वडामा सडक संजाल व्यवस्थित बनाउनेछु : वडा अध्यक्ष थिङ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०९ असार ।
कमलामाई नगरपालिका वडा नम्बर ११ का पुननिर्वाचित वडा अध्यक्ष राम बहादुर थिङले पहिलो कार्यकालमा भुकम्पले क्षतविक्षत बनाएको वडालाई पुनर्निर्माण गरेका बताउनुभयो । रेडियो सिन्धुली आवाजसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
पुनर्निर्माणको कार्य गर्दै वडाको विकासको कामलाई अगाडी बढीरहेको बताउदै अबको पहिलो योजना सडक संजाललाई व्यवस्थित बनाउने रहेका उहाँले बताउनुभयो ।
निर्वाचित हुँदै गर्दा बनाएका योजना र पाच वर्षे कार्यकालमा आफुले गर्ने कामको बारेमा वडा अध्यक्ष राम बहादुर थिङसंग गरिएको अन्तरवार्ताः
तपाई दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भईरहदा कस्तो अनुभूति भईरहेको छ ?
म २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि हाम्रो पार्टी बाट उमेदवार बनेर निर्वाचित भएको थिए । अहिले यो ७९ सालको निर्वाचनमा पनि मलाई पार्टीले विश्वास गरेर मलाई विश्वास गरेर टिकट उपलब्ध गराउनु भयो । वडा बासीहरुले पनि माया गरेर विश्वास गरेर मेरो कामको कदर गरेर फेरी मतदान गरेर जिताईदिनु भयो सम्पुर्ण वडबासी तथा मतदाताहरुलाई धन्यवाद भन्न चाहान्छु । र पुन जिम्मेवारीमा आउन पाउदा खुशि लागेको छ ।
तपाईले पहिलो निर्वाचनमा गर्नु भएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
पहिलो निर्वाचनमा हामी निर्वाचित भईरहदा खेरी गरेका प्रतिबद्धता सबै गर्न सकेको छैन । हामीले वडाबासीमा मतदाता समक्ष जुन प्रतिबद्धता गरेका थियौ । त्यसमा हामीले ९० प्रतिशत काम चै पुरा गरेको छौ ।
तपाई अहिले निर्वाचित हुँदै गर्दा नयाँ योजना के लिएर आउनुभएको छ ? पहिलो योजना पुरा नभएर नै हो फेरी दोहोरिनुभएको ?
अब यसलाई यसरी नै बुझ्दा पनि हुन्छ । हामीले धेरै कामहरु ग¥यौ तर त्यसलाई स्थायीत्व गर्नका लागि दिगोपना दिनका लागि मुलत ११ नम्बर वडामा सडक संजाल विस्तार गर्न सकेका थिएन । त्यसलाई हामीले विसतार ग¥यौ पहिलो कार्यकालमा । अहिले वडाका सबै टोल बस्तिहरुमा सडक पुगेको छ । तथापी पाँच वर्षको अवधि छोटो अवधि पनि हो । देशमा आएका विभिन्न आरेह अवरेहका कारण हामीले सोचेजस्तो कामलाई दिगोपना सकेको थिएन । अबको कार्यकालमा हामीले प्रतिबद्धता गरे अनुसार त्यसलाई दिगोपना दिएर सडक संजालहरुको विस्तार गरेर यातायातको पहुँचमा जनतालाई पु¥याउने । यहाँ विभिन्न कामहरु गर्न बाकी छ । आयआर्जनका कामहरु, कृषि क्षेत्रका कामहरु, स्वास्थ्य, शिक्षा क्षेत्रका कामहरु गर्न बाकी छ । समग्रमा हामीले सुरुवात गरेका कामहरु हामीले नै पुरा गर्नुपर्छ भन्ने हामी पुन दोहोरिएका हौ । त्यही अनुसार काम गर्ने प्रतिबद्धता गर्छु ।
यो भन्दा कार्यकालमा तपाईले कस्तो खालको योजनालाई प्राथमिकतामा राख्नुभएको थियो ?
अघिल्लो कार्यकाललाई म एकचोटी सम्झिन चाहान्छु । जस्तो हामीले ७४ साल जेठ ५ गते हामीले कार्यभार सम्हालिसक्दा यो वडा ७२ सालको भुकम्पले क्षतविक्षत पारेको अबस्थामा थियो । पुनर्निर्माण गर्नुपर्ने घरहरु, विद्यालयहरु, स्वास्थ्यका भवनहरु निर्माण ग¥यौ । जुन पुनर्निर्माण गर्नका लागि आवश्यक निर्माण सामाग्री टोलसम्म पु¥याउन नसकिने अवस्था थियो । त्यसका लागि सडक संजालको विस्तार ग¥यौ । अहिले पुनर्निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । अब अहिले जनताहरु पुनर्निर्माण भएको घरमा बसिसकेको छ । त्यो अवस्थाबाट उन्मुक्ति पाउँन संघर्ष गरिरहदा बिचमा फेरी विश्वव्यापी रुपमा कोभिड १९ को महामारी फैलियो । त्यसबाट वडाबासीलाई बचाउन सचेत रहन हामीले धेरै कामहरु ग¥यौ ।
अहिले ल्याउनुभएको योजना मध्ये कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ?
अहिले हाम्रो समस्या भनेको सडक संजाल नै हो । हिउँदे सिजनमा मात्रै सडक संजालले काम गरेको छ । अबको पाँच वर्षे कार्यकालमा त्यो सडक संजाललाई दिगो बनाएर हिउँद बर्खा काम गर्ने बनाउनु हाम्रो पहिलो प्राथमिकता रहने छ । बिकासका योजना संगसंगै वडाबासीको आयआर्जनलाई पनि व्यवस्थित गराउन आयआर्जन मुखि काम गर्नुछ, कृषि क्षेत्रमा परिवर्तन र आधुनिकिकरण गर्नुछ, व्यवसायिक खेती अलिअलि सुरुवात गरेका छौ यसलाई हामी व्यवस्थित बनाउनु पर्नेछ ।
शिक्षा, सडक, खानेपानी, विद्युत, कृषि लगायत महिला बालबालिकाको क्षेत्रमा यो भन्दा अगाडी के गर्नुभयो र अब कस्तो योजना ल्याउनुभएको छ ?
स्वास्थ्यको क्षेत्रमा हामीले एउटा स्वास्थ्य भवन बनाउन सफल भएका छौ । छिटै नै स्वास्थ्य संस्थालाई भवनमा सारेर सेवा दिनेछौ । त्यसैगरी शिक्षाको क्षेत्रमा ७२ सालको भुकम्पको क्षती बाट क्षेतीग्रस्त भवन पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । यसको एसियाली बिकास बैंकको सहयोगमा दुईवटा सुविधा सम्पन्न विद्यालयका भवनहरु बनिसकेको छ । आधारभुत विद्यालयको भवनहरु नगरपालिकाको सहयोगमा बन्ने क्रममा छ । विभिन्न साझेदारी संस्थाहरुसंग समन्वय गरेर प्रत्येक विद्यालयमा ईसिडि कक्षाहरु संचालन गरेर शिक्षकहरुको दरवन्दी विद्यालयका विद्यार्थी संख्या हेरेर दरबन्दि मिलान गरेका छौ । खानेपानीको समस्या साना साना समस्या वडा र नगरपालिकाको सहयोगमा नै गरेका छौ भने ठुला योजनाहरु संस्थाहरुले गरेको छ । त्यसलाई व्यवस्थित बनाउन ध्यान केन्द्रित हुनेछ । सडक संजालहरु निर्माणाधिन रहेको छ आगामी दिनमा पनि प्रदेश सरकारको सहयोगमा सडक संजाल लाई व्यवस्थित गरेर लैजानेछौ । एडिभिको सहयोगमा हाम्रो वडामा प्रत्येक घरमा बत्ति पुगेको छ बलेको छ तर केही प्राविधिक समस्याले गर्दा भिरगाँउमा केही समस्या छ । आगामी दिनमा प्राधिकरण संगको सहकार्यमा त्यो समस्यालाई समाधान गरेर जानेछौ । महिला तथा बालबालिकाको क्षेत्रमा चेतनामुलक कार्यक्रमहरु गर्दै आएका छौ । महिलाको नेतृत्व बिकास गराउनुपर्छ भन्ने उद्धेश्यले विभिन्न उपभोक्ता समिति, सामाजिक संघसस्थाहरुमा ५१ प्रतिशत महिलाको सहभागिता गराएका छौ ।
वडामा आउने बजेटले नागरिकको यस्ता आवश्यकता पुरा गर्न सकिन्छ ?
सबै समस्याहरु पुरा गर्न सकिन्छ भन्न सकिदैन । तर पनि त्यसलाई समानुपातिक र पादर्शी ढंगले वितरण गर्दा ईमान्दारिता अपनाउने हो भने धेरै समस्या हल हुन्छ । नगरपालिकाले गर्न नसकेका कामहरु संघिय सरकार र प्रदेश सरकारको सहयोगमा धेरै कार्यक्रमहरु गर्नु गराउनु पर्नेछ पहिले पनि गरेका थियौ । आगामी दिनमा पनि संघिय सरकार र प्रदेश सरकारको सहयोगमा हाम्रो वडाको समस्या समाधान गर्दै लैजान्छौ ।
तपाईले युवा तथा बेरोजगारहरुलाई गाँउघरमै स्वरोजगार दिने बताउनुभएको थियो यसका लागि के—के काम गर्नुहुन्छ ?
युवाहरुलाई बेरोजगार बनाउन अहिले सिटिईभिटि मार्फत तालिम ल्याएका छौ त्यो तालिम संगसंगै काम गर्न सहज बनाउन सामाग्रीहरु उपलब्ध गराउनेछौ ।
नागरिक बडापत्र भनेको सेवाग्राहीलाई थाहा छ ?
नागरिक बडापत्र हामीले वडा कार्यालयमा राखेका छौ । पढेलेखेका सेवाग्राहीले हेर्नुहुन्छ पढ्नुहुन्छ । कतिपय सेवाग्राही साक्षर हुनुहुन्न उहाँहरुलाई नागरिक बडापत्रमा भएका कुरा बुझाउने काम गरेका छौ ।
वडामा भएका लक्षित वर्गको लागि कस्तो योजना ल्याउनुभएको छ ?
यस्तो छ ज्येष्ठ नागरिक सम्बन्धि कार्यक्रमहरु नगर स्तरिय हुन्छ । महिला लक्षित कार्यक्रमहरु उपमेयर संयोजक हुने भएकाले उहाँले वडालाई दिएपछि हामीले ल्याउने हो । हाम्रै पहलमा कतिपय कामहरु वडा स्तरका पनि हामीले ल्याएका छौ । स्वास्थ्य सम्बन्धि स्वास्थ्य संस्थासंग समन्वय गरेर गरेका छौ ।
तपाँई दोस्रो पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको छ, अन्त्यमा वडा बासिलाई के भन्न चाहानुहुन्छ ?
अन्तिममा म ११ नम्बर वडाबासीलाई अबको पाँच वर्ष तपाई हामी संगसंगै छौ । यहाँ विभिन्न विचार आस्थाको आधारमा कुनै विभेद हुदैन सबैको साझा ११ नम्बर बनाउनको लागि म लगाएत मेरो टिम कार्यलय टिम अहोरात्र तपाईहरुको सेवामा लागिपर्ने प्रतिबद्धता जनाउन चाहान्छु ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.