सिन्धुली, ०७ असार ।
सिन्धुलीको मरिण गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सम्बन्धि दोस्रो गाँउसभाको प्रथम बैठक सम्पन्न भएको छ । उक्त बैठकले आर्थिक वर्ष २०७९÷८० को बजेट पनि सार्वजनिक गरेको छ । मरिण गाउँपालिकाले आर्थिक बर्ष २०७९।०८० को लागि कुल ६३ करोड भन्दा बढी बजेट सार्वजनिक गरेको हो ।

दोस्रो गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका उपाध्यक्ष विमला माझीले संघिय, प्रदेश सरकार र स्थानिय सरकारको गरी कुल ६३ करोड २३ लाख ३३ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक बजेट अनुसार चालु खर्च तर्फ १९ करोड, ५० लाख ९९ सय हजार ८ सय र पुँजीगत खर्च तर्पm १६ करोड ६२ लाख ४० हजार रहेको छ ।

त्यस्तै सशर्त अनुदान तर्फ २२ करोड ५४ लाख २४ हजार समपुरक अनुदान तर्फ ३ करोड ५ लाख ७० हजार र विशेष अनुदान तर्फ १ करोड ५० लाख रुपँयौ विनियोजन गरिएको उपाध्यक्ष माझीले बताउनुभयो । बैठकमा मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ९प्रख्यात० ले आर्थिक बर्ष २०७९।०८० को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विमला माझीले बजेट प्रस्तुत गर्नभएको थियो ।

आर्थिक वर्ष २०७९÷८० को बजेट बिवरण प्रस्तुत गर्नुहुँदै गाँउपालिकाका उपाध्यक्ष विमला माझिले सिमित स्रोत साधनले जनताको असिमित ईच्छा र आकांक्षालाई पुरा गर्न नसकिने बताउनुभयो । मरिण समृद्धिको लागि गाँउपालिकाले लिएको कृषि, पशुपालन र पूर्वाधार, मरिण गाँउपालिकाको विकासको आधार भन्ने दिर्घकालिन सोच सहित स्वास्थ्य, सभ्य र सास्कृतिक समाजको निर्माण गर्ने दिसातर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित रहेको पनि उपाध्यक्ष माझिले बताउनुभयो ।