त्रिभुवन शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

असार ०३, २०७९ शुक्रबार ।
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । अस्पतालले आज सूचना निकालेर यसबारेमा जानकारी दिएको हो ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ ।

‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ ।

अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.