वडामा प्रत्यक महिना स्वास्थ्य शिविर संचालन गर्नेछु : वडा अध्यक्ष कार्की

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०७ असार ।
शिक्षा, स्वास्थ्य, सडक, खानेपानिको विस्तार नै आफ्नो मुख्य योजना रहेको कमलामाई नगरपालिका वडा नम्बर १० का नवनिर्वाचित वडा अध्यक्ष दिप बहादुर कार्कीले बताउनुभयो । रेडियो सिन्धुली आवाजसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
यस्तै, अधुरो रहेको पुल निर्माण सम्पन्न गर्ने र खेतियोग्य जमिन सुरक्षाको लागि तटबन्दको व्यवस्थालाई पहिलो प्राथमिकता दिने वडा अध्यक्ष कार्कीले बताउनुभयो । जुन आशा लिएर आफुलाई जिताउनुभयो उहाँहरुको त्यो आशालाई निराशा हुन नदिने प्रतिबद्धता पनि गर्नुभएको छ ।
निर्वाचित हुँदै गर्दा बनाएका योजना र पाच वर्षे कार्यकालमा आफुले गर्ने कामको बारेमा वडा अध्यक्ष दिप बहादुर कार्कीसंग गरिएको अन्तरवार्ताः
तपाई पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भईरहदा कस्तो अनुभूति भईरहेको छ ?
म पहिलो पटक वडा अध्यक्ष पदमा निर्वाचित हुन पाउँदा अनौठो लागेको छ र खुसि पनि लागेको छ । म वडा अध्यक्ष पदमा निर्वाचित भएपछि वडामा भएका विभिन्न क्षेत्रको विकास लाई आफुले आफ्नै सम्झेर गर्नुपर्ने हुन्छ । त्यसैले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीको विस्तार नै आफ्नो मुख्य योजना रहेको छ ।
तपाई पाँच वर्षको लागि विजय भईरहदा के कस्ता योजनाहरु बनाउनुभएको छ ?
पाँच वर्षे कार्यकालको लागि निर्वाचित हुँदै गर्दा साविक १३ नम्बर र हाल १० नम्बरमा सहरी स्वास्थ्य क्लिनिकको व्यवस्था गर्ने र सामाजिक सुरक्षा भत्ता साविकको वडाहरुमा पु¥याउने र महिनामा एक पटक स्वास्थ्य शिविर संचालन गर्ने, खानेपानीको व्यवस्था, महिलाहरुको लागि शिपमुलक र आयमुलक तालिम तथा कार्यक्रम उत्पादन गर्ने मेरो योजना छ । यस्तै, असक्त तथा अपांगहरुको संख्या तयार गर्ने, निम्न स्तरका विद्यार्थीहरुको विद्यालय शुल्कमा सहुलियतता प्रदान गरिदिने योजना छ ।
कस्ता योजनालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?
अधुरो रहेको पुल निर्माण सम्पन्न गर्ने र खेतियोग्य जमिन सुरक्षाको लागि तटबन्दको व्यवस्थालाई पहिलो प्राथमिकता दिनेछु । स्वास्थ्य र शिक्षा क्षेत्र सुधार गर्ने नै मेरो मुख्य योजना रहेको छ ।
स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विद्युत, कृषि लगायत महिला बालबालिकाको क्षेत्रमा के कस्ता योजना ल्याउनुभएको छ ?
महिलामा शिपमुलक र आय मुलक कार्यक्रम ल्याउन पहल गर्ने र बालबालिकाको हकमा पौष्टिक आहारको व्यवस्था गर्ने र पठनपाठन, सरसफाईमा वडा सकेको सहयोग गर्ने योजना छ ।
वडामा आउने बजेटले नागरिकको यस्ता आवश्यकता पुरा गर्न सकिन्छ ?
वडाबाट आउने बजेटले सबै काम गर्न त सकिदैन । गर्नुपर्ने काम धेरै छ । वडा भन्दा अन्य निकाय नगरपालिका, प्रदेश सरकार, संघिय सरकार संगै अन्य दातृ संस्थाहरुसंग समन्वय गरेर वडाको योजनाहरु पुरा गर्ने योजना छ ।
वडाका युवाहरुलाई स्वारोजगार बनाउने विषयमा के योजना ल्याउनुभएको छ ?
वडाबाट वडाका युवालाई रोजगार प्रदान गर्न के गर्न कसरी सकिन्छ भन्ने बारे छलफल हामी गर्छाै ।
वडा नम्बर १० मा रहेका कति प्रतिशत नागरिक शिक्षा र खानेपानीको पहुँचमा रहेका छन् ?
वडामा हाल ७० प्रतिशत नागरिक शिक्षाको पहुँचमा रहेको छ । म मेरो कार्यकाल अवधिमा बाकी ३० प्रतिशत नागरिकलाई पनि शिक्षाको पहुँचमा पु¥याउनेछु । साथै वडाबासीलाई खानेपानिको सविधाको लागि प्रदेश सरकारको १३ करोड ९४ लाख लागतमा खानेपानी योजना सुरु भईसकेको छ । अब छिटै नै खानेपानीको समस्या समाधान हुन्छ ।
वडाबाट सेवा लिन आउने सेवाग्राहीलाई नागरिक बडापत्र सम्बन्धी जानकारी छ ?
यो भन्दा अघिल्लो कार्यकालमा त्यो व्यवस्था थियन अब मेरो कार्यकालमा नागरिक बडापत्र राखेर सेवाग्राहीलाई जानकारी दिनेछौँ ।
वडामा लक्षित वर्गका कार्यक्रमहरु केके छन् ?
वडामा भएका वृद्धवृद्धा, अपांग, दलित लगायतका लक्षित वर्गहरुलाई वडाबाट प्रदान गर्न सकिने सेवा सुविधा प्रदान गर्छाै ।
तपाँई अन्त्यमा वडा बासिलाई के भन्न चाहानुहुन्छ ?
जुन आशा र आस्था राखेर आफ्नो अमुल्य मत दिएर मलाई बिजेता बनाउनुभयो उहाँहरुको आशालाई निराशा नहुने गरी काम गर्नेछु ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.