पहिलो कार्यकालमा ८० प्रतिशत प्रतिबद्धता पुरा गरे : वडा अध्यक्ष घिसिङ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०८ असार ।
कमलामाई नगरपालिका वडा नम्बर ७ का पुननिर्वाचित वडा अध्यक्ष कर्ण बहादुर घिसिङले पहिलो कार्यकालमा पुरा गर्न बाकी रहेका कामलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनु भएको छ । रेडियो सिन्धुली आवाजसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अघिल्लो पाँच वर्षे कार्यकालमा ८० प्रतिशत आफ्नो प्रतिवद्धता पुरा गरेको र अवको पाँच वर्षे कार्यकालमा बाकी काम र प्रतिबद्धतालाई पुरा गर्ने बताउनुभयो ।
निर्वाचित हुँदै गर्दा बनाएका योजना र पाच वर्षे कार्यकालमा आफुले गर्ने कामको बारेमा वडा अध्यक्ष कर्ण बहादुर घिसिङसंग गरिएको अन्तरवार्ताः
तपाई दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भईरहदा कस्तो अनुभूति भईरहेको छ ?
मैले दोस्रो पटक निर्वाचित भएको छु । फेरी जनताको सेवा गर्ने अवसर मिलेको छ । जनता सााु जाने अवसर पाको छु यसमा म खुशि छु ।
तपाईले पहिलो निर्वाचनमा गर्नु भएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
मैले पहिलो निर्वाचनमा गरेको प्रतिबद्धताको ८० प्रतिशत काम गरिसकेको छु । अब २० प्रतिशत काम अवको पाँच वर्षे कार्यकालमा पुरा गर्नेछु । त्यसको साथसाथै केही नयाँ योजना लाई पनि अगाडी ल्याएका छौ ।
तपाइको नयाँ योजनाहरु के ल्याउनुभएको छ ?
हामीले पहिले गरेका मध्य जे काम बाकी छ त्यसलाई पुरा गर्छाै । वडामा खोलिएका नया सडकहरुमा हिउँद वर्षा सधै गाडी चल्ने बनाउने हाम्रो योजना छ । स्वास्थ्य शिक्षा लगाएतका काम हरु पनि बाकी छ । शिक्षामा बैज्ञानिक तवरले अध्ययन गराउनुपर्छ भन्ने उद्धेश्य बोकेका छौ त्यसका लागि नगरपालिका पनि लाग्नेछ । त्यस कारण वडामा पनि नगरपालिका संग समन्वय गरेर वडा र नगरपालिकामा कुनै भेदभाव नराखि कन समग्र नगरपालिकाको समृद्धिको लागि हामी लागि पर्छाै ।
पहिलो योजनाहरु पुरा नभएर नै हो फेरी दोहोरीनुभएको ?
त्यस्तो होईन पार्टिले जिम्मेवारी दिएर फेरि पनि उम्मेदवारी लड्नुपर्छ भनेर पार्टिको जिम्मेवारी लिएको हो ।
पाँच वर्षसम्म पुरा नभएका कामहरु केके हुन् ?
मैले अघिनै पनि भने अघिल्लो पाँच वर्षको कार्यकालमा ८० प्रतिशत काम सम्पन्न भएको छ । यो वडामा जुन बेला नगरपालिका स्थापना भयो त्यतीबेला देखि वडा नम्बर ८ र ७ जोडेर वडा नम्बर ७ बनेको हो । नगरपालिकाको ८ नम्बर वडामा त्यसबेला देखि बाटो बत्ति थिएन, खानेपानीको व्यवस्थापन थिएन । हामीले त्यो व्यवस्था गरेका छौ । त्यसमा पनि बाटो अझै व्यवस्थित भईसकेको छैन । त्यस क्षेत्रमा हिउँद वर्खा नै गाडी चल्ने बाटोको व्यवस्थापन गर्नुपर्ने छ । र कमलामाई नगरपालिका भित्र रहेर हामीले सहरी क्लिनिकको व्यवस्था गरेका छौ । त्यसको पनि अब आफ्नै भवन बनाएर व्यवस्थित बनाउनेछौ । र बाकी रहेका कुरा शिक्षालाई बैज्ञानिक ढंगबाट अगाडी बढाउन हामी लागि पर्नेछौ ।
तपाईको यि योजनाहरु मध्य प्राथमिकतामा चै कस्ता योजनालाई राख्नुभएको छ ?
अब प्राथमिकतामा परेको कुरा भनेको जनताले ल्याएका कुरा हरु छन् । कसैले सडक, कसैले खानेपानी, त कसैले सामुहिक भवन निर्माण जस्ता कुरा ल्याउनुभएको छ । त्यसलाई पुरा गर्नुपर्नेछ । सात नम्बरमा कृषि लगाएत विभिन्न सेक्टरका कार्यक्रमहरु अगाडी बढाएकाछौ त्यसलाई पनि निरन्तरता दिनुपर्छ । जनता संग साना साना कुराहरु पनि जोडिनु पर्ने भएकाले जनताले अपेक्षा गरेका ति साना साना योजनाहरु पनि यो पाँच वर्षमा पुरा गर्छाै ।
सडक, खानेपानी, विद्युत, कृषि लगायत महिला बालबालिकाको क्षेत्रमा के कस्ता योजना ल्याउनुभएको छ ?
आव काही कतै सडक पुगेको छैन । बाकी ठाँउमा पनि हामी नया बाटो खोल्छौ । पिच गर्न बजेटले भ्याउदैन पहिलो कुरा सानासाना गाडी बाट सामान लान मिल्ने बाटो हामी खोल्छौ । खानेपानीको पनि व्यवस्था गर्छाै । अहिले लगभग दुई तीन वटा बस्तीको लागि धेरै माथिबाट लगभग साँडे ७ करोडको लागतमा सम्पन्न गरेकाछौ । त्यसको उद्घाटन बाकी छ । त्यो अब छिटै गर्छाै । विद्युत त हाम्रो वडामा सबै ठाँउमा पुगेको छ । अब महिला तथा बालबालिकाहरुको लागि पनि हामीले वडाले गर्नुपर्ने भूमिका गर्छाै । महिला, बालबालिका, अपांग, युवाहरुको लागि खेल मैदानहरु लगाएतको व्यवस्था हामी गर्छाै ।
वडामा आउने बजेटले नागरिकको यस्ता आवश्यकता पुरा गर्न सकिन्छ ?
सामान्य कुराहरु भएको हुनाले समान्य काम कुरा मात्रै वडाले गर्न सकिन्छ । ठुला ठुला योजनाहरुको काम गर्न सकिदैन । त्यसका लागि प्रदेश संग समन्वय गर्नुपर्छ ।
तपाईले युवा तथा बेरोजगारहरुलाई गाँउघरमै स्वरोजगार दिने बताउनुभएको थियो यसका लागि के—के काम गर्नुहुन्छ ?
यो पाँच वर्ष अगाडी पनि वेरोजगार युवाहरुलाई स्वारोजगार बनाउने भनेर विना धितो विना व्याज ऋण लगानी गरेका छौ । र त्यस्ता खालका युवाहरु जो बैदेशिक रोजगारबाट फर्केका छन् जो गाँउमै बेरोजगार छन् उनीहरुलाई रोजगार दिलाउन ऋण लगानी गरेका हौ । त्यो ऋण युवाहरुले प्रयोग गरिरहनु भएको छ । अवको दिनमा पनि त्यसलाई निरन्तरता दिन्छौ ।
नागरिक बडापत्र भनेको वडाबासीलाई थाहा छ ?
नागरिक बडा पत्र भनेको सेवाग्रहीले बुज्नु पर्ने हो हामीले बुझाउनुपर्ने छ । प्राय नागरिकले बुझ्नु भएको छ कतिले बुज्नुभएको छैन । नबुज्नु भएकाहरु हामीमाझ आउनुुभयो भने हामी बुझाउछौ ।
वडामा लक्षित वर्गहरुको लागि कस्ता कार्यक्रम ल्याउनभएको छ ?
लक्षित वर्गको लागि हामी निति तथा कार्यक्रमा नै समावेश गराएर उपयुक्त कार्यक्रमहरु ल्याउनेछौ ।
तपाँई अन्त्यमा वडा बासिलाई के भन्न चाहानुहुन्छ ?
म सात नम्बर वडा बासीहरुलाई हामीले गर्नुपर्ने कामहरु लिएर घरदैलोमा पुग्छौ । उहाँहरुले चाहे अनुसार नै काम गर्छौ । र सम्पुर्ण वडाबासीलाई उहाँहरको अमुल्य मतको लागि धन्यबाद भन्न चाहान्छु ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.