वडामा सडक, विद्युत र खानेपानीलाई व्यवस्थित बनाउनेछु : वडा अध्यक्ष कार्की

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ११ असार ।
कमलामाई नगरपालिका वडा नम्बर १३ का नवनिर्वाचित वडा अध्यक्ष केशर बहादुर कार्कीले सडक, विद्युत र खानेपानी समस्याको समाधान गर्नु आफ्नो मुख्य योजना रहेको बताउनुभयो । रेडियो सिन्धुली आवाजसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
विद्युत सेवा प्रवाहमा काठको पोल प्रयोग भएको बस्तीहरुमा काठको पोल हटाई फलामाको पोल राख्ने बताउनुभएको छ ।
निर्वाचित हुँदै गर्दा बनाएका योजना र पाच वर्षे कार्यकालमा आफुले गर्ने कामको बारेमा वडा अध्यक्ष केशर बहादुर कार्कीसंग गरिएको अन्तरवार्ताः
तपाई पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भईरहदा कस्तो अनुभूति भईरहेको छ ?
म पहिलो चाटी वडा अध्यक्षमा निर्वाचित भएको छु । मलाई मत दिएर जिताउनुहुने सम्पुर्ण वडा बासीलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । एक हिसाबले खुशि पनि लागेको छ एक हिसाबले वडाबासीको आवश्यकता पुरा गर्न सक्छु कि सक्दिन भन्ने पनि लागिराछ ।
तपाईले पहिलो पटक वडा अध्यक्षमा निर्वाचन हुँदै गर्दा कस्ता योजनाहरु ल्याउनुभएको छ ?
अब हाम्रो वडा झट्ट हेर्दा सुरुङ जस्तो देखिने भौगोलिक हिसावले विकट नै पर्छ । अव नयाँ कामको योजना ल्याउने प्रयास गरेका छौ । बाटोको अति आवश्यक ठाँउमा नगरपालिकाको वजेटले सम्भव नहुने भएकाले प्रदेश र संघ संग समन्वय गरेर त्यसको स्तरोन्नती गर्ने योजना छ । र अर्काे कुरा दुई वटा झुलुंगे पुल सुनखानीबाट मडाहा जाने र माथिल्लो रानिबासबाट रुचानि जाने पुल हुँदा पनि सामानहरु ओसार्न समस्या भएकाले यसलाई डिपिआर गरेर प्रदेश मार्फत हुन्छ की संघ मार्फत हुन्छ पक्कि पुल निर्माण गर्न पहल गर्छाै । १३ नम्बरको प्रभात मावि नमुना विद्यालय भएकाले उक्त विद्यालयमा अन्य शिक्षा अध्ययनको लागि पनि प्रयास गर्ने हामी गर्छाै । अर्काे कुरा वडाका धेरै मानिस कृषि पेसामा आबद्ध भएकाले युवा जति बिदेश पलायन हुँदा खेती गर्न समस्या भएकाले युवाहरुलाई वडामै रोजगार दिने युवा रोजगारमुलक कार्यक्रमहरु ल्याउने योजना ल्याएका छौ । त्यस्तै महिलाहरु घरको काममा मात्रै व्यस्त हुँदा महिलाहरु पछि परेकाले आयआर्जन मुलक कार्यक्रम ल्याउने र बालबालिकालाई आयस्रोत कम भएकाले विद्यालय वाहिर बस्नुपर्ने अवस्था भएकाले चेतना मुलक र बाल मैत्री कार्यक्रम ल्याउने प्रयास गर्छौ । यस्तै वडामा गर्नुपर्ने त धेरै कामहरु छन् । अब हाम्रो कमला नदी र चदाहा नदीले कटान गर्ने जमिनमा तट्बन्धन गर्ने । वडामा सिचांईको व्यवस्था गर्ने पनि योजना गरेका छौ ।
अव स्वास्थ्यको विषयमा हाम्रो वडामा अलिकति समस्या छ । सहरी स्वास्थ्य केन्द्र छ एउटा त्यस्लाई व्यवस्थित गरेर स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउनेछौ । हाम्रो १३ नम्बर वडामा खानेपानीमा समस्या छ । पानीको स्रोतहरु पनि सुक्दै गएकाले खानेपानीको मुहान को नै समस्या छ । अहिले दुई ठाँउमा खानेपानीको काम भईरहेको छ । त्यसमा बाकी हाम्रो वाडाले नै पहल गरेर वडाबासीहरुमा शुद्ध खानेपानीको व्यवस्था गर्छाै । अब हाम्रो १३ नम्बरमा विद्युत बलेको छ । तर मडाहा र रुचानीमा चाई काठको पोल प्रयोग गरिएकाले त्यस ठाँउमा फलामाको पोल राख्नुपर्ने छ । कहाँ कहाँ समस्या छन् । हामी खोजि गरेर विद्युत विस्तारमा सुधार ल्याउछौ ।
वडामा आउने बजेटले नागरिकको यस्ता आवश्यकता पुरा गर्न सकिन्छ ?
यो वडामा आउने बजेटले समस्या धेरै छन् । सबैको चाहाना मेरो समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने भावना हुन्छ । तर यो क्रमिक रुपले हुन्छ । हाम्रो वडामा एकै पटक आमुल परिवर्तन गर्ने खालको वजेट आउदैन । त्यसो हुँदा वडाको मात्र भर परेर हुदैन । प्रदेश, संग कहाँ कहाँ पहल गर्दा हुन्छ त्यस मार्फत हामी काम गर्छाै ।
नागरिक बडापत्र भनेको सेवाग्राहीलाई थाहा छ ?
नागरिक बडापत्र भनेको सेवाग्राहीहरुले वडामा सेवा लिन आउदा कुन काम लाई कुनकुन कागजात चाहिन्छ भनेर जानकारी दिने बडापत्र हो । हाम्रो वडामा पनि नागरिक बडा पत्र राखेर त्यो जानकारी दिन्छौ ।
वडामा भएका लक्षित वर्गको लागि कस्तो योजना ल्याउनुभएको छ ?
हाम्रो यहाँ अपांगता भएका मान्छे थुप्रै हुनुहुन्छ । उहाँहरुलाई चार वर्गमा विभाजन गरिएको हुन्छ । क र ख वर्गमा परेकाले भत्ता पाउने ग र घ वर्गकाले नपाउने । अब हामी निर्वाचन भएर आउदै गर्दा ग र घ वर्गका हरुले पनि रातो कार्ड पाउनुपर्छ भनेर आउनुभएको छ । उहाँहरुले बुझ्नु भएको छैन । त्यसको पनि प्रक्रिया छ । वृद्धवृद्धा हरुलाई सरकारले दिने भत्ता छ त्यो नहुदाँ पनि हाम्रो वडाले भत्ता दिन्छौ । अपांगता भएकाहरुलाई पनि वडाको वजेट बाट के कति सकिन्छ कस्तो सुविधा हामिले दिनुपर्ने हो त्यो हामी गर्छाै लक्षित वर्गको लागि ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.