलेख गाउँपालिकाले मिति २०७९÷०३÷२३ गते सार्वजनिक गरिएको सूचना अनुसार यस गाउँपालिकामा विभिन्न मितिमा करार (ज्यालादारी समेत) सम्झौता गरी कार्यरत रहेका कर्मचारीहरुको करार सम्झौता मिति २०७९ असार मसान्तसम्म रहेको र आ.व. २०७९ श्रावण १ गते पश्चात आवश्यकता र औचित्यताको आधारमा करार अवधि थप गर्ने सम्बन्धमा यस घ्याङलेख गाउँपालिकाको सूचना अनुसार उक्त सूचनालाई मध्यनजर गर्दै यस घ्याङलेख भित्र रहेका विभिन्न संघ संगठनमा आवद्ध भएका÷नभएका युवापंक्ति लगायत समस्त स्थानीय जनताहरुको ध्यानाकर्षण भएको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।


यस्तै, ‘यहि विषयलाई लिएर मिति २०७९ असार ३० गते स्थानीय युवाहरुको सक्रियतामा सामुहिक छलफल पश्चात एक संयुक्त विज्ञप्ति सार्वजनिक गरिएको कुरा सर्वविधित नै छ । यसै विषयलाई पूनःगम्भीरता पुर्वक छलफल गर्दा यस आ.व. २०७९ बाट यस घ्याङलेख गाउँपालिका अन्तर्गतका विभिन्न शाखा तथा वडाहरुमा करार सम्झौताका कर्मचारीहरुलाई देहाय बमोजिम नियुक्त गर्न गराउन भनी घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलान समक्ष सार्वजनिक गरिएको विज्ञप्ति सहित यो ज्ञापनपत्र पेस गर्दछौं ।
१. यस घ्याङ्लेख गाउँपालिकामा गएको ५ वर्षे कार्यकालमा राजनीतिक पहुँचको आधारमा बिना सूचना बिना प्रतिस्पर्धा नियुक्ति भएका र हालसम्म सोही तहमा कार्यरत करार अवधि समाप्त भएका सबै कर्मचारीहरुलाई निष्कासन गरी पूनःस्वच्छ खुल्ला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्नुपर्ने ।
२. कुनै एउटा तहको लागि भनेर नियुक्ति गरिएका कर्मचारीहरुलाई राजनीतिक पहुँच र माथिल्लो तहको कर्मचारीहरुको मिलेमतोमा बिना सूचना मनोमानी माथिल्लो कुनै तहमा नियुक्ति (कामकाजमा हेरफेर) गरिएका कर्मचारीहरूलाई पूनः प्रतिस्पर्धा नगराउने र नियुक्ति गर्न नमिल्ने गरी स्वतः खारेज गर्नुपर्ने ।
३. यो ज्ञापनपत्र पेस गरेको मिति पश्चात कुनैपनि रिक्त रहेको पदपूर्ति गर्नुपरेमा अनिवार्य रुपमा सूचना प्रकाशन गरेर स्वच्छ खुल्ला प्रतिस्पर्धा मार्फत प्रतिस्पर्धीको दक्षता, योग्यता, क्षमता र कार्य अनुभवको आधारमा अति आवश्यकता मात्रामा कर्मचारी नियुक्ति गर्नुपर्ने ।
४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा करार अवधि समाप्त भएका कर्मचारीहरुलाई कार्य सम्पादन, आवश्यकता र औचित्यताको आधारमा नियुक्ति गर्नुपर्ने ।
५. सरकारले प्रदान गरेको सेवा सुविधा बाहेक गत ५ वर्षे कार्यकालमा कार्यपालिकाले स्वीकृत गरेको कर्मचारीहरुको कोठाभाडा, स्थानीय भत्ता लगायत जस्ता अनावश्यक सेवा सुविधा तुरुन्तै खारेज गरी मनलागी उक्त सेवा सुविधा उपभोग गरेका कर्मचारीहरुलाई कारबाही स्वरुप हालसम्म उपभोग गरिएका कोठाभाडा र स्थानीय भत्ता फिर्ता गराउनुपर्ने ।
६. माथी उल्लेखित मागहरूलाई चाँडो भन्दा चाँडो सम्बोधन गरी यही मिति २०७९ सावन ९ गते हुन गईरहेको कार्यपालिकाको बैठक मार्फत यथाशीघ्र कार्यन्वयन गरी तत्काल कर्मचारी व्यवस्थापन गर्नुपर्ने लगाएतका माग ज्ञापनपत्रमा गरिएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.