कमलामाई नगरपालिका ५ का वडाअध्यक्षद्वरा पदभार ग्रहण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरूले पदभार ग्रहण गर्नु भएको छ । सोमबार वडा कार्यालयमा नवनिर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर खड्का, वडा सदस्यहरू कल्याण सुनुवार, जमुना श्रेष्ठ, टेकबहादुर तामाङ र कान्छिमाया सर्किनीले पाँच वर्षे कार्यकालका लागि पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण कार्यक्रममा वागमती प्रदेश सदस्य विनोद खड्का, नेपाल पत्रकार महासंघ वागमती समितिका सचिव राजन गाउँले, नेपाली कांग्रेस प्रदेस समिति उप सभापति तुलसी प्रसाद गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडामा कार्यरत कर्मचारीहरू, वडाबासीहरूले स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना समेत प्रदान गरेका छन ।


२०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष खड्का लगायतका चार सदस्य विजयी भएका थिए । वडा अध्यक्ष खड्का २०७४ को स्थानीय तहको निर्वाचनमा समेत वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । यो उहाँको दोस्रो कार्यकाल हो । पदभार ग्रहण कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष खड्काले अघिल्लो कार्यकालको अनुभव र कार्यक्षमताका आधारमा अधुरा कामलाई सम्पन्न गर्न आफु र आफ्नो टिम प्रतिबद्ध रहेको उद्घोष गर्नु भयो ।
उहाँले वडावासीका हरेक समस्याहरूमा आफु जानकार रहेको भन्दै हरेक नागरिकका काम सेवक भएर पूरा गर्ने बताउनु भयो । कार्यक्रममा २०७४ को स्थानीय चुनावमा निर्वाचित वडा सदस्यहरू बुद्ध… र दिपा बैजुलाई विदाई तथा फेरि भेटौला कार्यक्रमको समेत आयोजना गरिएको छ ।
वडा सदस्यहरूलाई पाँच वर्षे कार्यकाल सफलता पुर्वक पूरा गरेको भन्दै नव निर्वाचित अध्यक्ष खड्काले मायाँको चिनो प्रदान गरेर विदाई गर्नु भएको थियो । वडा अध्यक्ष खड्काको यो दोस्रो कार्यकाल हो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.