सिन्धुलीमा माओवादी केन्द्र तीन र कांग्रेस, एमाले दुई दुई पालिकामा विजयी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०४ जेष्ठ ।
सिन्धुलीमा हालसम्म एक नगरपालिका सहित ७ वटा पालिकाको मत गणना सम्पन्न भएको छ । कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी रहेको छ । स्थानीय तहको निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार हालसम्म एक नगरपालिका सहित नेकपा माओवादी केन्द्र तिनवटा स्थानीय तहमा नेतृत्व सहित विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले दुई दुईवटा स्थानीय तहमा नेतृत्व सहित निर्वाचित भएका छन् ।


नेकपा माओवादी केन्द्रबाट दुधौली नगरपालिकाको मेयरमा दिनेश अधिकारी दनुवार, मरिण गाउँपालिकाको अध्यक्षमा विमर्श मोक्तान (प्रख्यात) र हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा वज्रध्वज वाईवा विजयी भएका छन् । यी पालिकाको उप प्रमुखमा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । दुधौली नगरको उप प्रमुखमा नेपाली कांग्रेसबाट चन्द्रकिश्वर थारु, मरिण गाउँपालिकाको उपाध्यक्षमा विमला माझी र हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै चेख बहादुर थिङ विजयी भएका छन् ।


यस्तै नेपाली कांग्रेसबाट तिनपाटन गाउँपालिकाको अध्यक्षमा कर्ण थापा मगर र घ्याङलेख गाउँपालिका अध्यक्षमा जगत बहादुर भोलन विजयी भएका छन् । उपाध्यक्षहरुमा नेकपा माओवादी केन्द्रबाट तिनपाटनमा अशोक पुलामी र घ्याङलेखमा शंकरमान घलान विजयी भएका हुन् ।
नेकपा एमालेले गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाको अध्यक्ष जितेको छ । गोलन्जोर गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उमेदवार पुष्प कार्कीलाई पछि पार्दै एमालेका शंकरराज बराल गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उक्त पालिकाको उपाध्यक्षमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ज्वला प्रसाद न्यौपाने विजयी भएका छन् । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी गाउँपालिका अध्यक्ष हुन ।


यस्तै फिक्कल गाउँपालिकामा एमालेकी पार्वती सुनुवार गाउँपालिका अध्यक्षमा विजयी भएकी छिन् । उनी गठबन्धन दलकै तर्फबाट नेपाली कांग्रेसका नृप भुजेललाई पछी पार्दै अध्यक्षमा विजयी भएकी हुन् । सुनुवार २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतका साथ उपाध्यक्षमा विजयी भएकी थिन् । फिक्कल गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राजु बराल विजयी भएका छन् । उनि पनि २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचीत वडा अध्यक्ष हुन् ।


जिल्लाको कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी छ । हालसम्म कमलामाई नगरपालिकामा मेयरमा सत्तारुढ गठबन्धनबाट उमेदवार बनेका नेपाली कांग्रेसका उपेन्द्र पोखरेल र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिर्घराज श्रेष्ठ अग्र स्थानमा छन् । मेयरमा नेकपा एमालेका महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मन्जु देबकोटाले गठबन्धन दलका उमेदवारलाई पच्छाई रहेका छन् ।
सुनकोशी गाउँपालिकामा गठबन्धनदलकै उमेदवारहरु अध्यक्षमा नेकपा माओवादी केन्द्रकी दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिला कोइरालाको अग्रता कायम छ । उनिहरुलाई पनि नेकपा एमालेका उमेदवारले पच्छाई रहेका छन् । ७ वटा वडा रहेको सुनकोशीमा अब एक वटा वडाको मात्र मत गणना हुन बाँकी रहेको छ ।


जिल्लामा ७९ वटा वडाहरु रहेका छन् । जस मध्ये ७२ वटा वडाको मत परिणाम सार्वजनीक भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाका अनुसार हालसम्म नेपाली कांग्रेस २९ वटा वडा, नेकपा माओवादी केन्द्र २५ वटा र नेकपा एमालेले १८ वटा वडामा विजयी भएका छन् । अझै ७ वटा वडाको मतगणना सम्पन्न हुन बाँकी रहेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.