आधुनिक इङ्गलिस बोर्डिङ हाई स्कूलमा राष्ट्रिय सेवा दल जुनियर एनसीसी तालिम सुरु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०१ स्रावन ।
नेपाली सेना अन्र्तगतको राष्ट्रिय सेवा दल जुनियर एनसीसी तालिम आधुनिक इङ्गलिस बोर्डिङ हाई स्कूलमा सुरु भएको छ । आज एक औपचारिक कार्यक्रमका बिच तालिम सुरु गरिएको हो ।

राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालय सि.सं. ४८ औं जुनियर डिभिजन एनसीसी तालिममा आधुनिक इङ्गलिस बोर्डिङ हाई स्कूलका कक्षा ८, ९ र १० का छात्रछात्रा गरि जम्मा ३६ जना विद्यार्थीहरुलाई सहभागि गराईएको प्रिन्सिपल भानुभक्त गुरुङले बताउनुभयो । यस्तै, राष्ट्रिय सेवा दल जुनियर एनसीसी तालिम विद्यार्थीहरुको लागि निकै नै प्रभावकारी हुने भएकाले यस तालिमका लागि छनौट भएका सम्पूर्ण विद्यार्थीलाई आफुहरु मिहनेतका साथ तालिममा लागि पर्न उहाँले आग्रह गर्नुभयो ।


यस्तै, विद्यार्थीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दै समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्बाह गर्न सकिने कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष उज्वल कुमार थापाले बताउनुभयो ।

राष्ट्रिय सेवा दल जुनियर एनसीसी तालिममा विभिन्न विधाका तालिम तथा अन्य मनोरञ्जनात्क क्रियाकलाप समेत गराईने वर्द बहादुर गणका निमित्त गणपति विकास आचार्यले बताउनुभएको छ ।

राष्ट्रिय सेवा दल मध्य पूर्वी तालिम शिक्षालयबाट विद्यालय र शिक्षालयमा गरि एक सय दिन तालिम दिइनेछ । नेपाली सेनाले आवश्यक पर्दा देशका लागि स्वयम्सेवकको रुपमा काम गर्न सक्ने गरि बर्षेनी विभिन्न विद्यालयका विद्यार्थीहरुलाई तालिम दिने गरेको वर्द बहादुर गणका निमित्त गणपति आचार्यले बताउनुभयो ।


तालिमले विद्यार्थीमा अनुशासित बनाउनुका साथै समाज र देशप्रति बफादार बन्न सिकाउने र समूहगत रुपमा कार्य गर्न सक्षम बनाउने निमित्त गणपति आचार्यले बताउनुभयो । साथै उहाँले तालिममा सहभागि सम्पूर्ण विद्यार्थीहरुलाई तालिम अवधिभर सक्रिय रुपमा लागि परेर तालिम सम्पन्न गर्न आग्रह गर्नुभयो ।


आधुनिक इङ्गलिस बोर्डिङ हाई स्कूलका प्रिन्सिपल भानुभक्त गुरुङको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याब्सन सिन्धु्लीका अध्यक्ष मनोज प्रधान, स्थानीय बुद्धिजीवी, समाजसेवी, विद्यालयका शिक्षक, अभिभावक लगायत विद्यालयमा अध्ययनरत विद्ययार्थीहरुको सहभागीता रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.