पेमा होईबार्लिङ गुम्बा निर्माणको काम निरन्तर हुँदै

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०८ असार ।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ चन्दनपुरमा निर्माण भईरहेको पेमा होईबार्लिङ गुम्बाको निर्माणकार्य निरन्तर भईरहेको छ । ४ करोड ५० लाखको योजनामा निर्माण भैरहेको सुविधा सम्पन्न गुम्बा हालसम्म प्रदेश सरकारको बजेटबाट २० लाख बराबरको काम सम्पन्न भैसकेको छ । हाल प्रदेश सरकारबाटै थप १० लाख बजेट बराबरको काम भैरहेको छ । यो पछिल्लो योजना एक हप्ताभित्र सकिने अनुमान गरिएको छ । गुम्बा निर्माणको लागि व्यक्तिगत र संस्थागत गरि १० लाख सहयोग रकम संकलन भैसकेको र थप सहयोग संकलन गर्ने क्रम जारी रहेको गुम्बा निर्माण समितिको प्रमुख सल्लाहकार दिनेश लोले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तह, प्रदेश र संघमा पनि बजेट माग तथा पहल भैरहेको लोले बताउनुभयो।

हाल यस गुम्बा निर्माणको काम उपभोक्ता समिति मार्फत गरिरहेको छ। अब आउने दिनमा बजेटको प्रकृति हेरेर ठेक्का दिन पनि सकिने प्रमुख सल्लाहकार लोले बताउनुभयो। कानुनी प्रक्रिया अनुसार दर्ता, अडिट, कर भुक्तानी तथा नवीकरण सहित गुम्बा निर्माण अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

बौद्ध धर्म जोडिएको कुरा र लामाहरुको संयुक्त छलफल अनि स्थानीय समाजसेवी दमैसिङ लो को विशेष सहयोगमा निर्माण गरिएको यस गुम्बाको संस्थापक अध्यक्ष कुन्साङ लामा हुन् । हाल अध्यक्षको जिम्मेवारी स्थानीय बिजय लो ले सम्हाल्नुभएको छ ।

यस गुम्बा निर्माणको कामलाई यहाँसम्म ल्याई पुर्‍याउन स्थानीय सरकार आउनुभन्दा पहिले देखि नै वडाको सबै लामाहरुको साथ सहयोग र योगदान मिलिरहेको छ । अहिले निर्माणको कामलाई निरन्तरता दिन विभिन्न तहहरुमा बजेट माग तथा पहल गर्ने काम समाजसेवी तथा यस गुम्बा निर्माण समितिको प्रमुख सल्लाहकार दिनेश लो ले गरिरहनु भएको छ । उहाँको अनुसार अर्को आर्थिक वर्ष सम्ममा निर्माण सम्पन्न भैसक्ने छ ।

वि.सं. २०५६ सालमा दर्ता भएको यस गुम्बाको शिलान्यास २०७८ माघ १ गते वरिष्ठ धार्मिक गुरु खेन्बो ग्याल्छेन मार्फत गरिएको थियो । त्यस्तै गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दुर्गा देवी सुनुवार र वडा नम्बर २ को निवर्तमान वडा अध्यक्ष एक बहादुर खड्काको विशेष उपस्थितिमा शिलान्यास सम्पन्न भएको थियो । बौद्ध धर्मावलम्बिहरुको बाक्लो बसोबास रहेको यस ठाउँमा बौद्ध धर्म सम्बन्धि कामकाज तथा कार्यक्रम गर्न गुम्बाको आवश्यकता ठानेर गुम्बा निर्माणको लागि स्थानीय कृष्ण कुमार लो, बिज बहादुर योञ्जन, तीर्थमाया योञ्जन र जीत बहादुर खड्काले ३ रोपनी खेतीयोग्य जग्गा दान गर्नुभएको हो। जुन मुख्य सडकबाट लगभग १०० मिटर दक्षिण दिशामा रहेको छ।

गुम्बा निर्माण सम्पन्न भैसकेपछि यहाँ लामा गुरु राखेर लामा पढाइने, धार्मिक कार्यक्रम र वाङहरु सञ्चालन गरिने, बौद्ध धर्मको प्रचारप्रसार तथा प्रवचन राखिने र ङ्युङ्ने ९व्रत० राख्न सकिनेछन्। त्यस्तै बौद्ध धर्म अनुसार विवाह, व्रतबन्ध, छेवार, घेवा, पुजापाठ आदि कार्यक्रमहरु गर्न सकिने गुम्बा निर्माण समितिले बताएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.