जनताबाट आएको योजनालाई नै प्राथमिकतामा राखेर काम गर्ने : वडा अध्यक्ष वाईबा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email


सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ का नवनिर्वाचित वडा अध्यक्ष ईन्द्र वाइवाले जनताबाट आएको योजनालाई नै प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । रेडियो सिन्धुली आवाजसंगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
कमलामाई नगरपालिकामा अन्य वडा भन्दा २ नम्बर वडा संचार माध्यमबाट पछि रहेकाले विषेश पहल गरेर नेपाल टेलिकमको टावर निर्माण संगै ईन्टरनेटलाई व्यवस्थित गर्ने वडा अध्यक्ष वाईबाले बताउनुभयो ।
यस्तै, शिक्षा, स्वास्थ्य, सडक, खानेपानि, विद्युत विस्तार नै आफ््नो प्राथमिक योजनामा पर्ने बताउनुभएको छ ।
निर्वाचित हुँदै गर्दा बनाएका योजना र पाच वर्षे कार्यकालमा आफुले गर्ने कामको बारेमा वडा अध्यक्ष ईन्द्र वाईबासंग गरिएको अन्तरवार्ताः
तपाई पहिलो पटक वडा अध्यक्षमा निर्वाचित भईरहदा कस्तो अनुभूति भईरहेको छ ?
एक दमै खुसि लागेको छ । सर्वप्रथम त सम्पुर्ण २ नम्बर वडाबासीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहान्छु र अबको दिनमा उहाँहरुकै सेवामा खटिनेछु र उहाँहरुकै चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।
तपाई पाँच वर्षको लागि विजय भईरहदा नयाँ योजनाहरु के ल्याउनुभएको छ ?
नयाँ योजना यो नै छ भन्ने छैन तर योजनाहरु बनाईरहदा जनताबाट आएको योजनालाई नै प्राथमितामा राखेर निर्णयात्मक ढंगबाट हामी अगाडी जान्छौ ।
आफ्नो योजनाहरु मध्येमा पनि कस्ता योजनालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?
यो विषयमा सिन्धुलीको केन्द्र कमलामाई नगरपालिकाको २ नम्बर वडा संचारको पहँचबाट पछि परेकाले यो कामलाई हामी पहिले पुरा गर्छाै । त्यसपछि पुर्वाधारहरु सडक, शिक्षा, स्वास्थ्यको क्षेत्रमा गुरु योजना नै बनाएर हामी जान्छौ ।
स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, विद्युत, कृषि लगायत महिला बालबालिकाको क्षेत्रमा के कस्ता योजना ल्याउनुभएको छ ?
स्वास्थ्य चौकी र वडा कार्यालय भवन भनेको जस्तो नभएकाले पनि सेवा प्रवाहमा समस्या भएको हो । अब स्वास्थ्य चौकीको भवन र वडा कार्यालयको भवन नया बन्नेछ र सर्वसुलभ तरिकाले वडाबासीलाई सेवा दिनेछौ । १३ वटा योजनाहरु प्रदेश सरकार समक्ष पु¥याईसकेका छौ । वडा नम्बर २ मा अहिले ८० प्रतिशत जनताले मात्रै स्वस्थ खानेपानी पाएको छ र ९० प्रतिशत जनताले विद्युत सेवा पाएको छ । बाकी वडाबासीमा पनि अब छिटै नै स्वस्थ खानेपानि र विद्युत सेवा विस्तार गरिने कार्य हामी गर्छाै । महिला तथा बालबालिकाहरुको लागि त्यस्तो लक्षित कार्यक्रमहरु भएको पाईन । अव कार्यपालिकाको बैठकमा छलफल गरेर त्यस सम्बन्धि कार्यक्रमलाई वडामै ल्याउने पहल गर्छाै । त्यो भयो भने वडा बासीलाई सहज हुन्छ ।
वडामा आउने बजेटले नागरिकको यस्ता आवश्यकता पुरा गर्न सकिन्छ ?
वडाका लागि छुट्याईएका बजेट बाट सबै किसिमका विकास सम्पन्न गर्न सकिन्छ भन्ने हुदैन केही हदसम्म मात्र गर्ने हो । बाकी योजनालाई अन्य ठुला योजनाहरुलाई वडाले पहल गरेर नगरपालिका र प्रदेशको सहयोगमा कार्य गर्न सकिन्छ ।
तपाईले युवा तथा बेरोजगारहरुलाई गाँउघरमै स्वरोजगार दिने बताउनुभएको थियो यसका लागि के—के काम गर्नुहुन्छ ?
यो विषयमा युवाहरुले फरक ढंगबाट बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । सबै कुर हामी संग छ तर आफ्नो सिप देखाउने हो । युवाहरुले अमफ्नो ईच्छा, चाहानालाई बुझेर युवाहरुको ज्ञान तथा सिपका प्रयोग गर्दै युवाहरु विदेशिने क्रमलाई केही हदसम्म कम गर्न सकिन्छ । कतिपय खेतियोग्य जमिनहरु बाजै बसेको छ । आफुलाई के गर्ने इच्छा छ त्यो गर्नुपर्छ आफ्नै ठाँउमा उत्पादन गरेर स्वरोजगार बन्न सचेत गराउन चाहान्छु ।
तपाँई अन्त्यमा वडा बासिलाई के भन्न चाहानुहुन्छ ?
हाम्रो सम्पुर्ण टिम लाई उहाँहरुको अमुल्य मत दिएर बिजयी गराईदिनुभयो सवैलाई बिशेष धन्यबाद भन्न चाहन्छु । हामी यहाँहरुको समस्यामा मलमपट्टी बनेर काम गर्छाै । जसारी कही भोट माग्न हिनेका थियौ त्यसरी नै ६ ६ महिनामा घरदैलो कार्यक्रममा जान्छौ । उहाँहरु कै माझ बसेर समस्या केछ हामी बुझेर समाधानको बाटो खोज्छौ

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.