सिन्धुली ९, असार । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मानव बेचविखन मुद्धाका फरार कसुरदारलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ घरभई हाल कमलामाई नगरपालिका ४ सातपत्रे बस्ने वर्ष ३५ का जगतबहादुर योन्जन रहेका छन ।
उनललाई जिउ मास्ने बेच्ने मुद्धामा दोसी ठहरगरी जिल्ला अदालत सिन्धुलीले १२ वर्ष कैद सजाय फैसला गरेको थियो ।
तर, फरार सूचिमा रहेका योन्जनलाई काठमाण्डौंको कागेश्वर नगरपालिका ९ काँडाघारीमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नावय उपरिक्षक मनोज लामाले बताए ।
उनलाई बिहिबारनै जिल्ला अदालत सिन्धुलीमा पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको समेत लामाको भनाई छ ।
यसैविच मोटरसाइकल चोरीमा संलग्न तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका ४ बस्ने वर्ष २० का संजिब विक, वर्ष २१ का साजन विक र बर्दिबास नगरपालिका ४ का वर्ष ३० का शुक्र थिङ रहेको प्रहरीले जनाएको छ ।
कमलामाई नगरपालिका ४ मल्लागाउँमा पार्किङगरी राखिएको प्रदेश २ ०२–००२ प ३८७३ नम्बरको अपाच्चे मोटरसाइकल चोरी गरेको आरोप छ ।
आफ्नो मोटरसाइकल हराएकोले खोजतलास गरि पाउ भनी दुधौली नगरपालिका १ का इश्वर अधिकारीले दिएको निवेदनका आधारमा खोजतलास गर्दा उनिहरु पक्राउ परेको लामाले जानकारी दिए ।
Menu
सिन्धुलीमा जिउ मास्ने बेच्ने मुद्धाका कसुरदार पक्राउ

- ९ असार २०७९, बिहीबार १७:३६
- No Comments
- मुख्य समाचार, समाज
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.