Views:
410
सिन्धुली ९ जेठ
गोलन्जोर गाउँपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष गोबिन्द बहादुर लुङ्गेलीले पदभार ग्रहण गर्नुभएको छ । आज वडा कार्यलयमा नवनिर्वाचित वडा अध्यक्ष गोबिन्द बहादुर लुङ्गेली सहित वडा सदस्यहरु डोर बहादुर थापा,पुर्ण थापा,लक्ष्मि हायु र सुनिता बिकले पाँच बर्षे कार्यकालको लागी पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणकै दिन आज वडा अध्यक्ष लुङ्गेलीले वडामा ब्यबसायिक कृषि शिक्षाको लागी पहल गर्ने, राहात नपाएका भूकम्पपीडित लाई स्थलगत अध्यन गरी राहात प्याकेज उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।

साथै वडा अध्यक्ष लुङ्गेलीले वडामा भएका अन्य समस्याहरुको स्थानियबासिको घरघरमै पुगेर पहिचान गरी समाधान गर्न पहल गर्ने बताउनु भयो ।
LikeShares0