हरिहरपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, १० असार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले आज गाँउपालिकाको १४ औँ गाउँसभामा आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
हरिहरपुरगढी गाउँपालिकाले अवलम्बन गरिने नीति तथा कार्यक्रमहरुमा पूर्वाधार विकास तर्फ गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा विद्युत सेवा पुर्याउनको लागी प्रस्ताव गरिएको उज्यालो हरिहरपुरगढी कार्यक्रमलाई नेपाल विधुत प्राधिकरणसँग समन्वयमा यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिनेछ । गाउँपालिकाका विकट भौगोलिक अवस्थितीमा रहेका वस्तीका जनताहरुलाई गाउँपालिकाको केन्द्रसम्म आवत जावतको सुविधाको लागि हरेक वडा र वस्तीहरुमा निर्माणाधीन अवस्थामा रहेका सडकहरुको निर्माण र स्तरोन्नती गरि वर्षै भरि यातायात संचालन योग्य बनाईने अध्यक्ष वाईबाले बताउनुभयो ।
यस्तै, मुख्य मुख्य सडकहरुको मर्मत तथा ग्राभेलका कार्यहरु गाउँपालिकाले आफ्नै साधन र जनशक्ती परिचालन गरि नियमित कार्य संचालन गर्ने व्यवस्था गरिनेछ । त्यस्ता योजनाहरु संचालनको लागि छुट्टै संयन्त्रको व्यवस्था गरिनेछ । दिर्घकालिन असर पु¥याउने खालका रणनितिक योजनाहरुको पहिचान गरि विस्तृत सर्भेक्षण गरेर मात्र कार्यक्रम कार्यान्वयनमा लैजाने व्यवस्था गरिनेछ । साथै, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ६, ७, ८ क्यानेश्वर तथा पूर्व पश्चिम राजमार्गको वाग्मतीबाट गाउँपालिका केन्द्रसम्म जोडने सडकलाई बाह्रै महिना संचालन योग्य वनाउन सडक निर्माण र स्तरोन्नतीको कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ । मदन भण्डारी राजमार्गको गुर्जी– हरिहरपुरगढी किल्ला सडक, गुर्जी चिसापानी सडक, झ्याडी सेपाहा पेलुंगे सडक र पर्त्यानी पथ्राई सडकलाई स्तरोन्नती गरि वाह्रै महिना संचालन योग्य वनाउन संघ र केन्द्रसँगको समन्वयमा अगाडी वढाईने अध्यक्ष वाईबाले बताउनुभएको छ ।


त्यस्तै, गाउँपालिकाको विस्तृत गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ । गाउँपालिकाको कार्यालय परिसर सुरक्षित र सौन्दर्यकृत वनाउन कार्यालय भवन परिसरको घेरावेरा गर्नुका साथै अनाधिकृत रुपमा परिसरमा प्रवेश गर्न नदिनको लागि मूल प्रवेशद्धारको निर्माण गरिनुका साथै परिसरमा फुलवारी वगैचा निर्माण गरिनेछ ।
गाउँपालिकाबाट निर्माण शुरु गरिएका अधुरा तथा क्रमागत योजनाहरुलाई औचित्यता र आवस्यकताका आधारमा प्राथमिकता दिई कार्यान्वयन गरिनेछ । गाउँपालिका क्षेत्रभित्रका सडकहरुको मापदण्ड र व्यवस्थापनको लागि गाउँपालिका स्तरीय यातायातव्यवस्थापन योजना (च्त्ःए) तयार गरि सोही अनुसार सडकहरुको विकास गरिने निती ल्याईएको छ ।
त्यस्तै, दुरसञ्चार सेवालाई प्रभावकारी बनाउन आवश्यक स्थानमा टेलिकमको टावर निर्माण गर्न पहल गरिनेछ । व्यवस्थित शहरीकरणको अवधारणा लागु गर्न स्थानीय भवन निर्माण संहिता तयार गरिने अध्यक्ष वाईबाले बताउनुभयो ।


त्यस्तै, सामाजिक विकास प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा गाउँपालिका भित्र रहेका खरको छाना हटाउने र सुरक्षित नागरिक आवास निर्माण कार्यलाई अगाडी बढाईनेछ । गाउँपालिका भित्र सम्पूर्ण जनताहरुलाई स्वच्छ पिउने पानीको उपलव्ध गराउन दिर्घकालिन रणनीति तयार गरि लागू गरिनेछ ।
गाउँपालिका भित्र कार्यक्षेत्र भएका गैर सरकारी संघ संस्थाहरुको लगानीलाई गाउँपालिकाको प्राथमिकता अनुसारका कार्यक्रममा लगानी तथा सहकार्य गर्न अभिप्रेरित गरिनेछ । सहिद परिवार सदस्यहरुको निशुल्क स्वास्थ्य विमा र जिविकोपार्जनको लागि आवस्यक सीप तथा शुन्य व्याजदरमा सहुलियत पूर्ण कर्जा उपलब्ध गराईने बताउनुभयो ।
गाँउपालिकामा शिक्षा तथा रोजगारीमा द्वन्द्व प्रभावित घाईते, वेपत्ता र शहिद परिवारलाई विशेष प्राथामिकतामा राखिनेछ । सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित वनाई लागू गरिनेछ । सुरक्षित वैदेशिक रोजगारीको वातावरण सृजना गर्नुका साथै यसवाट उत्पन्न हुन सक्ने सामाजिक विकृति, विसंगती, कुरीति, अन्धविश्वास, कमजोर आत्मवल विरुद्ध मनोसामाजिक परामर्श सेवालाई समुदाय स्तरमा पुर्याउने व्यवस्था गरिनेछ ।
त्यस्तै, बालमैत्री गाउँपालिका घोषणाको लागि कार्य योजना बनाई विद्यालय तथा वडा स्तरमा बाल क्लव गठनको कार्यलाई तिब्रता दिईनेछ । यस वर्ष एक वडालाई बालमैत्री वडा वनाउन आवस्यक कार्यक्रम संचालन गरिनेछ । वालवालिकाहरुमा हुने शारीरिक तथा मानसिक हिंसा विरुद्ध अभिभावक र विद्यालय स्तरमा कार्यक्रम संचालन गरिनेछ ।
विपन्न दलित, आदिवासी जनजाति, एकल महिला, अपाङ्गता भएका व्यक्ति बन्चितिकरणमा परेका समुदायका पीडित ब्यक्तिहरुको आय आर्जनमा क्षमता विकास र सशक्तिकरणका कार्यक्रम संचालन गरिने, घरेलु हिंसा, वालविवाह न्यूनिकरण तथा रोकथाम, जातिय विभेद, लैंगिक हिंसा नियन्त्रण तथा रोकथामका लागि सरोकारवाला निकायहरुसँग समन्वय गरी आबश्यक कार्यक्रम संचालन गरिने, न्यायमा पहुँच नपुगेका एकल महिला, विपन्न दलित, आदिवासी जनजाति, एकल महिला, अपाङ्गता भएका ब्यक्ति बन्चितिकरणमा परेका समुदायका पीडित व्यक्ति, हिंसा पीडित महिला, बालबालिका ज्येष्ठ नागरिक तथा असहाय महिला तथा नागरिकहरुको तर्फबाट कानून व्यवसायीबाट बहस पैरवी गर्ने व्यवस्थाका लागि पीडितलाई न्यायिक समितिको सिफारिसमा निशुल्क कानूनी सहायता कार्यक्रम संचालनको व्यवस्था गरिने गाँउपालिकाका अध्यक्ष वाईबाले बताउनुभएको छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रमा वडामा रहेका मेलमिलाप केन्द्रहरुलाई मेलमिलापको प्रक्रियामार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गरिने, सूचीकृत मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिमको व्यवस्था गरिने, गाउँपालिकाबाट संविधानको अनुसूची ८ मा उल्लेख एकल अधिकार क्षेत्र भित्रका बिषयमा कानून बनाउने कार्यसँग सम्बन्धित कार्य गर्न कानून शाखाको स्थापना गरि न्यायीक निरुपण र सहजिकरणको कार्य संचालन गरिने बताउनुभयो ।
गाउँपालिकाद्धारा गठन भई निस्कृय रहेका टोल सुधार संस्थाहरुको पुनर्गठन गरि वडाको सहयोगी एकाईको रुपमा परिचालन गर्ने व्यवस्था गरिने, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको समस्या समाधानका लागि जग्गा नापजाँचका वाँकी कामहरुलाई सम्पन्न गरि जग्गा धनीपूर्जा वितरणको लागि राष्ट्रिय भूमी आयोगसँग समन्वय गरि अगाडी वढाईने, गाउँपालिकाको क्षेत्राधिकार भित्रका सार्वजनिक जग्गाहरुको संरक्षणको लागि सम्वन्धित निकायहरुसँग सहकार्य गर्ने नीति लिईने, अतिक्रमित क्षेत्रहरुमा वनेका संरचनाहरुलाई जिल्ला प्रशासन र डिभिजन वनसँगको समन्वयमा व्यवस्थापन गरि संरक्षण गरिने पनि अध्यक्ष वाइबाले बताउनुभएको छ ।
घरमै सुत्केरी गराउने कार्य शुन्य पार्ने कार्यक्रमलाई प्रभावकारी वनाउन गर्भवती सुत्केरीहरुको लागि संचालित निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिईने, जेष्ठ नागरिकहरुको लागि संचालित निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिईने, जेष्ठ नागरिकहरुको रोग पहिचान र उपचारका लागि घुम्ती स्वास्थ्य शिविर संचालन गरिने, प्रत्येक स्वास्थ्य चौकी तथा समुदायिक स्वास्थ्य एकाई मार्फत नेपाल सरकारले तोकेको निशुल्क वितरण हुने औषधिहरु वितरणलाई थप प्रभावकारी वनाईने, स्वास्थ्य चौकीहरु तथा वर्थिङ्ग सेवाको लागी आवस्यक फर्निचर, समाग्रीहरुको व्यवस्था गरिने, सुरक्षित मातृत्वलाई प्रोत्साहन गर्न स्वास्थ्य केन्द्रमा आई सुत्केरी हुने महिलाहरुको लागि थप रु. १ हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिईने, जेष्ठ नागरिकहरुको औषधी उपचारका लागि वार्षिक रु.३ हजार उपलव्ध गराउने व्यवस्थालाई निरन्तरता दिईने बताउनुभयो ।


यस्तै, ५० वर्ष उमेर पुरा भएका नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा गरिने, गर्भवती महिलाहरु तथा विद्यालय वाहिर रहेका किशोरीहरुको खाद्य सुरक्षा र पोषणको अवस्थामा सुधार ल्याउन पोषण तथा आयआर्जन सम्वन्धी कार्यक्रम संचालन गरिने, नियमित गर्भजाँच गराउने गर्भवती महिलाहरुको निशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालन गरिने, पिपलमाडी स्वास्थ्य चौकीलाई १५ सैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्नको लागि यसै आर्थिक वर्षबाट भवन निर्माणको काम सुरु गरिने अध्यक्ष वाईबाले बताउनुभयो ।
यस्तै, संस्कृति पर्यटन तर्फ ऐतिहासिक हरिहरपुरगढी किल्ला, कुण्डपोखरी, लोहासुर पोखरी, जितपुरगढीको संरक्षण र सम्वर्धनको कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिईने बताईएको छ ।
यस्तै, शिक्षा, युवा तथा खेलकुद तर्फ गाउँपालिकाको कमजोर शैक्षिक अवस्थालाई सुधार गर्नको लागि पालिका भित्र रहेका २ वटा उच्च माध्यामिक विद्यालयहरुलाई यसै आर्थिक वर्ष बाट नमूनाको रुपमा आवासिय विधालयको रुपमा संचालन गर्ने व्यवस्था गरिने, गाउँपालिका भित्र रहेका मठ, मन्दिर, गुम्बा लगायत सार्वजनिक सम्पत्तिको तथ्याङ्क अद्यावधिक गरी आवश्यक संरक्षण र सम्वर्द्धनको नीति अपनाइने, गाउँपालिका भित्र आधारभूत प्राविधिक शिक्षा प्रदान गरि मध्यम तथा दक्ष प्राविधिक जनशक्ती उत्पादन गरि स्वरोजगारमूलक शैक्षिक प्रणालीको थालनी गर्न प्राविधिक शिक्षा कार्यक्रमलाई विद्यालय तहदेखि लागू गरि पढ्दै कमाउदै जस्ता सृजनात्मक अभियान संचालन गर्न आवस्यक गृहकार्य गरिने, वालविकास, विद्यालय कर्मचारी र सामुदायिक अध्ययन केन्द्रका परिचालिकाहरुको पारिश्रमिकमा अपुग रकम थप गरि न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएकोछ ।
त्यस्तै, गाउँपालिकाको शैक्षिक सुधारका लागि संचालन गरिएको विद्यालय शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिईने, विद्यालयमा विद्यार्थीको पहुँचलाई सहज र सुरक्षित वनाउन स्कुल वसको व्यवस्था गरिने, विद्यालय दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिईने, विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई एकिकरण गर्ने नीति कार्यान्वयनमा ल्याईने, स्थानीय परिवेश, सामाजिक सांस्कृतिक भाषिक पक्षलाई समेटेर कक्षा ८ सम्म स्थानीय पाठ्यसन्दर्भ
सामाग्री निर्माण गरि लागू गरिने, कक्षा ८ देखि कक्षा १० सम्म विषयगत शिक्षण सिकाईलाई प्रभावकारी वनाउनको लागि अतिरिक्त कक्षा संचालन गर्नुका साथै प्रभावकारी अनुगमनको लागि मेन्टर शिक्षकको व्यवस्था गरिने, आवस्यकताका आधारमा विद्यालयको दरवन्दी मिलान र नक्साङ्कन कार्य गरिने, कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विषयगत शिक्षकलाई पुरस्कृत तथा सम्मान गरिने, उच्चशिक्षा तथा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ती उपलब्ध गराउन वजेटको व्यवस्था गरिने, कक्षा ८ र कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने ३ – ३ जना छात्रछात्राहरुलाई पुरस्कृत गर्ने व्यवस्थालाई निरन्तरता दिईएको अध्यक्ष वाईबाले बताउनुभयो ।
यस्तै, व्यवसायिक कृषी तथा पशुपालनलाई प्रोत्साहित गरि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन कृषि र पशुपालनको प्रवर्धन, घर घरमै अनुदान कार्यक्रम मार्फत विउ विजन, उपकरणमा ५० प्रतिशत र विमाका लागि शत प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिने, “हरिहरपुरगढीको सान, परिश्रमी किसान“ भन्ने मूल नाराका साथ मरिण वागमती क्यानखोला किनारमा व्यवसायिक तरकारी तथा फलफूलखेतीमा आधारित रोजगारमूलक कार्यक्रम संचालन गरिने, माटोको गुणस्तर सुधारको लागि निशुल्क माटो जाँच शिविर संचालन गरिने, पशुको स्वास्थ्य उपचार प्रयोजनार्थ गाउँपालिकामा रोग परिक्षणको लागि डिस्पेन्सरी ल्याव स्थापना गरि संचालन गरिने, गाउँपालिकामा व्यवस्थित आवास योजना तथा वजार व्यवस्थापनको लागि सरोकारवाला निकायसँग आवश्यक सहकार्य गरि आवास तथा वजार क्षेत्र पहिचानको लागि लागी पहल गरिने, गाउँपालिका भित्र सम्भाव्य वजारक्षेत्रको व्यवस्थापनका लागि आवस्यक सम्भाव्यता अध्ययन गरिने, गाउँ कार्यपालिका कार्यालय परिसरको जग्गामा रहेको फलफूल वगैचालाई थप व्यवस्थित गर्नुका साथै पालिका परिसरमा फुलवारी तथा वातावरणमैत्री प्रतिक्षालय निर्माण गरिनेछ ।
एक वडा एक कृषि ÷ पशु प्राविधिकको व्यवस्था गरिने, पशुहरुको नश्ल सुधारका लागि कृतिम गर्भाधान सेवा यसै आर्थिक वर्षदेखि संचालनमा ल्याईने, तरकारी तथा फलफूलहरुको सुरक्षित भण्डारणको लागि वडा नं. ८ र वडा नं. २ मा एक एक वटा कोल्ड स्टोर निर्माण गरिने, दुग्धजन्य पशुपालन मार्फत रोजगारीको सृजना गर्ने उद्धेश्यले गत आ.व. वाट सुरु गरिएको पशुपालन कार्यक्रमलाई यस वर्ष थप विस्तार गरिनेछ । सो कार्यमा उत्प्रेरित गर्न यस वर्ष १ सय वटा पशु गोठहरुको भौतिक सुधार गर्न अनुदानको व्यवस्था गरिने बताउनुभएको छ ।
यस्तै,वडा नं. ७ को क्वाटर र वडा नं. २ को झनझनेमा एक एक वटा दुग्ध चिस्यान केन्द्र स्थापना गरिने, साथै दुध र तरकारी फलफुल ढुवानीको लागी २ थान डेलीभरी भ्यानको व्यवस्था गरिने, कृषिलाई व्यवसायिक वनाउने उद्धेश्यले प्रदेश मुख्यमन्त्री कार्यालयसँगको साझेदारीमा संचालित नवप्रवर्द्धन साझेदारी कोषको कार्यक्रम अन्तरगत १०० वटा प्लास्टिक घर निर्माणको लागि अनुदान उपलब्ध गराईने, युवा स्वरोजगार कोषको रकमलाई सहकारी संस्थाहरु मार्फत गरिवी न्यूनिकरण कार्यक्रम संचालनका लागि आवस्यक वजेट विनियोजन गरिने, कृषि र पशुपालनलाई नवप्रवर्धनकारी योजना मार्फत थप व्यवस्थित र व्यवसायिक वनाउन विभिन्न निकायहरुसँग साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।
गाउँपालिकाको केन्द्र चैनपुर वजारक्षेत्रमा रहेको अव्यवस्थित वंगुरपालन खोरहरुलाई व्यवस्थित गर्नको लागि कार्यक्रम संचालन गरिने, कृषि सहकारीहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजारहरु वितरण गरिनेछ ।
त्यस्तै वन वातावरण तथा विपद व्यवस्थापन तर्फ गाउँपालिकाका अधिकांश क्षेत्रहरु नदि तथा वनक्षेत्रसँग जोडिएको हुँदा यहाँका वस्तीहरु प्रकोपको जोखिमवाट सुरक्षित गर्न आवश्यक कार्ययोजना वनाई लागु गरिने, सामुदायिक वनहरुको नियमन र व्यवस्थापनको लागि आवस्यक नीति वनाई लागु गरिने, खुल्ला क्षेत्रको रुपमा राखि हरियाली सहितको मनोरञ्जन पार्क निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने, अध्यक्ष लघु उधम विकास कार्यक्रमलाई निरन्तरता दिईने, विपत व्यवस्थापन कोषको परिचालनलाई प्रभावकारी वनाईने अध्यक्ष वाईबाले बताउनुभयो ।
सार्वजानिक सेवा प्रवाहलाई गुणस्तरीय वनाउन विधुतिय शासन प्रणालीलाई अवलम्वन गरि प्रशासनिक कार्य पद्वतीलाई सरलिकृत गरिने, गाउँपालिकाका वडा नं. ६, ७ र ८ का जनताहरुलाई सो क्षेत्रमा प्रशासनिक ईकाइ स्थापना गरि सेवा प्रवाहलाई सहज र सर्वसुलभ वनाईने, गाउँपालिकाको संगठनात्मक सर्भेक्षण गरि गाउँपालिकामा आवस्यक रिक्त दरवन्दीहरुमा पदपुर्तीका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा समक्ष आवस्यक पहल गरिने, पालिकावाट गरिने सेवालाई अझ वढी जनउत्तरदायी पारदर्शी र जवाफदेही वनाई भष्ट्राचारमा शुन्य सहनशिलताको नीति अवलम्वन गरिने जनाईएको छ ।
नियमित रुपमा एकिकृत घुम्ती सेवा र सार्वजनिक सुनुवाई संचालन गरिनेछ । सेवा प्रवाहको गुणस्तरियता अभिवुद्दि गर्न सेवाग्राहीवाट सेवा प्रवाहको सर्भेक्षण गरिनेछ ।
नागरिकको परिचय खुल्ने गरि अभिलेख राख्ने तथा व्यक्तिगत घटनादर्तालाई विधुतीय व्यवस्थापन सूचना प्रणाली अभिलेखिकरण गरिनेछ । अनलाईन घटनादर्ता प्रणालीलाई पूर्णरुपमा लागू गराउने सम्वन्धी राष्ट्रिय लक्ष्य हासिल गर्न वडा तहमा सचेतना कार्यक्रम संचालन गरिनेछ । सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज वनाउन सम्वन्धित वैकहरुसँग समन्वय गरि नगद भुक्तानी शिविर तथा शाखा रहित वैकिङ मार्फत भुक्तानीको व्यवस्था गरिनेछ ।
युवाहरुलाई सार्वजनिक सेवा प्रति आर्कषण वढाउन लोकसेवा तयारीकक्षा संचालन कार्यक्रमलाई निरन्तरता दिईनेछ । पालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका लागि छुट्टै तालिम केन्द्र संचालन गर्न आवस्यक व्यवस्थापन गरिनेछ ।
यस्तै, गाउँपालिकाको आन्तरिक आयलाई अभिवृद्धि गर्न करदाता शिक्षा कार्यक्रम जस्ता कार्यक्रमहरु टोल स्तरमा संचालन गरिनेछ । अनलाईन प्रणालीमार्फत राजष्व संकलनको व्यवस्था गरिनेछ । आन्तरिक श्रोत तर्फ सम्बन्धित वडाबाट सम्पत्ति कर, भूमिकर र मालपोत रजिष्ट्रेसनवाट प्राप्त रकमबाट उपयुक्त आयोजनाहरु छनौट गरी खर्च गर्ने ब्यवस्था मिलाइने छ । मालपोत रजिष्ट्रेशन सम्बन्धी कागजातहरुको सुरक्षाको लागि आवस्यक वजेटको व्यवस्था गरिने हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.