Views:
27
सिन्धुली, २४ असार ।
सिन्धुलीमा जुवा तास खलिरहेको अबस्थामा होटल संचालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घ्याङ्लेख गाँउपालिका वडा नम्बर ४ स्थायी घर भई हाल कमलामाई नगरपालिका वडा नम्बर ६ धुराबजारमा शुवर्ण होटल संचालन गरिरहेका होटल संचालक सहित ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता मनोज कुमार लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार होटलमा जुवा तास खेलाईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले होटल खानतलासी गर्दा होटलको दोश्रो तल्लाको १० नम्बर कोठामा लुकिछिपी तास खेलीरहेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त ७ जना लाई नगद एक लाख अठासी हजार पाँच सय, खुल्ला तास २२ बुक, बिभिन्न कम्पनीको मोबाईल ६ थान सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता लामाले बताउनुभयो ।
LikeShares0