प्रेस सेन्टर नेपाल सिन्धुलीद्धारा हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष थिङ समक्ष ज्ञापनपत्र पेस

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ०३ असार, शुक्रबार ।

प्रेस सेन्टर नेपाल सिन्धुलीले आज हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएको छ । प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ समक्ष ज्ञापनपत्र बुझाउनु भएको हो ।

प्रेस सेन्टर नेपाल सम्पूर्ण श्रमजिवी, क्रियाशील, परिवर्तनकारी पत्रकारहरुको छाता संगठन रहेको संस्थाले पत्रकार र पत्रकारीता क्षेत्रको समस्या समानधानका लागि आवाज उठाउदै आई रहेको छ ।
स्थानीय सरकारले संचार क्षेत्रका समस्या समाधान गर्न आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा बिभिन्न प्रस्तावहरुलाई सम्बोधनका लागि हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङ समक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा जिल्लामा सञ्चालमा रहेको स्थानीय सञ्चार माध्यम पत्रपत्रिका÷सामुदायिक रेडियोलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गरी समानुपातिक वितरण प्रणलीको व्यवस्था गर्नुपर्ने, सिन्धुली केन्द्रियत विषयबस्तु प्रकाशन प्रसारण गर्ने तथा जिल्लामा केन्द्रिय कार्यालय रहेर सञ्चालन भएको कम्पनी मार्फत सञ्चालित अनलाई सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिना भित्र लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्ने र त्रैमासीक भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने विज्ञापनका लागि राष्ट्रिय पत्रपत्रिकाका जिल्ला संवाददाता मार्फत वा स्थानीय विज्ञापन एजेन्सी मार्फत प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा समावेश गरिएको छ ।


साथै सञ्चारकमीको समयानुकुल क्षमता विकासका लागि क्षमता अभिवृद्धि तालिम÷अवलोकन भ्रमण सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने,स्थानीय सरकार र स्थानीय सञ्चार संस्था वीचको साझेदारीमा सार्वजनिक सुनुवाई तथा सर्वजनिक परिक्षण कार्यक्रम त्रैमासिक रुपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, योजना अनुगमन लगायत पालिकाका गतिविधि पार्दशी बनाउन सञ्चारकर्मीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने अध्यक्षलाई ज्ञापनपत्र मार्फत दबाब दिइएको छ ।

गाउँपालिकाको सुचनाहरु स्थानीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सञ्चार नीति प्रभावकारी कार्यान्वन गर्नुपर्ने लिखित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले आगामि आर्थिक बर्ष ०७९÷०८० को नीति तथा कार्यक्रममा उक्त प्रस्तावहरुलाई समेटिएर बजेट बिनियोजन गर्ने बताउनु भयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.