हामीले प्रतिबद्धता गरेको र घोषणापत्रमा भएका कामहरु पुरा गर्छाै : वडा अध्यक्ष न्यौपाने

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ११ असार ।
कमलामाई नगरपालिका वडा नम्बर १४ का नवनिर्वाचित वडा अध्यक्ष राजन न्यौपानेले घोषणापत्रमा भएका र आफुहरुले प्रतिबद्धता गरेका कुरा पाँचवर्षमा पुरा गर्ने बताउनुभएको छ । रेडियो सिन्धुली आवाजसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
एम्बुलेन्स सेवा संचालन गर्ने, रसायनिक मल डिलर संचालन गर्ने, ऐलानि जग्गा नापजाँच गर्ने, मुख्य बाटोको स्तरोन्नती गर्ने लगाएतका कामलाई मुख्य प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
निर्वाचित हुँदै गर्दा बनाएका योजना र पाच वर्षे कार्यकालमा आफुले गर्ने कामको बारेमा वडा अध्यक्ष राजन न्यौपानेसंग गरिएको अन्तरवार्ताः
तपाई पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भईरहदा कस्तो अनुभूति भईरहेको छ ?
खुशि लागेको छ । सर्वप्रथम त आफ्नो अत्याधिक मतले विजयी बनाईदिनुहुने सम्पुर्ण वडाबासीलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।
तपाईले वडामा कस्तो खालको योजना ल्याउनुभएको छ ?
हामी निर्वाचित भएर आईसके पछि हिजो चुनावी मैदानमा रहदा हमीले हाम्रा प्रतिवद्धता जनता सामु व्यक्त गरेका थियौ र हाम्रा घोषणापत्र पनि सार्वजनिक गरेका थियौ । हामी तिनै प्रतिबद्धताहरु र घोषणापत्रमा आधारित रहेर विकास निर्माणका काम गर्नेछौ । त्यसमा हामीले एम्बुलेन्स सेवा संचालन गर्ने, स्वास्थ्य चौकीमा पूर्वाधार विकासका कामहरु गर्ने, विद्यालयहरुमा पूर्वाधार विकासको काम गर्ने, अंग्रेजी शिक्षा पठनपाठन सुरु गर्ने, वडा भित्रका सबै विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने हामीले हाम्रो घोषणा पत्रमा राखेका छौ । त्यस्तै वडा भित्रका सबै बस्तीहरुमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउने वडामा सिंचाई सुविधा नपुगेका खेतीयोग जमिनहरुमा कृषि सिंचाई ईनार निर्माण गर्ने, युवाहरुलाई कृषि पेसामा संलग्न गराउन आधुनिक प्रविधि र अनुदान उपलब्ध गराउनेछौ । त्यसैगरी रसायनिक मल डिलर संचालन गर्ने, युवाहरुद्धारा संचालित कृषि तथा पशु फार्महरुमा आबश्यक अनुदान र प्रविधिहरु उपलब्ध गराउने याजना राखेका छौ । पूर्वाधार विकास अन्तरगत हाम्रा वडा भित्रका बाटोहरुको स्तरोन्नती गर्ने, वडामा भएका काठका पोलहरु हटाएर नयाँ फलामका पोलहरु राख्ने, सबै घरहरुमा विद्युत सेवा उपलब्ध गराउने, वडाका मुख्य बाटो तथा सडकमा पोल बत्ति राखिने योजना रहेको छ । त्यसै गरी कमला नदी तटबाधको लागि नगरपालिका तथा प्रदेश समक्ष पहल गरिनेछ । कमला नदिको कुरामा अलि धेरै बजेट लाग्ने भएकाले नगरपालिका तथा प्रदेश संग समन्वय गरेर योजना पुरा गर्नेछौ । महिलाहरुको लागि सिपमुलक तालिमको व्यवस्था गर्ने लगाएतका विभिन्न योजनाहरु रहनुका साथै अघिल्लो कार्यकालमा थालनी गर्नुभएको तर पुरा नभएका कामलाई पनि पुरा गर्छाै ।
योजनाहरु त थुप्रै छनोट गर्नुभएको छ त्यसमा पनि पहिलो प्राथमिकतामा के राख्नुभएको छ ?
हामीले चै पाँच बर्षभित्रमा पुरा गरिसक्ने योजना बनाएका छौ । त्यसमा पनि एम्बुलेन्स सेवा संचालन गर्ने, रसायनिक मल डिलर संचालन गर्ने, ऐलानि जग्गा नापजाँच गर्ने, मुख्य बाटोको स्तरोन्नती गर्ने, हाम्रो १४ नम्बर वडामा भएका अधुरो कामहरु छन् त्यसलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौ ।
सडक, खानेपानी, विद्युत लगायत महिला बालबालिकाको क्षेत्रमा के कस्ता योजना ल्याउनुभएको छ ?
हाम्रा भित्रि सडकको स्तरोन्नती गर्ने, महिलाहरुलाई सिपमुलक तालिम दिने र रोजगारीको अवसर प्रदान गर्ने योजना ल्याएका छौ । युवाहरुलाई व्यवसाय संचालनको लागि अनुदान उपलब्ध गराउने, स्वास्थ्यको क्षेत्रमा कमी भएका पुर्वाधारहरु उपलब्ध गराउने, खानेपानीमा साविकका ४ वटै वडाहरुमा स्वच्छ खानेपानी उपलब्ध गराउने योजना बनाएका छौ ।
वडामा आउने बजेटले नागरिकको यस्ता आवश्यकता पुरा गर्न सकिन्छ ?
हामीले प्रत्यक्ष जनताको सहभागितामा योजनाहरु छनोट गर्ने र उहाँहरुको याजनाहरुलाई आधार मानेर त्यसै याजनाहरुमा हामी बजेट उपलब्ध गराउछौ त्यसबाट उहँहरु सन्तुष्ट हुनुहुनेछ भन्ने अपेक्षा गरेका छौ । जुन ठुला ठुला योजनाहरु छन् त्यसका लागि प्रदेश र संघ संग पहल गरेर योजना पुरा गर्नेछौ ।
नागरिक बडापत्र भनेको सेवाग्राहीलाई थाहा छ ?
नागरिक बडा पत्र भनेको हाम्रो वडामा आउनुहुने सेवाग्राहीले कुन कामको लागि के के प्रक्रियाहरु केके हुन्छ को मार्फत काम हुन्छ भन्ने बारे जानकारी लिन सक्नुहुने । अहिले हाम्रो वडामा छैन । अब तत्कालै नागरिक बडापत्र राख्ने काम गर्नेछु ।
वडामा भएका लक्षित वर्गको लागि कस्तो योजना ल्याउनुभएको छ ?
महिलाहरुको लागि सिपमुलक तालिम ल्याएर व्यवसाय तर्फ अभिप्रेरित गर्ने, युवाहरुलाई उद्योग तथा व्यवसाय संचालन गर्नको लागि अनुदान तथा प्रविधि उपलब्ध गराउछौ । त्यस्तै बालबालिकाको लागि वडामा मनोरञ्जनको लागि व्यवस्था, स्तनपानको कक्ष निर्माण गर्ने योजना ल्याएका छौ । वृद्धवृद्धाको लागि निशुल्क आँखा परिक्षण शिविर र दन्त परिक्षण शिविर संचालन गर्ने, अपांगताहरुको लागि अपांग मैत्री पूर्वाधारहरु निर्माण गर्ने योजना ल्याएका छौ ।
तपाँई अन्त्यमा वडा बासिलाई के भन्न चाहानुहुन्छ ?
अन्त्यमा म वडाबसी सम्पुर्णमा आफ्नो अमुल्य मत दिएर हामीलाई विजयी गराईदिनुभएकोमा हार्दिक धन्यबाद व्यक्त गर्न चाहान्छु । यहाँहरुले अपेक्षा गरे अनुसार हामी काम गर्नेछौ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.