सिन्धुलीमा सामाजिक विभेद सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०८ असार ।
सिन्धुलीको कमलामाई नगरपालिका ६ माडीबजारमा सामाजिक विभेद सम्बन्धि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।


समाजमा भएका अशक्त तथा अपाङ्गहरुलाई समाजकै अन्य मानिसले गरिने र हेरिने सामाजिक विभेद संग सम्बन्धित रहेर जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको आयोजकले बताएको छ । कमलामाइ नगरपालिकाको सहयोग तथा अपाङ्ग कल्याण सङ्घ सिन्धुलीको आयोजना र कलाघर सिन्धुलीको प्रस्तुतीमा सडक नाटक प्रदर्शन गरिएको हो ।


नाटकमा कला घर सिन्धुलीका अध्यक्ष नेपाली बाबू सुमन र उपाध्यक्ष पबित्रा रम्तेलको परिकल्पना तथा निर्देशन रहेको थियो । यस्तै, रिता थिङ, जिबन मगर, सृजना गोले, पबित्रा रम्तेल, सन्चिता थापामगर, डिल्ली कार्की , रिता बिक, रुबिना पुलामी, कुसल बिक, गिता थिङ लगायत कलाकारहरुले उक्त नाटकमा अभिनय गर्नुभएको थियो ।

प्रस्तुत गरिएको जनचेतनामूलक नाटकले समाजमा महिला, अशक्त तथा अपांग भएकाहरुलाई अरुले गरिने व्यवहारमा परिवर्तन गर्न केहि हद सम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ । नाटकले अरुले जस्तै बाच्न पाउने अधिकार अपांग तथा अशक्तहरुको छ । उनिहरुलाई हामीले माया र सद्भाव दिनुपर्छ समाजमा घुलमिल हुन सहयोग गर्नुपर्छ, शिक्षामा बञ्चित गराउनु हुदैन भन्ने जस्ता सकारात्कम सन्देश दिन खोजिएको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.